बोगटान फुडसिल गापा र भैतिक विकास मन्त्रालय बिच सम्झौता

शेयेर गर्नुहोस


धनगढी/बोगटान फुडसिल गाउँपालिका र सुदुरपश्चिमप्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालय बिच पहुँच मार्ग निर्माण गर्ने सम्झौता ।


सेती र बुढिगगाको दोभानमा निर्माण हुने एस आर6 ४५० मेघावाट बिधुत परियोजनाको डयाम साईड जाने पहुँच मार्ग निर्माण गर्न आज बोगटान फुडसिला गाउँपालिका र सुदुरपश्चिमप्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालय बिचको सम्झौता सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री माननीय प्रकाश बहादुर देउवाको उपस्थितिमा सम्पन्न भएको छ ।


उक्त सम्झौतामा गाउँपालिकाले पहुँच मार्ग निर्माणमा सहजीकरण गर्ने,पहुँच मार्ग डिपिआर, बाताबरणीय अध्ययन , जग्गा र सामाजिक तथा अन्य समस्या समाधानमा सहजीकरण गर्ने र पहुँच मार्ग निर्माणका लागि आवश्यक बजेट सुदुरपश्चिम प्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालयले गर्ने उल्लेख गरिएको छ। उक्त सम्झौतामा मन्त्रालयका तर्प्जबाट उप सचिब (डिइ ई)मोहन कुवर र गाउँपालिका अध्यक्ष कमल बहादुर गडशिलाले हस्ताक्षर गरेका छन ।


सम्झौता पछि सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री माननीय प्रकाश बहादुर देउवाले सबिधानको भावना अनुरुप तिनै तहका सरकार बिच समन्वय, सहकार्य र सहअस्तित्व मर्म अनुसार यो सम्झौता देश मै पहिलो र एतिहासिक भएको बताउनु भएको छ । यो परियोजना निर्माण भएपछि सबै तहका सरकारका लागि गेमचेन्जर परियोजनाका रुपमा हुने बताउनु भएको छ ।

उक्त कार्यक्रममा प्रदेश सभा सदस्य माननीय शिव सिह ओलिले प्रदेश सरकारको मह्त्वपुर्ण सम्झौताका लागि धन्यवाद दिदै सम्झौताको प्रशंसा गरेका छन भने गाउँपालिका अध्यक्षले प्रदेश सरकार गाउँपालिका मै आएर यो सम्झौता गरि दिनुभएकोमा माननीय मन्त्री देउवाको काम गर्ने र केही गरौ भन्ने हुटहुटीको प्रशंसा गर्दै पालिका सरकारको प्रदेस्ग सरकार अभिभावक भएको महसुस भएको बताउनु भएको छ र पालिकाले सम्झौता अनुसारको कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अभिलेख व्यवस्थापन तालिम सम्पन्न

सुखड/कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको आयोजनामा कैलालीको सुखडमा संचालित २ दिने ‘अभिलेख व्यवस्थापन’ तालिम सम्पन्न भएको छ । सिएमसी कैलालीका अध्यक्ष छबिलाल जैशीको सभापतित्वमा भएको

अझै पढ्नुहोस्
लेखहरु

नफापेको साइकल, फापेको सुनपानी

चित्रबहादुर चौधरी, मधेशका मुख्यमन्त्री लालबाबु राउतलाई साइकल नफापे पनि अर्थ मन्त्री जनार्दन शर्मालाई भने सुनपानी फापेको छ। एकताका लाल बाबु पण्डितको चर्चा चुलिएको थियो ।

अझै पढ्नुहोस्