TRENDING
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Next
Prev

नवजीवन सहकारीले कृषी उप आयोजना अन्तर्गतको राइस मिल (प्लान्ट) को पनि उद्घाटन

शेयेर गर्नुहोस

धनगढी: धनगढी स्थित देशकै अग्रणी सहकारी नवजिवन सहकारी संस्था ३२ औँ बर्षमा प्रवेश गरेको छ । धनगढीमा मुख्य कार्यालय रहेको सहकारी संस्थाले आज एक कार्यक्रमका बिच आफ्नो ३१ औँ बार्षिक साधारणसभा मनाएको छ । गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँमा बार्षिक साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाकै अवशरमा सहकारीले कृषी उप आयोजना अन्तर्गतको राइस मिल (प्लान्ट) को पनि उद्घाटन गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले साधारणसभा तथा राइस मिलको उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नवजिवन सहकारी संस्थाले सेयर सदस्यको मन जित्ने काम गरेकै कारण दिनानुदिन आकर्षण बढिरहेको बताए । देशभरी सहकारीका समस्या मात्रै सुनिन्छन्, सुदुरपश्चिममा एउटा यस्तो सहकारी छ जसले देशभरी चर्चा कमाएको छ मन्त्री अधिकारीले भने “यो सहकारीले यस्तै सदस्यको मन जित्दै आगामी योजना अघी बढाओस सरकारले कानुनी अड्चन खुकुलो बनाउने प्रतिबद्धता गर्दछु ।”
उनले सहकारीका समस्या समाधानका लागि सूचना केन्द्र बनाउने, कोष खडा गर्ने, न्यायाधिकरण गठन गर्ने र नियमन निकाय बनाउने काम गरिरहेको बताए । सूचना केन्द्र र कोष राष्ट्रिय बैङ्कले सञ्चालन गर्दै आएका निकायबाट गर्ने गरी काम भइरहेको उनले बताए । उनले न्यायाधिकरण र नियमनका काम भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गर्ने गरी काम गरिरहेको बताए ।

‘नियमनका लागि मैले ७ वटै प्रदेशबाट भेला पनि आयोजना गरिएको छ । सहकारीको उत्पत्ति स्थानीय तह, प्रदेशबाट भएको छ’ उनले भने ‘त्यसैले नियमन केन्द्रबाट भए पनि प्रदेश र स्थानीय तहलाई पनि जोड्ने गरी काम गर्ने गरी छलफल गरिरहेका छौ ।’ नवजीवन सहकारी संस्थाले कृषि उपआयोजना अन्तरगत डेढ करोड लगानी गरेर राइस मिल सञ्चालनमा ल्याएको जनाएको हो । यसअघि धान खरिद केन्द्रका रूपमा रहेको स्थानमा नवजीवन ब्राण्डका रूपमा चामल उत्पादन गर्ने उद्देश्यले मिल सञ्चालनमा ल्याइएको सहकारीका अध्यक्ष देव बहादुर बमले बताए । उनले राइस मिल सञ्चालनका लागि सहकारीले यस वर्ष धान खरिद गरेको बताए । आगामी दिनमा नवजिवन सहकारीले आफ्नै ब्राण्डको खाने पानी र खाने तेल बजारमा ल्याउने तयारी समेत गरिरहेको छ ।

सहकारीको साधारणसभा तथा राइस मिल उद्घाटन कार्यक्रममा प्रतिनिधीसभा सदस्य डिल्लीराज पन्त, पुर्व मन्त्री नारदमुनी राना, सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला राज्य मन्त्री प्रकाश बम, प्रदेशसभा सदस्य खेमा बिष्ट, तुलसी देवकोटा, शन्तोस सिर्मा थापा, प्राध्यापक डा.हेमराज पन्त, सहकारी बिभागका रजिस्टार, सहकारीका पुर्व अध्यक्षहरु, सञ्चालक समिति सदस्यहरु लगायत सहभागी थिए । सोही अवशरमा उत्कृष्ठ साखाका रुपमा सहकारीले बाँसगडी साखालाई नगद सहित सम्मान गरेको छ । यसका साथै उत्कृष्ठ कर्मचारी र उत्कृष्ट श्रृणीलाई समेत सहकारीले सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोराघोरी लवाङ्गी पुजा तथा थारु सांस्कृतिक महोत्सव हुने

सुखड/कैलालीको जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी मन्दिरमा हरेक बर्ष जस्तै बिबाह पन्चमी दिन हुने थारु समुदायले यस बर्ष लवाङी पुजा हुने भएको छ । “हमार

अझै पढ्नुहोस्

Boostwin KZ : вход сегодня

Boostwin казино – поддержка клиентов 24/7 ▶️ ИГРАТЬ Содержимое Boostwin Казино: Поддержка Клиентов 24/7 Многоуровневая Поддержка Методы связи Эффективные Методы Связи в Boostwin Казино Советы

अझै पढ्नुहोस्