केही गर्छु भन्ने छबिलाई पटक पटक भाग्यले ठग्दै आएको छ

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ डोडनदी किनारमा रहेको हिम्मतपुर मुक्त कमैया सिबिरमा बसोबास गर्दै आएका छबिलाल चौधरी जन्मजात अपांग हुन ।


कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा बस्दै आएका ३५ वर्षीय छबिलाल चौधरी हिम्मतपुर मुक्त कमैया सिबिरमा बेतबासको सामाग्री बनाउदै र माटोको भाडा बेच्दै गरेका छन् । उनको जन्मजात दुवै खुट्टा लुलो भइ हिँड्न नमिल्ने भएको छ। ३ जनाको परिवारमा आफूमात्रै शारीरिक अपांगता भएर बस्नुपर्दा अरुको बोझ जस्तै लाग्ने गरेको चौधरीले बताए ।
कैलाली जिल्लाको पथरैया गाउमा जन्मिएका छवि जन्मजात रुपमा शारीरिक अवस्थ्य दुबै खुट्टा लुला भएर जन्मिए । उनले सानै उमेरमा बुवा गुमाएको हुदा आमाले तीन जना केटाकेटीको लालपालन गर्न अरुको घरमा काम गर्ने गर्थिन ।


छबि परिवारको कान्छा छोरा हुन छबिको आमाले दोस्रो बिबाह गरेर घोडाघोडी सिबिरमा आउदा छवि शारीरिक रुपमा अशक्त भएका कारण आमाले सङै लिएर आयकी थियी ।
आमाको मायाले छवि आय घोडाघोडी हिम्मतपुर शिबिरमा बस्दै आएका हुन ,उनलाई आमा ल्याए पनि दोस्रो बुवाले पनि माया नै दिएका थिए ,बिस्तारै अपाङता भए पनि केही सीप सिक्न चाहन्थे ताकी बुढी भएकी आमालाई साहरा दिन सकु भन्ने सोच राखेका थिए । तर आमाको मृत्यु पछि छवि एक्लै भए हिम्मतपुर सिबिरमै बसेका छ्बीलाइ आफ्ना दाजु / काकाहरुले खोजी गर्न आउला भन्ने आसामा थिए तर कोहि आएन उनले शारीरिक रुपमा अपाङ्गता भए पनि केही गरेर जिवनको गुजारा गर्नु पर्छ भन्ने सोच राखेका थिय ।

रोड छेउमा सानो टहरामा बसेर छबिले सानो खोकामा माटाको खुतुर्के , दियो , करुवा लगायतक सामाग्री सङ्गै बिस्कुट ,चाउचाउ राखेर खोकामा ब्यापार गर्न उनी बैसाखी टेकेरै सुखड बजारमा सामान लिन आउने जाने गर्दै उनले आफ्नो दिनचर्या बिताउन थाले । खोकामा बस्दा पनि उनलाई काकाबुवा पनि गरिब परिवार भएकाले दाइ भाइहरुले हेर्न छोडेर सबैले आफ्नो ब्यबस्था ,आफ्नो जीवन गुजारा चलाउन मजदुरी गर्न थाले छबिलाइ साझबिहान खाना बनाउन घरमाको काममा सघाउनका लागि जिवन साथीको आवश्यकता परेको थियो ।


उनले तारा चौधरीलाई जीवन साथी बनाए बिस्तारै दिनचर्या राम्रै चलेको थियो ,छबिले बेत बास बाट विभिन्न सामाग्री बनाउन तालीम लियका हुन । उनले निर्माण गरेका सामाग्री बजार पाउन लाग्दा कोरोनाको महामारीले छबिको सिपलाइ पनि प्रभाव परेको छ । कोरोनाका कारण निर्माण भयका सामाग्री बजार पाउन मुस्किल र बिक्री भएका सामान उधारोमा गयको बताए ।

ताराले घरमा किनारा पसल सङै गाउँ बाट थोकमा बदाम ल्याएर भुटेर प्याकिङ गर्छिन , घर गुजार सानो छोरोको पालनपोषणका लागि छवि ह्विवयल चियरमा बदाम बेच्न गाउँ गाउँ पुग्ने गरेका छन् । उनले बेतबासको सामाग्री बाट एक आइटमा करिब २०० सय नाफा आउने गरेको बनाउन समय लाग्ने ,निर्माण सामाग्री महङ्गो हुने , बर्षमा बेतबास बाट २०/२५ हजारमात्र बचाउने गरेको र तेसबाट नै साझबिहानको छाक टार्नु पर्ने बाध्यता रहेको छ।

आफू अपाङ्गता सङ्गै गरिबिको कारण निरक्षर रहेका छवि छोरोको लालपालन र पढाइका लागि आफू श्रीमान श्रीमती दुख जीवन सर्घष गरिरहेका बेला तारालाई अहिले रोगले च्यापेको छ ।
उनलाई थाइराइट , मृगौलामा पानी भरिएको शरीर सुनिएको छ औषधिसमेत गर्न सकेकी छैन , गरिबिकै कारण तारा रोगपालेर बस्न बाध्य भएकि छन ।उनले भनिन रोग लागेको छ उपचार गर्न पैसा छैन ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার Mostbet হলো একটি জনপ্রিয় অনলাইন বাজির প্ল্যাটফর্ম যা বিভিন্ন ধরনের বাজির সুযোগ প্রদান করে। এই প্ল্যাটফর্মটি ব্যতিক্রমী

अझै पढ्नुहोस्