एकता बचत तथा ऋण सहकारीद्वारा एम्बुलेन्स सेवा संचालनमा

शेयेर गर्नुहोस

धनसरा बुढा,
टीकापुर/कैलालीको टीकापुर -१ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।

शनिवार उद्घाटन गर्दै टीकापुर नगरपालिका वडा नं. १ ब्यवसायक्षेत्र स्थित सहकारी संस्थाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको हाे ।

सहकारी संस्थाका अध्यक्ष झपट बहादुर बुढाकाे अध्यक्षतामा भएको एम्बुलेन्स सेवा उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेशका प्रतिपक्ष दलका नेता माननीय डाक्टर रण बहादुर रावल प्रमुख अतिथि रहनु भएको थियाे ।

प्रमुख अतिथि रावलले सहकारी संस्थाले गरेकाे याे मानविय कार्यकाे प्रशन्सा गर्नुहुदै आफुले सहकारीको विकासको लागि काम गर्ने बताउनुभयो । रावलले सहकारी संस्थाले सामाजिक काम गर्दै आएको र सहकारीको आफ्नो छुट्टै भवन नभएकोले भवन निर्माणकालागि रकम विनियोजन गर्ने बताउनुभयो ।

सहकारी संस्थाका उपाध्यक्ष देबसरा ऐरले स्वागत गरेको कार्यक्रम सहकारी संस्थाका सचिव रवीन्द्र विष्टले संचालन गर्नु भएको थियाे ।
सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई ऋण लगानि मात्र नभइ हरेक वर्ष सामाजिक कार्य गर्दै आइरहेको छ । सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाइ एम्बुलेन्स सेवा लिए १० प्रतिशत छुट दिने निर्णय गरेकाे बताइएको छ । सहकारी संस्थाले एम्बुलेन्स सेवा लिनका लागि चालककाे माेवाइल नम्बर ९८४८०८३३३७ र ९८२२११९२९४ सार्वजनिक गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

1win — официальный сайт букмекерской конторы 1вин

Consistent gameplay and capospin casino for seasoned online players

Пин Ап Казино Официальный Сайт – Играть в Онлайн Казино Pin Up

1win – apuestas seguras y casino online en un solo lugar

Пин Ап Казино Официальный Сайт – Играть в Онлайн Казино Pin Up

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

देशभर एकैसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान सुरु

सुखड/देशभरीमा आज एकैसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान सुरु भएको छ। निर्वाचन आयोग का अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ७७ वटै जिल्लामा एकै चरणमा

अझै पढ्नुहोस्
समाचार

सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री सिंह

धनगढी/उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने बताएका छन्। उनले सोमबार मात्र संसदीय समितिले प्रतिवेदन बुझाएकाले प्रतिवेदनमा उल्लेख गरेअनुसार

अझै पढ्नुहोस्