डल्फिन देखिन थाले मोहना ,पथरैया , काढाँ र कान्द्रा नदिमा

शेयेर गर्नुहोस


जमुना न्युरे,भजनी/ कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ ढुंगाना टोल को बैदीमा कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन आइपुगेका छन् । कैलालीको मोहना , पथरैया ,काढाँ र कान्द्रा नदीमा डल्फिनको आएका हुन् । 


नदीहरूमा पानीको सतह बढेपछि दुर्लभ जलप्राणी डल्फिन आइपुगेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार असार को दोस्रो साता देखि मोहना , पथरैया ,काढाँ र कान्द्रा नदीमा गरी ८ वटासम्म डल्फिन बच्चा सहित देखा परिरहेका छन् । । टीकापुर नगरपालिका –७ ढुंगाना टोल बैदीस्थित नदीमा यी डल्फिन देखा परिरहेका छन् । 

कर्णाली नदीमा वर्षभरि नै बस्ने डल्फिन मोहना, पथरैया, कान्द्रा, काँढालगायतका सहायक नदीमा भने मनसुन अवधिभरि ३ महिना मात्रै बस्ने गर्छन् । नदीमा पानीको सतह बढेपछि यहाँ बच्चा हुर्काउन डल्फिन आउने गरेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष ढुङ्गानाले जानकारी दिए । बर्षादको समयमा कर्णालिका साहयक नदीहरुमा रमाउने डल्फिनहरू मनसुन बाहिरिएसँगै पानीको गहिराइ खोज्दै तल्लो पुन कर्णाली नदिमै जानेगरेका छन् । 

यी साहयक नदिहरुमा शुद्व पानीमा पाउने भएकाले डल्फिनले प्रजनन केन्द्र रुपमा पनि यी नदिहरुलाइ रोज्ने गरेको ढुंगानाले बताए ।बर्ष भरिमा कुनै चहलपहल नहुने ढुंगाना टोल बैदिमा बर्षातको समयमा मनसुन सुरु भय पछि डल्फिन देखिन थाले पछि यहाँ डल्फिन अवलोकनका लागि आन्तरिक पर्यटन तथा विदेश पर्यटनहरु डल्फिन सङ्ग रमाउन आउने गर्छन् र कैलालीमा यी चार वटा नदिको सङ्गम जहाँ डल्फिनलाई नाङ्गो आखाले अत्यन्त नजिकबाट डल्फिन अवलोकन गर्न पाइन्छ ।

ताजा खबर

Boost Your Free Spins With The Best Internet Casino Slots

Free Online Port Gamings: No Download Required

Win Real Cash Online Gambling Establishment for Free: An Overview to Online Betting

Chicken Road 2 App Móvil: Cómo Descargar y Jugar en el Teléfono

1win Slot Bonus Rounds Compared

Just how to Validate an ESA Letter: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विभिन्न कार्यक्रम गर्दै सम्पन्न तेस्रो नेपाल बर्ड फेयर लुम्बिनीमा

धनगढी/अवैध चोरीसिकार, खेतीमा विषादीको अधिक प्रयोग, वासस्थान विनास र  अतिक्रमणका कारण मुलुकमा चराको संख्या बर्सेनि घट्दो क्रममा छ। चराको यही अवस्थालाई नियन्त्रण गरी संरक्षणमा जुट्न

अझै पढ्नुहोस्