धनसिंहपुर कृषि सहकारी संस्थाले साडे छ लाख नाफा कमाउन सफल

शेयेर गर्नुहोस

माेहित श्रीपाइली,
टीकापुर /धनसिंहपुर कृषि सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा साडे छ लाख नाफा कमाउन सफल भएको छ ।

शुक्रबार धनसिंहपुर कृषि सहकारी संस्थाको छैटौं वार्षिक साधारणसभामा सहकारीले ६ लाख ६३ हजार ४ सय ४४ रुपैयाँ ९० पैसा नाफा कमाउन सफल भएको जनाएको हाे ।

सहकारीका अध्यक्ष धनसिंह साउंदकाे अध्यक्षतामा भएको वार्षिक साधारणसभामा टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला प्रमुख अतिथ रहनुभएकाे थियो ।
प्रमुख अतिथि एवम् टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष ठकुल्लाले शेयर सदस्यकाे समस्या र आवश्यकता लाई मध्यनजर गर्दै सहकारी अघि बढ्नुपर्नेमा जाेड दिनु भएको थियो ।

सहकारीले धेरै राम्रो काम गर्दै आएको भन्दै ठकुल्लाले प्रशंसा गर्नु भएको थियो । ठकुल्लाले ग्रामीण क्षेत्रमा किसानको जीवन स्तरमा परिवर्तन ल्याउने गरि सहकारीले काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् टीकापुर नगरपालिकाका आर्थिक विकास शाखा तथा सहकारी शाखाका प्रमुख नन्द बहादुर केसीले किसान आत्मनिर्भर बन्न कृषिमा केही नयाँ काम गर्न लागि वडाले पनि हरेक वर्ष सहयोग गरेकाे भन्दै सहकारीले गरि रहेको कामको समाजमा सकारात्मक प्रभाव परेको बताउनु भयाे ।

साधारणसभामा उकृष्ट बचतकर्ता कान्छा चाैधरी ,जाैकलि देवि शाही , लाैटन चाैधरी र उत्कृष्ट कृषकमा भिम महर, सन्तु चाैधरी, विरेन्द्र चाैधरी, उत्कृष्ट निक्षेप कर्तामा मान बहादुर डगाैरा थारुलाई सम्मानित गरिएको थियो ।
सहकारी संस्थाका सचिब मंगल चाैधरीले संचालन गर्नुभएको कार्यक्रममा जंग बहादुर चाैधरी, समाजसेवी पदमराज जाेशि,जितराम चाैधरी, नवराज साउँद, तेज बहादुर साउँद, रणबहादुर साउँद, रामकृष्ण चाैधरी, समाजसेवी तथा शिक्षक भिम महर, वीर बहादुर साउँद, विक्रम चाैधरी, पत्रकार भिम वि.क. , समाजसेवी डम्बर घर्ती लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सहकारीको व्यवस्थापक मुना थापाले २ करोड ५५ लाख ६७ हजार ६ सय १७ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेकी थिईन । सहकारी संस्थामा २ सय ७९ जना सेयर सदस्य रहेका छन ।

ताजा खबर

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

Genuine opportunities await players with theluckygemcasino.nl and exciting bonus features

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

लागू औषध खैरो हेरोईन सहित प्रहरीद्वारा दुई युवक पक्राउ

टीकापुर/कैलालीकाे टीकापुरमा लागू औषध खैरो हेरोईन सहित दुइ युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५

अझै पढ्नुहोस्
समाचार

आपसी विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

सुखड/कैलालीको गौरीगङ्गा साझेदारी वन आन्तरिक विवादका कारण कार्यान्वयनमा आउन सकेको छैन । साझेदार पक्ष तथा सरोकारवालाहरूको सहभागितामा वनको दिगो व्यवस्थापन गरी राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा

अझै पढ्नुहोस्
समाचार

वन्यजन्तुका लागि जंगलमै पोखरी निर्माण

धनगढी,कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ । जिल्लाको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक वन र लम्किचुहाको महिला जागरण सामुदायिक वनमा

अझै पढ्नुहोस्