राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव भोलि देखि सुरु हुने

शेयेर गर्नुहोस

धनगढी/कैलालीको धनगढीमा हुने राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको तयारी पूरा भएको छ । आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीले सोमबार पत्रकार सम्मेलन गर्दै पुस ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालका अनुसार १४ वर्षपछि धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव आयोजना गर्न लागिएको हो । 

सुदूरपश्चिम प्रदेशको पर्यटन, शिक्षा, स्टेशनरी, मसलन्द तथा छपाई व्यवसायको विकास तथा संस्कृतिको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको पडालले जानकारी दिए । ‘नवौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवबाट यस क्षेत्रको शैक्षिक, आर्थिक एवम् सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने आशा लिएका छौं,’ उनले भने, ‘महोत्सवले देशभरी छरिएर रहेका प्रकाशक, स्टेशनरी वितरक तथा मसलन्द सामाग्री र शिक्षासँग सम्बन्धित सम्पूर्ण सरोकारवालालाई एकीकृत गर्ने छ ।’

अध्यक्ष पडालका अनुसार महोत्सवमा एक सय स्टल राखिएको छ । महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्नुका साथै पाँच करोड बढीको कारोबार हुने अनुमान गरिएको उनले जानकारी दिए । महोत्सव आयोजन गर्न झण्डै दुई करोड खर्च हुने अनुमान गरिएको छ । 

पुस्तक प्रदर्शनीसंगै महोत्सवमा विद्यालयस्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगितासंगै रमाइलो मेला र कलाकारका प्रस्तुती पनि हुने आयोजकले जनाएको छ । शिक्षा र खेलकुदका विषयमा बहस कार्यक्रम पनि राखिएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० टिकट दर राखिएको छ भने सर्वसाधारणलाई एक सय राखिएको छ ।

जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तीहरुलाई महोत्सवमा प्रवेश निशुल्कको व्यवस्था गरिएको अध्यक्ष पडालले जानकारी दिए । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा महोत्सव सञ्चालन हुने छ । महोत्सवको मंगलबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्धघाटन गर्ने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Overview of BetPlays Casino online gambling options and features.

Lhistoire du jeu de hasard connu sous le nom de Chicken Road

Characteristics and Overview of QuickBet Casino

Ruletka aplikacja bonus powitalny: poradnik eksperta

KatsuBet Casino Review: An Overview of its Features and Services

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

गेटामा अस्पताल सफल भए मात्रै विश्वबिद्यालय : स्वस्थ्य मन्त्री बस्नेत

धनगढी, १६ पुस/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल मेडिकल विश्व विद्यालय बनाउन एकजुुट भएर लाग्न आग्रह गरेका छन् । मन्त्री बस्नेतले सुदूरपश्चिमका नागरिकले

अझै पढ्नुहोस्