खक्राैला नाकामा नेपाल भारत आवत जावत गर्न काेराना बिरुद्ध काे खाेप कार्ड अनिवार्य

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ९ स्थित खक्रा‌‌ैला नाकामा नेपाल भारत आवत जावत गर्नकालागि काेराना बिरुद्ध काे खाेप कार्ड अनिवार्य गरिएकाे छ ।

!

राेजगारिका लागि नेपाल बाट भारत जाने र भारतबाट नेपाल आउने सम्पुर्ण नागरिकहरुका लागि मात्रै नभई भारतिय बजार तिकुनिया सम्म किनमेल गर्न जानेका लागि पनि खाेप कार्ड अनिवार्य गरिएकाे खक्राैला स्थित हेल्थडेस्कमा कार्यरत अनमी उर्मिला घिमिरेले जानकारी दिनु भयाे ।

खक्राैला स्थित संचालनमा रहेकाे हेल्थडेस्कमा राेजगारिका लागि नेपाल भारत आवत जावत गर्नेहरुकाे स्वास्थ्य परिक्षण गर्ने गरेकाे अनमी घिमिरेले बताउनु भयाे ।नाका संचालनमा आए यता यस नाकाबाट दैनिक १५०देखि २०० जना भित्रिने गरेकाे र हाल सम्ममा ९१५ जना नेपाल भित्रिएकाे समेत बताउनु भयाे ।

नेपाल भारत आवत जावत गर्ने नागरिकहरुलाई सहज गर्नका लागि प्रहरी चाैकी कालाकुण्डाले पनि नागरिक सहायता कक्ष संचालनमा ल्याएकाे प्रहरी चाैकीका प्रहरी नायब निरिक्षक राजेन्द्र कार्कीले बताउनुभयाे ।

उनका उनुसार सिमा नाकामा हुने अपराधी गतिबिधिलाई मध्येनजर गर्दै र आवत जावतलाई व्यवस्थित गर्नका लागि नागरिक सहायता कक्ष संचालनमा ल्याएकाे बताउनुभयाे ।

उता भारतिय प्रहरी एसएसबीले पनि काेराेना बिरुद्ध काे खाेप कार्ड अनिवार्य गरेकाे र खाेप कार्ड नभए आवत जावतमा राेक लगाउने गरेकाे प्रहरी चाैकी कालाकुण्डाका ईन्चार्ज कार्कीले बाताउनुभयाे ।

ताजा खबर

My Empire Casino Games: Průvodce rychlými relacemi a okamžitými výhrami

Genuine Cash Slots Online PayPal: A Comprehensive Overview to Playing and Winning

Discover the Adventure of Free Live Roulette Online

Comprehending ESA Letters in Nevada

WinSpirit Account Verification Failed: What to Do

सम्बन्धितखवर

छुटाउनु भयो कि !