देशभर एकैसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान सुरु

शेयेर गर्नुहोस


सुखड/देशभरीमा आज एकैसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान सुरु भएको छ। निर्वाचन आयोग का अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ७७ वटै जिल्लामा एकै चरणमा मतदान हुँदैछ। मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो।

यस निर्वाचनमार्फत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सदस्य निर्वाचित हुनेछन्। आयोगका अनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता मतदानका लागि योग्य छन्।

मतदाताका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ। यसपटक प्रत्यक्षतर्फ ६५ राजनीतिक दलका तीन हजार ४०६ उम्मेदवार (३,०१७ पुरुष, ३८८ महिला र १ अन्य) प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार (१,३६३ पुरुष र १,७७२ महिला) चुनावी मैदानमा छन्।

आयोगले मतदाता नामावलीमा नाम भए पनि मतदाता परिचयपत्रको सक्कलप्रति नभएका मतदातालाई मतदानबाट वञ्चित नगरिने जनाएको छ। त्यस्ता मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कलप्रति देखाएर मतदान गर्न सक्नेछन्। साथै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र गर्भवती महिलालाई प्राथमिकताका आधारमा मतदानको व्यवस्था गरिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था मिलाइएको छ। सुरक्षा व्यवस्थापनका लागि ७९ हजारभन्दा बढी नेपाली सेना, ७५ हजार नेपाल प्रहरी, ३४ हजार सशस्त्र प्रहरी, १ हजार ९०० भन्दा बढी राष्ट्रिय अनुसन्धानका अधिकारी तथा करिब डेढ लाख म्यादी प्रहरी परिचालन गरिएको छ। निर्वाचन सञ्चालनका लागि दुई लाख १५ हजार कर्मचारी खटिएका छन्।

देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गराउने लक्ष्यका साथ सुरक्षा निकाय र निर्वाचनसम्बद्ध निकायहरू उच्च सतर्कतामा रहेका छन्। घोडाघोडी नगरपालिका वडा ३ का कार्यालय मतदान अधिकृत नितेश राज भट्टराईले जानकारी दिए ।

ताजा खबर

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

Figyelmes elemzés a thenvcasinos-hu.com kínálatával, ami új dimenziókat nyit a játékosok előtt Magyarországon

Genuine opportunities await players with theluckygemcasino.nl and exciting bonus features

Ευκαιρίες διασκέδασης και κέρδους με το theleonbet-casino.com για κάθε παίκτη

सम्बन्धितखवर

छुटाउनु भयो कि !