भजनी समन्वय समितिको बार्षिक साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस


जमुना न्युरे,भजनी/भजनी समन्वय समितिको १४ औ बार्षिक साधारण सभा सप्पन्न आज सम्पन्न भएको छ । वनको दिगो ब्यबस्थापन समुदायिक अधिकार साझेदारी सुसासन र हरित अर्थतन्त्र समृद्धिको आधार भन्ने मुल नाराका साथ बार्षिक साधारणसभा, सार्बजनिक सुनुवाइ तथा जन लेखा परिक्षण समपन्न भएको हो ।


कार्यक्रममा बोल्दै भजनि नगरपालिकाका नगर प्रमुख केवल लाल चौधरीले सामुदायिक वन संरक्षण गर्न लागि परे पनि सत्तामा पुगेका मन्त्रिले नै तस्कर,अतिक्रमणकारीहरुलाई संरक्षण गरेको बताए ।

प्रमुख चौधरीले भने,सामुदायिक वनको कुल आम्दानिको १० प्रतिशत रकम स्थानिय सरकारलाई दिने निर्णय गरियो अहिले कार्यान्वयन गर्दा राजनितिक दल सरकारमा रहेकाहरुले नै उक्त रकम लिन नहुने जस्ता कुराले अल्मल्याएको बताए ।


स्थानिय सरकार सञ्चालन ऐन २०७२ अनुसार स्थानिय पालिकामा रहेका ताल तलैया स्थानिय सरकारले नै रेखदेख गर्ने रहेको बताउदै चौधरीले भने,वन कार्यालयले सामुदायिक वनमा रहेका तालहरुहरु वनले नै ठेक्का दिई आम्दानि लिनुपर्ने जस्ता दोहोरो कुरा छन,वनले पत्राचार गरे ताल तलैया छोड्दिन्छौ ।


कार्यक्रममा बोल्दै डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले सामुदायिक बनहरुको सहकार्यक्रमा समन्वय समितिले सञ्चालन गरेको बेल जुस,डल्फीन संरक्षित क्षेत्र,सत्ती कर्णाली बेत बास,बसन्ता संरक्षित वन कार्यक्रमलाई बिभिन्न आयमुलक सिपमुलक कार्यक्रम संग जोड्दै पुरैना ताल पुर्नस्थापन गर्नका लागि डिभिजन वन कार्यालयको पञ्च बर्षिय योजनामा समाबेश गरिने बताए ।


कार्यक्रममा बोल्दै नेपाल पंक्षी संरक्षणसघंका सहजकर्ता हिरुलाल डगौराले भजनी नगरपालिका जैविक विविधताले भरीपुर्ण रहेको बताए । उनी भन्छन,कैलाली जिल्लामा ताल धेरै छन सबैभन्दा बढि भजनिमा छन । तालहरुमा नगरपालिकाले ठेक्का दिएको बताउदै उनी भन्छन, ठेकेदारहरुले तालको पानी सुकायर माछा मार्ने हुदा तालको जैविक विविधता नास हुदै गएको छन । ताललाइ सामुदायिक बनले सरक्षण गनुपर्ने उनको भनाई थियो ।


कार्यक्रममा बोल्दै तराइ भु परिधी कार्यक्रम (ताल )का प्रतिनिधि तिलक राम चौधरीले भने, जैबिकता मार्गमा अतिक्रमण भईरहेको छ । बन्यजन्तु आफ्नो पुरानो पुस्तेनी ठाउँमा ओहोरदोहोर गर्ने गर्दछन जस्ले गर्दा मानव र वन्यजन्तु बिच द्धन्द्ध सिर्जना भएको छ । सरक्षणकर्मी बिजय राज श्रेष्ठले सामुदायिक बनले नेतृत्व गर्न सिकाएको बताउछन । बन माफियाहरुले बनमा आँखा लगाएको बताउदै उनी भन्छन, नियमन गर्ने निकाए बाट नै तस्कर भईरहेको छ । अतिक्रमणकारिलाइ संरक्षण गरिएको प्रति उनले दुख व्यक्त गरे।


कार्यक्रममा आर्थिक बर्ष २०७९÷२०८० को १४ लाख २१ हजार १ सय अन्ठाउन्न रुपैया बराबरको आयव्याय सस्थाका सचिव इन्द्र बहादुर बि .क ले प्रस्तुत गरेका थिए । कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुर्याएका संरक्षणकर्मि,सञ्चारकर्मि,सामुदायिका वनमा उपभोक्ता, लगायतलाई सम्मा गरिएको थियो ।
सामुदायिक बन समन्वय समिती भजनीका अध्यक्ष खोज राम चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा बिभिन्न सामुदायिक वनहरुले झुम्रा,सखिया,डेउडा लगायतका सांस्कृति नाचहरु प्रस्तुत गरेका थिए ।कार्यक्रमको सन्चालन वन रक्षक प्रकाश बि .क ले गरेका थिए ।

ताजा खबर

La Carretera de Pollo 2, Juego de Azar Instantáneo en Las Mesas

La Fuga de Pollo en Ruta 2: Aventuras en la Carretera del Azar

Chicken Road 2 – Ein Weg zum Glück auf Rädern

Royal Rabbit Casino Slot Machine Gameplay Strategies and Odds Analysis

La Strada Della Gallina 2, Sfida di Azzardo Online

Jugadas Fáciles en la Avenida de los Pollos 2

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Казино vavada

Казино Vavada: Обзор и преимущества игрового процесса Рекомендуем обратить внимание на vavada казино, где предлагается широчайший ассортимент развлечений. Здесь представлены как классические, так и современные

अझै पढ्नुहोस्
समाचार

कर्णाली नदीमा मत्स्य अभयारण्य क्षेत्र घोषणा

टिकापुर/कैलाली जिल्ला र बर्दिया जिल्लाको सिमानामा रहेको कर्णाली नदिलाइ मत्स्य अभय आरण्य क्षेत्र घोषणा गरियको छ ।कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिकाले मिलेर कर्णाली नदीको

अझै पढ्नुहोस्
समाचार

सेती राजमार्गको ट्र्याक खोल्ने बिषयमा छलफल सहित अनुगमन

सुखड/सुदुरपस्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना सेती राजमार्गको ट्र्याक खोल्ने बिषयमा छलफल सहित अनुगमन गरिएको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य

अझै पढ्नुहोस्