TRENDING
Boomerang Casino im Überblick für Spieler
Figyelemreméltó lehetőségek a modern online kaszinó világában a ggbet hu kínálatával és bónuszaival
Casso в Казахстане: новая глава в истории цифрового гемблинга
Next
Prev

स्वर्गीय गाेरे बहादुर ठकुल्लाकाे सम्झनामा परिवारद्वारा शैक्षिक सामग्री सहयाेग

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला,
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ स्थित राष्ट्रिय अाधारभुत बिद्यालयका पुर्ब अध्यक्ष स्वर्गीय गाेरे बहादुर ठकुल्लाकाे सम्झनामा स्वर्गीय ठकुल्लाकाे स परिवारद्वारा सरस्वती पुजाकाे अवसर पारेर शैक्षिक सामग्री सहयाेग गरिएकाे छ ।

राष्ट्रिय अाधारभुत बिद्यालय अरुणाफाँटा सुर्यपुरका अध्यक्ष जितराम चाैधरीकाे अध्यक्षतामा भएकाे शैक्षिक सामग्री बितरण कार्यक्रममा स्वर्गीय गाेरे बहादुर ठकुल्लाकी धर्मपत्नी नन्दा देबी ठकुल्ला प्रमुख अतिथी रहेकी छन ।

स्वर्गीय ठकुल्लाकी छाेरी देवसरा एेरकाे स्वागत मनतव्य संगै शुरु भएकाे शैक्षिक सामग्री बितरण कार्यक्रममा बिशिष्ठ अतिथि टीकापुर नगरपालिका वडा न ८ का वडाअध्यक्ष दिर्ध बहादुर ठकुल्ला , साबिक धनसिहपुर गाबिसका पुर्ब अध्यक्ष जंग बहादुर साउँद, सत्ती कर्णाली सामुदायि वन उपभाेक्ता समुहका अध्यक्ष धनसिह साउँद, पुर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर साउँद लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वर्गीय ठकुल्लाले बिद्यालयमा गरेका कामकाे चर्चा गरेका थिए उक्त बिद्यालयलाई साबिक धनसिहपुर गाबिस १ फाँटामा रहदा २०४० सालकाे बाढीले बिस्थापित गरेकाे अवस्थामा स्वर्गीय ठकुल्लाले अाफ्नै लगानीमा साबिककाे धनसिहपुर गाबिस २ बनगाउमा पुन स्थापना गर्नमा याेगदान दिएकाे समेत चर्चा गरिएकाे थियाे ।

स्वर्गीय ठकुल्लाकाे सम्झनामा सरस्वती पुजाकाे अवसर पारेर जापानमा बस्दै अाएकी छाेरि कमला थापाकाे सहयाेगमा ६६ जना बालबालिका लाई शैक्षिक सामग्री सहित झाेला सहयाेग गरेकाे बिद्यालयका प्र अ जगत बहादुर साउँदले जानकारी दिए । साउदका अनुसार स्वर्गीय ठकुल्लाकाे परिवारले सरस्वती पुजाका लागि मन्दिर रङ्गराेगन र प्रसादकाे समेत गरेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Boomerang Casino im Überblick für Spieler

Figyelemreméltó lehetőségek a modern online kaszinó világában a ggbet hu kínálatával és bónuszaival

Casso в Казахстане: новая глава в истории цифрового гемблинга

Pistolo Casino Test: Überblick und praktische Details

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री शाही मन्त्रालयबाट बिदा भए

धनगढी/मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रीबाट बर्खास्त गरेपछि सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही मन्त्रालयबाट विदा भएका छन् । मन्त्रालय छोड्दै गर्दा शाहीले पत्रकार सम्मेलन

अझै पढ्नुहोस्