असार १५ मा हिलो खेल्ने बढे, खेती गर्ने घटे

शेयेर गर्नुहोस

धनगढी/असार १५ अर्थात् राष्ट्रिय धान दिवस। खेतमा रोपाइँ गर्ने, दही-चिउरा खाने र हिलोमा रमाइलो गर्ने दिनका रूपमा यो दिवस देशभर मनाइँदै छ । तर यही उत्सवका बीच वास्तविक किसानका पीडा भने ओझेलमा परिरहेका छन्।

वास्तविक किसानका लागि असार १५ कुनै एक दिनको उत्सव होइन, वर्षभरिको जीविकासँग जोडिएको संघर्षको निरन्तरता हो। समयमै पानी नपर्ने चिन्ता, मलको अभाव, बढ्दो उत्पादन लागत, खेतीयोग्य जमिन घट्दै जानु, उत्पादनको उचित मूल्य नपाउनु र कृषि प्रणाली दिनप्रतिदिन महँगो बन्दै जानुजस्ता समस्याले किसानलाई सधैँ पिरोलिरहेको छ। यी समस्या समाधान नहुँदासम्म किसानका लागि रोपाइँ उत्सवभन्दा पनि पिडा नै हो ।

यता पछिल्ला वर्षहरूमा असार १५ को अर्को चित्र; तीव्र रूपमा फैलिएको छ। विभिन्न संघसंस्था, कार्यालय, राजनीतिक दल र समूहले प्रतीकात्मक रूपमा खेतमा रोपाइँ गर्ने, दही-चिउरा खाने र हिलो खेल्ने कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन्। कतिपय स्थानमा यस्ता कार्यक्रम सरकारी बजेट खर्च गरेर समेत आयोजना हुने गरेका छन्। रोपाइँभन्दा पनि तस्बिर खिच्ने, सामाजिक सञ्जालमा सामग्री राख्ने र औपचारिक कार्यक्रम सम्पन्न गर्ने प्रवृत्ति बढ्दै गएको छ।

निश्चय नै असार १५ को सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्व छ। यसले कृषि संस्कृतिलाई जीवन्त राख्ने, समुदायबीच सम्बन्ध बलियो बनाउने र नेपाली परम्परालाई जोगाउने भूमिका खेल्छ। त्यसैले यस्ता गतिविधिलाई पूर्ण रूपमा नकार्न सकिँदैन। तर वास्तविक किसानको संघर्षलाई बेवास्ता गर्दै केवल मनोरञ्जन र भोजमा सीमित हुने अभ्यासले भने गम्भीर प्रश्न उठाएको छ।

वास्तविक किसानले महिनौँसम्म पसिना बगाएर गरेको रोपाइँभन्दा एक दिनका लागि गरिने औपचारिक रोपाइँ चर्चाको विषय बन्न थालेपछि किसानको मेहनत नै छायामा परेको छ। खेतसँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्तिहरूका लागि रोपाइँ उत्सव बन्न थालेको छ भने; किसानका लागि भने यो अझै पनि उत्पादन, ऋण, मौसम र बजारसँगको संघर्ष नै हो।

कृषि दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नगरी किसानका वास्तविक समस्याको समाधान खोज्ने अवसरका रूपमा लिनुपर्ने देखिन्छ। किसानले समयमै मल, पर्याप्त सिँचाइ, गुणस्तरीय बीउ, सहज बजार र उत्पादनको उचित मूल्य पाउने वातावरण बनेपछि मात्रै यस्ता दिवसको वास्तविक अर्थ स्थापित हुन जान्छ।

आज हिलोमा रमाउनेहरूको संख्या बढेको छ, तर खेतमा निरन्तर पसिना बगाउने किसान घट्दै गएका छन्।खेतीयोग्य जमिन प्लटिङमा परिणत भइरहेको छ, युवा पुस्ता कृषि छाडेर वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन् र खेती गर्ने परिवारहरू निरुत्साहित बन्दै गएका छन्। यस्तो अवस्थामा केवल प्रतीकात्मक रोपाइँले कृषि क्षेत्रका समस्या समाधान गर्न सक्दैन।

असार १५ को सन्देश हिलो खेल्नु र दही-चिउरा खानु मात्र होइन । किसानको श्रमको सम्मान गर्नु, कृषि क्षेत्रका चुनौतीलाई राज्यको प्राथमिकतामा राख्नु र किसान तथा खेतबीचको सम्बन्धलाई अझ बलियो बनाउनु पनि हो।

तर वास्तविकतामा ; उत्सवको चमक बढ्दै जाँदा किसानका पीडा भने वर्षैपिच्छे अझ ओझेलमा पर्दै गएका छन् ।

ताजा खबर

Understanding the Importance of a Housing ESA Letter

Kasyno Revolut – Twoja najlepsza opcja dla hazardu online

सिनो खाएर वातावरण जोगाउँछन् गिद्ध

The Ultimate Guide to Playing Roulette Red Door

A Comprehensive Guide to Legitimate ESA Letters

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Εξαιρετική διασκέδαση με το revolutioncasino και τις μοναδικές προσφορές του καθ όλη τη διάρκεια του χρόνου

Εξαιρετική διασκέδαση με το revolutioncasino και τις μοναδικές προσφορές του καθ όλη τη διάρκεια του χρόνου Η Ποικιλία Παιχνιδιών στο Revolutioncasino Τα Δημοφιλέστερα Κουλοχέρηδες Προσφορές

अझै पढ्नुहोस्