एकता बचत तथा ऋण सहकारीद्वारा एम्बुलेन्स सेवा संचालनमा

शेयेर गर्नुहोस

धनसरा बुढा,
टीकापुर/कैलालीको टीकापुर -१ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।

शनिवार उद्घाटन गर्दै टीकापुर नगरपालिका वडा नं. १ ब्यवसायक्षेत्र स्थित सहकारी संस्थाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको हाे ।

सहकारी संस्थाका अध्यक्ष झपट बहादुर बुढाकाे अध्यक्षतामा भएको एम्बुलेन्स सेवा उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेशका प्रतिपक्ष दलका नेता माननीय डाक्टर रण बहादुर रावल प्रमुख अतिथि रहनु भएको थियाे ।

प्रमुख अतिथि रावलले सहकारी संस्थाले गरेकाे याे मानविय कार्यकाे प्रशन्सा गर्नुहुदै आफुले सहकारीको विकासको लागि काम गर्ने बताउनुभयो । रावलले सहकारी संस्थाले सामाजिक काम गर्दै आएको र सहकारीको आफ्नो छुट्टै भवन नभएकोले भवन निर्माणकालागि रकम विनियोजन गर्ने बताउनुभयो ।

सहकारी संस्थाका उपाध्यक्ष देबसरा ऐरले स्वागत गरेको कार्यक्रम सहकारी संस्थाका सचिव रवीन्द्र विष्टले संचालन गर्नु भएको थियाे ।
सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई ऋण लगानि मात्र नभइ हरेक वर्ष सामाजिक कार्य गर्दै आइरहेको छ । सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाइ एम्बुलेन्स सेवा लिए १० प्रतिशत छुट दिने निर्णय गरेकाे बताइएको छ । सहकारी संस्थाले एम्बुलेन्स सेवा लिनका लागि चालककाे माेवाइल नम्बर ९८४८०८३३३७ र ९८२२११९२९४ सार्वजनिक गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीमा लेडि जेसिसको दशै–तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जमुना न्युरे,धनगढी/ धनगढीमा लेडि जेसिसले आयोजना गरेकोे दशैं–तिहार तथा छठ पर्वकोे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । समाज विकासका लागि सबै एक जुट भएर

अझै पढ्नुहोस्
राजनीति

संघ सरकारले अधिकारलाई बिकेन्द्रीकृत गर्नुपर्छः मुख्यमन्त्री शाह

धनगढी/सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमी सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्ष भित्र समस्या समाधान गर्ने ठोकुवा गर्नु भएको छ । मंगलबार भूमि समस्या

अझै पढ्नुहोस्
समाचार

लगानी सम्मेलन आयोजना गरिने

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद् बिहिबार बसेको बैठकले आउँदा

अझै पढ्नुहोस्
राजनीति

कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि नागरिक उन्मुक्ति पार्टीमा आवद्व भएको खुलासा

एल बि बुढा,टीकापुर/कैलालीको टीकापुर नगरपालिकाका नेपाली कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि रेशमलाल चाैधरीकाे नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आवद्व रहेको खुलासा गरेका छन् । टीकापुर

अझै पढ्नुहोस्