TRENDING
Слотика Казино: новый уровень развлечений
Султан Гейм Казино: казахстанская онлайн‑империя азартных игр
Next
Prev

धनगढी उपमहानगरपालिकाको निर्णय प्रती संघ संगठनको ध्यानाकर्षण

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी / धनगढीमा समायाेजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफुहरूमाथि अन्याय भएकाे भन्दै सराेकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाएका छन ।


धनगढी उपमहानगरपालिकाले समायाेजनमा कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि विकल्प नदिई हाजिर गर्न नदिने भएपछि उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन् । शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाह, धनगढी उपमहानगर, जिल्ला प्रशासन लगायतका कार्यालयमा पत्र बुझाएका हुन ।


कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलान सम्बन्धि मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धि व्यवस्था २०७७ बमोजिम दोहोरो सहमतिका आधारमा २०७७ र २०७८ सालको बिभिन्न मितिमा समायोजन मिलानको अनुसार हाजिर भइ हालसम्म उप-महानगरपालिकामा नेपाल सरकारले निर्दिष्ट गरेका नियमित स्वास्थ्यका कार्यक्रमहरु र स्थानीय सरकारले तय गरेका नीति तथा कार्यक्रम अनुसार काम गरिरहेकाे पत्रमा उल्लेख छ ।


समायाेजनमा कामकाज गर्ने गरि खटाएका कर्मचारीहरुलाई २०८० श्रवण १ देखि काज फिर्ता गर्ने निर्णयले अन्याय भएकाे उनीहरूकाे भनाई छ ।


स्पष्ट उल्लेख भएको कुरालाई तोड मोड गरि समायोजन मिलान भएका कर्मचारीहरुलाई पनि फिर्ता गराउने तथा हतोत्साही गराई अधैर्यताका साथ कर्मचारीहरुलाई सोच्ने समय समेत नदिईएकाे उनीहरू बताउछन् ।


श्रावण महिनाको पहिलो हप्ताभित्र कार्य सम्पादन मुल्यांकन फाराम भर्ने अवसरबाट समेत बन्चित गराउने मनशायबाट कार्यालयले दौडाहा टोली खटाइ कर्मचारीको हाजिरी रजिष्टरमा रातो मसिले धर्का तान्ने कार्य गरेकाे पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Слотика Казино: новый уровень развлечений

Султан Гейм Казино: казахстанская онлайн‑империя азартных игр

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदुरपश्चिम प्रदेश स्तरिय लोक भजन प्रतियोगिता हुने

धनगढी – धनगढीमा सुदुरपश्चिम प्रदेश स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठानको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान सुदुरपश्चिमको सह

अझै पढ्नुहोस्
समाचार

कैलाली काँग्रेसद्वारा भुकम्प पिडितलाई १ लाख सहयोग

धनगढी, हालै जाजरकोटमा केन्द्र विन्दु बनाएर गएको भुकम्प प्रभावित क्षेत्रको पुननिर्माणार्थका लागि नेपाल नेपाली काँग्रेस कैलालीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

अझै पढ्नुहोस्
समाचार

वनडढेलो नियन्त्रण तथा व्यवस्थापन जनचेतना सप्ताह सप्पन्न

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका वडा न १७मा “डढेलोबाट बनलाइ जोगाओ ,बन-दिगो उत्पादन र उपयोग ” भन्ने मुल नाराका साथ बन डढेलो नियन्त्रण

अझै पढ्नुहोस्
समाचार

केही गर्छु भन्ने छबिलाई पटक पटक भाग्यले ठग्दै आएको छ

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ डोडनदी किनारमा रहेको हिम्मतपुर मुक्त कमैया सिबिरमा बसोबास गर्दै आएका छबिलाल चौधरी जन्मजात अपांग हुन । कैलाली

अझै पढ्नुहोस्