टीकापुरका वडा कार्यालयले पनि कोरोना खोप कार्ड अनिवार्य गर्याे

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीकाे टीकापुर नगरपालिकाका केही वडा कार्यालयले सेवाग्राहीलाई काेराेना खाेप कार्ड अनिवार्य गरेका छन् ।

टीकापुर नगरपालिका वडा नं. ७ र ९ ले वडा कार्यालय सेवालिन आउदा सेवाग्राहीले अनिवार्य रुपमा काेराेना लगाएको खाप कार्ड ल्याएर आउन सुचना जारी गरेकाे हाे ।

शुक्रबार वडा नं. ७ र ९ ले छुट्टाछुट्टै सुचना जारी गर्दै वडा कार्यालयमा सेवा लिन आउदा सेवनग्राहिलाइ काेराेना लगाएको खाेप कार्ड र मास्क अनिवार्य गरेकाे छ ।

इलाका प्रशासन कार्यालय टीकापुरले पनि सेवाग्राहीलाई अनिवार्य रुपमा काेराेना विरुद्धको खाेप लगायकाे खाेप कार्ड अनिवार्य गरेकाे छ । इलाका प्रशासन कार्यालय टीकापुरले फाेन मार्फत सम्पूर्ण वडा कार्यालयलाई सिफारिस गर्दा खाेप कार्ड विनाको सिफारिस नपठाउन माैखिक परिपत्र जारि गरेकाे छ ।

सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय शुक्रबारदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ ।

शुक्रबार देखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटिलता देखिने विज्ञहरुको भनाइ छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Промокод вавада без депозита

Промокод вавада без депозита выгодные условия для игроков Промокод вавада без депозита Используйте опытные методы для максимизации вашего игрового баланса. Надежные службы предлагают возможность начать

अझै पढ्नुहोस्