युवा तथा लक्षित वर्गका सवालमा पूर्ण सहयोग गर्छु : सांसद पाठक

शेयेर गर्नुहोस

धनगढी, कार्तिक १४। सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं सामाजिक विकास समिति सभापति धर्मराज पाठकले युवा तथा लक्षित वर्गका सवाल सम्बोधन गर्न आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

‘सदुरका आवाज’ (बहुसरोकारवाला नागरिक संलग्नता पैरवी मञ्च) का पदाधिकारीहरूको सहभागितामा शुक्रबार प्रदेश राजधानी धनगढीमा आयोजित सह–सिर्जना कार्यशालामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

सरकार र नागरिकबीचको सम्बन्धलाई बलियो र विश्वसनीय बनाउन नागरिक संलग्नता आवश्यक रहेको उल्लेख गर्दै पाठकले बहुसरोकारवाला नागरिक संलग्नता पैरवी मञ्च त्यसका लागि महत्त्वपूर्ण माध्यम बन्न सक्ने बताए। नागरिकका संवेदनशील सवाल र सरोकारवालाको जवाफदेहितालाई सँगसँगै अघि बढाउनुपर्नेमा उनले जोड दिए।

विभिन्न क्षेत्रका सरोकारवालाहरू एउटै मञ्चमा आबद्ध भएर काम गरिरहेकोमा खुसी व्यक्त गर्दै पाठकले मञ्चले प्राथमिकतामा राखेका मुद्दालाई प्रदेश सभामार्फत उठाउने बताए। ती मुद्दालाई सम्बोधन गर्न प्रदेश सरकारका नीति तथा कार्यक्रममा समावेश गराउनसमेत आफूले भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

कार्यशालामा लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण विज्ञ सङ्गीता अधिकारीले लैंगिक समानता, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायको पहुँच र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न मञ्चले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। उनले आवश्यक परेको समयमा मञ्चलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन्।

कार्यशालामा बास नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले मञ्चको पैरवी रणनीति, आचारसंहिता र कार्ययोजनालगायत विषयमा सहजीकरण गरेका थिए। यस्तै, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) की युवा विकास संयोजक पूजा चौधरीले सुदूरपश्चिम प्रदेशमा यूएनडीपीले सञ्चालन गरिरहेका कार्यक्रम, साझेदार संस्था तथा ‘सिभिक साथी च्याटबोट’ लगायतका विषयमा जानकारी गराएकी थिइन्।

कार्यशालामा मञ्चका सदस्यहरूले आचारसंहिता तयार गरी पारित गरेका छन्। साथै, प्राथमिकतामा राखिएका मुद्दा कार्यान्वयन गर्ने रणनीति र मञ्चको कार्ययोजना तयार गरिएको छ। प्रभावकारी पैरवीका लागि विभिन्न विषयगत समूहसमेत गठन गरिएको आयोजकले जनाएको छ।

स्वीस सरकारको विकास सहयोग (एसडीसी) को सहयोग तथा यूएनडीपी नेपालको साझेदारीमा बास नेपालद्वारा सञ्चालित ‘लोकतान्त्रिक सहभागिता प्रवर्द्धनका लागि नागरिक संलग्नता अभिवृद्धि परियोजना’ अन्तर्गत कार्यशाला सम्पन्न भएको हो।

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीका नगरप्रहरीद्वारा पत्रकार माथि दुर्यवहार

धनगढीका नगरप्रहरीद्वारा पत्रकार माथि दुर्यवहार गरिएको छ। धनगढी उपमहानगरपालिका एक नगरप्रहरीले सनराइज टेलिभिजनका पत्रकार सुदिप थापा माथि भिडियो खिच्द‌ै गर्दा दुर्ववहार गरेका हुन्। थापामाथि दुर्ववहार

अझै पढ्नुहोस्
समाचार

कानुन मन्त्री जाेशिले सन्चारकर्मी संग शुभकामना आदानप्रदान

जमुना न्युरेधनगढी/सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सञ्चारकर्मीहरुसंग हिन्दुहरुको महान पर्व दशैंतिहारको अवसरमा शुभकामना आदानप्रदान गरेकी छिन ।आफनै कार्यकक्षमा विभिन्न सञ्चारमाध्यममा कार्यरत

अझै पढ्नुहोस्