जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल पछिल्लो समयमा मिचाहा प्रजाती बेस्रमले ताल ढाकिएको छ ।

कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) एक कार्यक्रमका भब्य र धुमधाम का साथ घोषणा गरियो । तर घोडाघोडी तालको पानी र तालको अवस्था बारेमा कसैको नजर पुगेको छैन । घोडाघोडी तालका साह्ययक तालहरु २४ वटाको त कुरा छौडौ यहाँ मुख्य रुपमा रहेको घोडाघोडी ताल नै मिचाहा प्रजातीले पुरिएको छ ।

घोडाघोडी तालको उत्तर क्षेत्र को बाड्का सिराहा , छोड्की सिराहा , छोट्कि छिङट्लिया ,लम्कि कोन्ढिया, र पुर्बी क्षेत्र पनि अहिले ताल देखिदैन पुरै बेस्रम देखिन्छ। घोडाघोडी तालकै नाम बेचेर खाएका स्थानीय निकायको बृहत् घोडाघोडी पर्यटन बोर्ड , जेड एस एल,घोडाघोडी क्षेत्र सरक्षण तथा जागरण मन्च नेपाल , हिमाली नेचर लगायतका सघं सस्थाहरुले काम गर्दै आयका थिए तर अहिले घोडाघोडी तालमा कुनै सघंसस्थाहरुले काम गरेका छैन ।
यसरी घोडाघोडी तालको प्राकृतिक स्वरुपका साथै सिमसारमा निर्भर जैविक बिबिधता जलचर तथा चराचुरुङ्गी को बासस्थानमा समेत असर परेको छ । डिभिजन वन कार्यालय पहलमानपुरका योजना अधिकृत बरिस्ठ वन अधिकृत दिपेन्द्र केसिले हाल घोडाघोडी ताल क्षेत्रको करिब ५ हेक्टर क्षेत्रफलमा बेस्रम मिचाहा प्रजातिले ढाकेको बताए ।
उनले भने यो मिचाहा प्रजाती बेस्रम निकै तिव्रगतिमा फैलिने प्रकृति भएकाले समयमा नै नियन्त्रण नगरियन भने अझ ठूलो क्षेत्र फैलिने र ताल नै पुरिने जोखिम हुने बताए ।
सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयको बार्सिक कार्यक्रम अन्तर्गत आवश्यक बजेट बिनियोजित गरि यो मिचाहा हटाउने कार्य गरियको योजना अधिकृत केसिले बताए ।
उनले भने यश आर्थिक बर्षमा मन्त्रालयले १ लाख बजेट मिचाहा प्रजाती नियन्त्रणका लागि राखियको छ । तालको माथिल्लो भागमा बेस्रम निकै बाक्लो रुपमा ताललाइ ढाकेको छ । हरेक बर्ष यो झार फैलिदै गयको छ भने दीर्घकालीन रुपमा नियन्त्रणका लागि कुनै पहल गरियको छैन ।
घोडाघोडी क्षेत्र सरक्षण सम्बर्द्धन तथा जनजागरण मन्छ नेपाल ब्यबस्थापक दिल बहादुर धामीले भने यो मिचाहा प्रजाती फैलिदै गएको छ यसलाई नियन्त्रण गर्न सघिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारले पर्याप्त बजेट नछुटायको बताए ।
घोडाघोडी तालमा सिमसार सरक्षण तथा सदुपयोग आयोजना , चरा सरक्षण नेटवर्क कैलालीले पनि मिचाहा प्रजाती बेस्रम हटायका थिए , हटाउनका लागि स्थानिय समुदाय वन सङ्ग सहकार्य गरि अभियान चलाएका थिय , सघियता आय पछि तीन तहका सरकार बने तर घोडाघोडिमा ताल तथा जैविक विविधता सरक्षण , मिचाहा प्रजाती नियन्त्रणका लागि बजेट छुट्यायन ।
बजेट अभावको कारणले मिचाहा प्रजाती हटाउने कार्यले निरन्तरता पायन जसका कारण दिनप्रतिदिन मिचाहा प्रजातिले ताल लाई ढाक्दै गइरहेको चरा सरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए ।
अध्यक्ष चौधरीले भने समयमा नै बेस्रम नियन्त्रण गरियन भने घोडाघोडी ताल बिस्तारै पुरिदै घासे मैदान हुने जोखीम बढदै जाने जसले सिमसारको जैविक बिबिधतामा गम्भीर असर पर्ने बताए ।
बृहत घोडाघोडी पर्यटन बोर्डले १० बर्ष गुरुयोजना बनाएको छ ।प्रदेश सरकारले घोडाघोडी ताललाइ नेपालको पहिलो चराको अभय आरण्या ( बर्ड सेन्चुरी )निकै तामझामका साथ घोषणा गरेको थियो । तर मिचाहा प्रजाती हटाउनका लागि नत प्रदेश सरकार नत स्थानीय तहले नै कुनै योजना तथा कार्यक्रम बनाएको छैन ।
स्थानीय बासिन्दा धनऋषी न्यौपाने भन्छन् घोडाघोडी
ताल रहेमा पो अन्य कार्यक्रम गर्न सकियला तालै मिचाहा प्रजातिले ढाकेको र ताल को उतरी क्षेत्र बाट बेस्रम घारी देखिन्छ र मिहाचा प्रजातिले भरिदा घोडाघोडि पर्यटन बोर्ड भने अहिले निर्वाचन भयको ४ बर्ष पुग्दा पनि नयाँ आयका जनप्रतिनिधिले तथा नगरप्रमुखले पर्यटन बोर्ड गठन गर्न सकेका छैन , पुराना पर्यटन बोर्डले गर्न थालेका अधुरा काम मात्र पूरा गरिदै छ । यता नगरप्रमुख खडक बहादुर रावतले विभिन्न कार्यक्रममा घोडाघोडी ताल घोडाघोडी नगरपालिकाको मात्र नभएर नेपालकै एक चिनारी हो ,यस्को सरक्षण र सदुपयोग गर्न सके यहाँको पर्या पर्यटन बाट जीवन स्तर माथी उठाउन सक्ने बताउछन् तर घोडाघोडी तालको मिचाहा प्रजाती हटाउन कुनै कार्यक्रम नरहेको बताए ।
घोडाघोडी ताल मिचाहा प्रजातीले सिमसार क्षेत्रको पानीको सतह ढाक्ने ,स्थानीय बनस्पति र जलचर प्रजातीहरुलाइ बिस्थापित गर्ने तथा चराचुरुङ्गीको बासस्थानमा प्रतिकुल असर पार्ने डिभिजन वन कायालय पहलमानपुरका बरिस्ठ डिभिजनल बन अधिकृत जनक पाध्यायले बताए । यसका लागि दीर्घकालीन योजना ,पर्याप्त बजेट र सरोकारवाला निकाय बिचको समन्वय हुन जरुरी रहेको बताए ।










