धनगढी बाट बाजुरा जादै गरेको बस साई बजार नजिक पल्टिँदा १२ घाइते

शेयेर गर्नुहोस

धनगढी : धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ।
डडेल्धुरा जिल्लाको राई बजार नजिक धनगढी बाट बाजुरा जादै गरेको ना ७ ख १७४ नम्बरको बस डडेलधुरा रडुवा भन्दा माथी राई बजार नजिक दुर्घटना हुदा १२ जना घाइते भएका छ्न।

बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाइते हुनेमा ६ जना महिला ६ जना पुरुष रहेको प्रहरी चौकी स्याउलेका इन्चार्ज कर्ण बहादुर घर्तीले बताउनुभएकाे छ । उक्त बसमा सवार अर्जुन बहादुर सिंहका अनुसार दुर्घटना हुनुको कारण गाडीको कन्डिसन खराब रहेको र क्षमता भन्दा धेरै सामान र यात्रु रहेको बताउनुभयाे ।

गाडीको साहु संग कुरा बुझ्दा गाडीको अल्टिनेटर मात्र खराब रहेकोले त्यो नयाँ ल्यालेर हालेको बताउनुभयाे । चालक कमल ऐडिलाई मालिका समाचारले बुझ्दै ओरालोमा झर्दा गाडीको ब्रेक प्रेसर पाइप फुटि सकेकोले छेउमा रहेको उकालो कच्ची बाटो जस्तो रहेको ठाउँमा हालेर बचाउन खोजेको बताउनुभयाे । यात्रीका अनुसार जनधनको ठुलो क्षति हुनबाट जोगाउन सफल भएको बताएका छ्न ।

ताजा खबर

An Overview of Karjala Casino as a Gaming Destination

Overview of Kewadin Casino operations and services in Michigan.

What is Kingdom Casino?

What is Chicken Games? Overview and Types Explained

Overview of Halifax Casino Facilities and Services

What is Playground Casino: An Overview of Online Gaming Platforms

सम्बन्धितखवर

छुटाउनु भयो कि !