TRENDING
Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Next
Prev

बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/ कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका–७ कृतिपुरमा रहेको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने भएको छ । “भाषा,धर्म,कला,संस्कृति तथा पर्यटन प्रवर्द्धन,पवित्र धार्मिक स्थल बुट्का बाबाको संरक्षण” भन्ने मूल नाराका साथ माघी सङ्क्रान्ति तीर्थ मेला २०८० हुन लागेको हो । बुट्का बाबा मन्दिर मेला व्यवस्थापन समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका बारेमा जानकारी गराएको छ । 

बुट्का बाबा मन्दिरमा लाग्ने माघी सङ्क्रान्ति तीर्थ मेला पुस २९ गते देखी माघ ४ गते सम्म सञ्चालन हुने बताइएको छ ।  ५ दिन सम्म चल्ने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथै थारु संस्कृति झल्कने परम्परागत नृत्य, भेष भूषा तथा खानाको प्रदर्शन गरिने बुट्का बाबा मन्दिर मेला समितिको संयोजक सिता राम सत्गौवाले जानकारी दिएका छन् । सुरक्षा चुनौती थपिने हुँदा राति ११ बजे सम्म मात्र मेला सञ्चालन हुने उनले जानकारी दिए ।

स्थानीय कला संस्कृतिकका साथै नौटङ्की नाच समेत रहेको आयोजकले जानकारी दिएको छ । २०२१ मा भूमि ऐन लागू भएपछि सो क्षेत्रमा बस्ती बसेसँगै बुट्का बाबाको पूजाआजा र मेला लगाउँदै आएको स्थानीय जान्ने बुझ्नेको भनाइ छ ।  बुटका बाबा मेला भर्नका लागि कैलाली जिल्ला लगायत बर्दिया, दाङ, कञ्चनपुरबाट समेत हजारौँ मानिस आउनुका साथै भारतको तिकुनिया, पलिया लगायतका ठाउँबाट भारतीय नागरिक आउने गरेका छन् । 

वर्षौँ पहिलेदेखि बुट्का बाबा मन्दिरमा लाग्ने मेलाले थारु जातिको छुट्टै धार्मिक र सांस्कृतिक पहिचान बोकेको बुटका बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खडक चौधरीले बताए । बुटका बाबा मन्दिरको पौराणिक किंवदन्तीअनुसार भगवान् शिवको शक्तिपिठका रूपमा रहेको बुट्का बाबा मन्दिरमा माघ महिनामा दर्शन गर्नाले आफूले चिताएको पूरा हुने मन्दिरका पुजारी रोमन दासको भनाइ छ । 

थारु भाषामा रुखको जरालाई ‘बुट्का’ भनिने र भगवान् शिवले ध्यान गरेको हुनाले सो धार्मिक स्थलको नाम बुट्का बाबा रहन गएको स्थानीयको भनाइ छ । वर्षमा एक पटक लाग्ने मेलाले स्थानीयवासीको आयआर्जन समेत हुने गरेको छ । गाउँको बिचमा रहेको उक्त तीर्थस्थलमा टाढाबाट समेत व्यापारका लागि व्यापारीहरू आउने गर्छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

What is the Best Canadian Online Casino for Customer Support?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

काठमाडौ /बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ। बुधबार साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि

अझै पढ्नुहोस्