धनगढीमा शनिवारे मेला बन्यो उद्यमी महिलाका सामग्री बिक्री गर्ने माध्यम

शेयेर गर्नुहोस

धनगढी/ कैलालीको धनगढीमा लाग्ने शनिवारे मेला स्थानीय महिला उद्यमीले बनाएका सामग्री बिक्री गर्ने गतिलो माध्यम बनेको छ। मेलामा स्थानीय महिलाका खाद्य परिकारदेखि घरेलु उत्पादन बिक्री भइरहेका छन्।

साप्ताहिक रुपमा लाग्ने महिला उद्यमी शनिवारे मेलामा वातावरणमैत्री सामग्री बिक्री भइरहेका छन्। शनिवारे मेलामा घरमै बनाएका सामग्री बिक्री गर्ने माध्यम बनेकोमा स्थानीय महिला उद्यमी खुशी भएका छन्।

मंसिर १ गते शनिवारबाट सुरू भएको शनिवारे मेलामा धनगढीका महिलाले घरमै तयार गरेका विभिन्न सामग्री बिक्री गर्न थालेका छन्। धनगढी–५ जाईकी कमलादी चौधरीले मेलामा आफैले तयार गरेका ढकीया लगायतका सामग्री बिक्रीका लागि राखेकी छन्। शनिवारे मेलाले घरेलु उत्पादन बिक्री गर्न सहज भएको चौधरीको भनाइ छ।

धनगढी–१६ की सिता चौधरीले शनिवारे मेलामा ढकीया, बेना, डेलुवा दुना–टपरी लगाय आफैले तयार गरेका सामग्री बिक्री गर्न ल्याएकी थिइन। शनिवारे मेलाले आफूले बनाएका सामग्री बिक्री गरेर आम्दानी गर्ने अवसर दिएको चौधरीले बताइन्। शनिवारे मेला महिला उद्यमीले तयार गरेका सामग्री र खाद्य परिकार बिक्री गर्ने थलो मात्रै बनेको छैन बालबालिका र युवायुवतीको नाच्ने, गाउने र रमाउने माध्यम पनि बनेको छ।

मेलामा स्थानीय महिलाहरूले दैनिक प्रयोगमा आउने वातावरणमैत्री सामग्रीसमेत बिक्री गरिरहेका छन्। धनगढी–३ कफकला संग्रौलाका लागि बाँस तथा औषधीयुक्त काठबाट निर्मित विभिन्न सामग्री बिक्री गर्ने माध्यम शनिवारे मेला बनेको छ। संग्रौलाले महिला उद्यमीहरूले तयार गरेका दात माझ्ने ब्रस, कपडा धुने ब्रस, झोला, बास तथा काठबाट निर्मित अन्य सामग्री बिक्री गर्दै आएकी छन्।

वातावरणलाई प्लास्टिकमुक्त बनाउन वातावरणमैत्री सामग्री बिक्री गरेर उद्यमी, वातावरण र उपभोक्तालाई हित हुने अवस्था मेलाले निर्माण गरेको संग्रौलाले बताइन्। धनगढी उपमहानगरपालिकाले मंसिर १ गतेदेखि शनिवारे महिला उद्यमी मेला लगाउन थालेको छ। मेला खाद्या परिकार, घरेलु उत्पादनको बजारीकरण गर्ने र महिलाहरूको सिपलाई आम्दानीसँग जोड्ने माध्यम बनेको छ।

ताजा खबर

The Best Gambling Establishment Invite Rewards: A Guide to Maximizing Your Online Pc Gaming Experience

Free Online Casino Slot Games: The Ultimate Guide

Der Ultimative Überblick für Mobile Casino Seite Spiele

ESA Solution Pet Letter: Understanding Its Importance And How To Acquire One

Comprehending ESA Letters in Rhode Island

सम्बन्धितखवर

छुटाउनु भयो कि !