टीकापुरका वडा कार्यालयले पनि कोरोना खोप कार्ड अनिवार्य गर्याे

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीकाे टीकापुर नगरपालिकाका केही वडा कार्यालयले सेवाग्राहीलाई काेराेना खाेप कार्ड अनिवार्य गरेका छन् ।

टीकापुर नगरपालिका वडा नं. ७ र ९ ले वडा कार्यालय सेवालिन आउदा सेवाग्राहीले अनिवार्य रुपमा काेराेना लगाएको खाप कार्ड ल्याएर आउन सुचना जारी गरेकाे हाे ।

शुक्रबार वडा नं. ७ र ९ ले छुट्टाछुट्टै सुचना जारी गर्दै वडा कार्यालयमा सेवा लिन आउदा सेवनग्राहिलाइ काेराेना लगाएको खाेप कार्ड र मास्क अनिवार्य गरेकाे छ ।

इलाका प्रशासन कार्यालय टीकापुरले पनि सेवाग्राहीलाई अनिवार्य रुपमा काेराेना विरुद्धको खाेप लगायकाे खाेप कार्ड अनिवार्य गरेकाे छ । इलाका प्रशासन कार्यालय टीकापुरले फाेन मार्फत सम्पूर्ण वडा कार्यालयलाई सिफारिस गर्दा खाेप कार्ड विनाको सिफारिस नपठाउन माैखिक परिपत्र जारि गरेकाे छ ।

सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय शुक्रबारदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ ।

शुक्रबार देखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटिलता देखिने विज्ञहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीमा दिन प्रतिदिन वन अतिक्रमणको बढ्दो

धनगढी/कैलालीमा कोभिड–१९ महामारीको समयमा सुनसान देखिएको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित ‘गाइमारा डाँडा’ पछिल्ला वर्षहरूमा फेरि अतिक्रमणको चपेटामा परेको छ । एक समय डिभिजन

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

एनआरएन द्वारा धनगढी उपमहानगरपालिका मार्फत रगत संकलन गर्ने बस नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण

कैलाली – गैर आवासीय नेपाली संघ (एनआरएन) ले धनगढी उपमहानगरपालिका मार्फत रगत संकलन गर्ने बस नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गरेको छ । ६० लाख

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

कर्णाली मा.वि.काे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम सम्पन्न

टीकापुर/टीकापुर -१ स्थित कर्णाली माध्यमिक विद्यालयकाे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको छ । मंगलबार विद्यालयले आर्थिक वर्ष २०७७/०७८ काे सामाजिक

अझै पढ्नुहोस्