सुखड विद्यालयको नाम जोडेर अवैध काठ तस्करी

शेयेर गर्नुहोस

जमुना न्युरे,
सुखड/कैलालीमा एक विद्यालयको नाम जोडेर वन बाट अवैध काठ तस्करी गर्ने गरेको पाइएको छ ।

जील्लाको घोडाघोडी नगरपालिका–८, तरानगरमा रहेको राष्ट्रीय माध्यमिक विद्यालयको नक्कली लेटर प्याड प्रयोग गरि तस्करहरुले स्थानिय विभिन्न सामूदायीक वन बाट सहयोग बाफत काठ माग्ने र बेच्ने गरेको पाइएको छ । शुक्रबार स्थानिय जरही सामुदायीक वन उपभोक्ता समिति बाट ७ थान गोलीया लुकाइ छिपाइ ल्याउने क्रममा फेला परेपछि यो रहस्य बाहिरिएको हो । विद्यालयको सहयोगका नाममा जरहि सामुदायीक वनलाइ लेखिएको नकलि पत्रमा सोहि विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र ठकुल्लाको हस्ताक्षर सहितको पत्र फेला परेको छ ।

तर काठ विद्यालयलाइ अवश्क पर्ने त हो, काठ कसरी आयो भन्ने विषयमा आफ्नो कुनै संगलनता नरहेको र आफुलाइ कसैले फसाउने नियतले यस्तो गरेको हुन सक्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठकुल्लाले बताए ।

विद्यालयले अघिल्लो वर्षमा पनि यसै गरि जरहि र स्थानिय अन्य सामुदायीक वन बाट विद्यालयलाइ दुइ कोठे भवन र चर्पि निर्माण तथा बेन्च बनाउन काठ आवश्क परेको भन्दै लेखिएका पत्र समेत प्राप्त भएका छन् ।
हरेक वर्ष यसरी नै विद्यालयका तथा अन्य सामाजिक कार्यका लागी भन्दै स्थानिय सामुदायीक वन बाट काठ संकलन गर्ने र बिक्री गर्ने गिरोह रहेको स्थानिय बताउन्छन् ।

सामाजिक कार्यका लागी भन्दै काठ विद्यालयले तथा अन्य संस्थाले माग्ने गरेको तर जुन प्रयोजनका लागी काठ मागीएको हुन्छ । त्यसमा नगएर बाहिरनै लुकाउने र बेच्ने गरेको पाइएको जरहि सामुदायीक वनका अध्यक्ष बिर बहादुर साउदले बताए ।

“शुत्रबारको घटनामा पनि विद्यालय र अन्य दुइ सामाजीक संस्था बाट यस अघि पत्र आएको थियो । तर आफुहरुले लिखित रुपमा दिन नमिल्ने हुदा व्यवहारिक हिसाबले मिलाएर लग्न बताएको थिए । काठ पुग्नु पर्ने ठाँउमा नपुगेर अन्तै लैजान खोजेका रहेछन् ।” सो बरामद गरिएको काठ अहिले साडेपानी सव–डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको र संगलन व्यक्तिको खोजी भैरहेको सब डिभिजन बन साडेपानी प्रमुख गौचरण चौधरीले बताए ।

यो वर्ष काठ मागको लागी राष्ट्रीय माध्यमिक विद्यालय तरानगरले कुनै पनि सामुदायीक वनलाइ आफ्नो विद्यालय बाट पत्र नगएको विद्यालयले बताएको छ । तर काठ सहयोगका लागी भन्दै लेखिएको पत्रमा विद्यायलयको लेटर प्याड प्रयोग भएको विषय अहिले चर्चामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Exklusive Einblicke und der interwetten bonus code aktuell für maximale Erfolgschancen beim Sporttipp

Genuine strategies and insights regarding fair go online casino gameplay and bonuses

Remarkable journeys unfold along Chicken Road Australia offering unique perspectives

Abenteuerliche Routenplanung mit chicken road casino für einzigartige Geländetouren

Psychologický vliv a chicken road game – odvážná strategie pro každého řidiče

Strategic planning for success with chicken road casino and optimal betting insights

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सिंचाइ र ऊर्जाको एकीकृत प्रयोगले समृद्धिको ढोका खोल्दछ: ऊर्जामन्त्री खड्का

कञ्चनपुर/“आज हामी सिर्जनात्मक परिश्रम, दीर्घकालीन योजना र साझा प्रतिवद्धताको साक्षी भइरहेका छौं । सिँचाइ र ऊर्जाको समन्वयले किसानको जीवनस्तरमा ल्याएको परिवर्तनले यो आयोजना राष्ट्रिय गौरवको

अझै पढ्नुहोस्