हिमानि काेषले गर्याे कैलालीको टिकापुरका २७२ जना विद्यार्थीलाई कपडा वितरण

शेयेर गर्नुहोस

सत्ति / टिकापुर नगरपालिका वडा नम्बर ७ बैदि स्थित जनता राष्ट्रिय माविका विद्यार्थीलाई आज एक कार्यक्रमका बिच कपडा वितरण गरिएको छ ।
कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि तथा टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले दुर्गम गाउँ बस्तीमा रहेका विद्यालयमा पुगेर हिमानि काेषले मानवीय काम गरेकोमा सरहाना व्यक्त गरेका थिए ।

किवानिज क्लब टिकापुरको समन्वय र हिमानि काेष काठमाण्डौको सहयोगमा साे विद्यालयमा अध्ययन गर्ने २७२ जना विद्यार्थीहरूलाई कपडा वितरण गरिएको छ । साे विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि किवानिज क्लब टिकापुरका इलेक्ट भाइस प्रेसिडेन्ट तथा विद्यालयका शिक्षक भिम बहादुर वि.क.ले हिमानि काेषका प्रतिनिधि संग वस्तुस्थितिका बारेमा जानकारी गराइ कपडा तथा मास्क हिमानि काेषले उपलब्ध गराएको थियो ।

कपडा वितरण कार्यक्रममा पद्मप्रकाशेश्वर महादेव मन्दिरका अध्यक्ष विदुरलाल कायस्थ ,उपाध्यक्ष नरेन्द्र नाथ सिंह र सदस्य रमेश खड्का , किवानिज क्लब टिकापुरका सचिव सर्पराज साउँद,टिकापुर नगरपालिका नगर प्रमुख स्वकीय सचिव लाेकबहादुर बुढा , राष्ट्रिय खेलकुद परिषद्का पुर्व निर्देशक दिपकराज शाही ,हिमानि काेषका स्थानीय प्रतिनिधि गाैरवराज शाही , टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु लगायतका महानुभावकाे उपस्थिति रहेको थियो ।

विद्यालयका अध्यक्ष गाेविन्द काेइरालाकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निमित्त प्रधानाध्यापक किरण धितालले गरेका थिए भने संचालन विद्यालयका शिक्षक भिम बहादुर वि. क. ले गरेका थिए । एकसरो न्यानो कपडा समेत नभएर चिसो समयमा अप्ठ्यारो अवस्थामा रहेका विद्यार्थीले कपडा पाएपछि खुसी व्यक्त गरेकाे विद्यालयका पुर्व प्रधानाध्यापक सुरज साउँदले बताए। साे विद्यालयमा अध्ययनरत रहेका २७२ जना विद्यार्थीलाई कपडा वितरण कार्यक्रममा बाेल्दै काेषका प्रतिनिधि गाैरवराज शाहीले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोगका लागि काेष संग समन्वय गरे सहयोग गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अतिक्रमण हटाइएको ८ महिनामै पुन: अतिक्रमणमा पुरैना ताल

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिकामा रहेको पुरैना ताल अतिक्रमण हटाइएको ८ महिनामै पुन: अतिक्रमणको चपेटामा परेको छ । मोहना नदीको बाढीले पुरेपछि खेत बनेको ७९ दशमलव

अझै पढ्नुहोस्

कर्णाली पुलमा लागेकाे आगाे पुर्ण रुपमा नियन्त्रणमा, ट्रक पुर्ण रुपमा जलेर नस्ट

टीकापुर/कर्णाली पुलमा लागेकाे आगाे पुर्ण रुपमा नियन्त्रणमा आएको छ । लाइटर बाेकेकाे ट्रकमा आगलागीबाट ट्रक पुर्ण रुपमा जलेर नस्ट भएको छ । साथै पुलका (रसि)

अझै पढ्नुहोस्
समाचार

चिसापानी-मंगलसेन सडकमा पर्ने राष्ट्रिय वनका रूख कटान गर्न स्वीकृति

धनगढी । चिसापानी-मंगलसेन सडकमा पर्ने राष्ट्रिय वनका रूख कटान गर्न मन्त्रीपरिषदकाे बैठकले स्वीकृत गरेकाे छ । बुधबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले साे सडकमा पर्ने विभिन्न प्रजातिका

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

गोदावरी नगरपालीकाको कार्यालय परिसरमा शिक्षकको विरोध सभा

जमुना न्युरे/अत्तरिया कैलालीको गोदावरी नगरपालीकाको कार्यालय परिसरमा शिक्षकहरुले विरोध सभा गरेका छन् । शिक्षहरु आवद्ध गोदावरी नगर शिक्षक समिति,नेपाल राहत शिक्षक समिति,एकिकृत अखिल नेपाल शिक्षक

अझै पढ्नुहोस्