भुकम्प पीडितका लागि उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय

शेयेर गर्नुहोस

धनगढी/सुदूर पश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुममा भूकम्पमा परी घाईते भएकोहरुको उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको सुदूर पश्चिम प्रदेश सरकारको मन्त्रि परिषदको बैठकले घाईतेहरुको उपचार तथा, भूकम्पबाट प्रभावित भएकाहरुको सहयोगका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूर पश्चिम प्रदेश सरकारले कर्णाली प्रदेश जाजरकोट जिल्लाको बारेकोट गाँउपालिका- १ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकु लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षति प्रति दुःख व्यक्त गरेको छ ।

मुख्यमन्त्री कमल बहादुर शाहले आज बिहान आयोजित पत्रकार सम्मेलनमा घाईते तथा भूकम्प प्रभावितहरुको उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने र घाईतेहरुको उपचारका लागि स्वास्थ्य सामग्री सहित २० जना स्वास्थ्यकर्मीको टोली पठाउने जानकारी दिए ।

मुख्यमन्त्री शाहले अनुसार स्वास्थ्य टोली आजै भूकम्प प्रभावित क्षेत्रमा जाने जानकारी दिए ।

मुख्यमन्त्री शाहले नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित भूकम्पमा परी  दिवंगत भएकाहरुप्रति समवेदना व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।

भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्न र भूकम्पमा परी पुरिएकाहरुको खोजी तथा घाईतेहरुको उपचार कार्यमा लाग्न सुदूर पश्चिम प्रदेश सरकार अन्तर्गतका स्थानीय तह, सुरक्षा निकाय तथा बिभिन्न संघसंस्था र नागरिक समाजसंग मुख्यमन्त्री शाहले आग्रह गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

El juego en línea de lujo de Lussurio Casino: un destino para apostadores experimentados y principiantes.

Giochi di Casi a Spin Topolìs

Opportunità uniche dal gioco online a vincite incredibili con spinrollz casino per tutti gli amanti del rischio

Attraktive Bonusangebote und spinline casino für ein umfassendes Spielerlebnis online genießen

Szansa na wygraną z spinline casino i przepisem na skuteczną rozrywkę online

Aktuelle Angebote und Tipps rund um spin dinero casino für erfahrene Spieler entdecken

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

खप्तड पुगेर फर्किएको साईकल यात्रीहरुको टोलीलाई चुरे गाउँपालिकाले सम्मान

जमुना न्युरे,खानिडाडा/खप्तड पुगेर फर्किएको साईकल यात्रीहरुको टोलीलाई चुरे गाउँपालिकाले सम्मान गरेको छ । बुधबार गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले खानीडाँडा पुगेको साईकल यात्रीहरुको टोलीलाई सम्मान

अझै पढ्नुहोस्
समाचार

बालबालिकालाई लुगा वितरण

धनगढी/कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा रहेको बाल मन्दिरमा रहेका बालबालिकालाई सुदूरपश्चिम पुर्ब राष्ट्र सेवक समाज कैलाली धनगढीले लुगा वितरण गरेको छ । सुदूरपश्चिम पुर्ब राष्ट्र सेवक

अझै पढ्नुहोस्