TRENDING
Spannende kansen rondom instasino bieden een unieke spelervaring voor de liefhebber
Best Casino Settlement Techniques: A Comprehensive Guide
Next
Prev

सीमान्तकृत दलित एकल महिलाका लागि लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

धनगढी । सीमान्तकृत दलित एकल महिला तथा महिलामाथि हुने लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा सम्पन्न भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को सहयोग तथा मानव अधिकारका लागि महिला, एकल महिला समूह सुदूरपश्चिम प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा मानव अधिकारका लागि महिला, एकल महिला समूह कैलालीकी अध्यक्ष मिना भण्डारीले महिलामाथि हुने हिंसा अन्त्यका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताइन्। उनले विशेषगरी सीमान्तकृत, दलित तथा एकल महिलाहरूले विभिन्न प्रकारका सामाजिक, आर्थिक र मानसिक विभेद तथा हिंसा भोग्नुपरिरहेको बताएन् ।
कार्यक्रमकी प्रशिक्षक फेडोकी अध्यक्ष सावित्री घिमिरेले लैङ्गिक हिंसाको परिचय, यसको प्रभाव, हिंसाबाट पीडितले प्राप्त गर्न सक्ने कानुनी तथा सामाजिक सहायता, महिलाका अधिकार र हिंसा न्यूनीकरणका उपायबारे सहजीकरण गरेकी थिइन्। उनले घरेलु हिंसा, मानसिक हिंसा, आर्थिक हिंसा तथा सामाजिक विभेदका विषयमा जानकारी दिँदै हिंसाविरुद्ध बोल्न र कानुनी प्रक्रियामा जान महिलाहरूलाई प्रेरित गरेकी थिइन् ।

कार्यक्रममा वडा नम्बर ३ की वडा सदस्य मिना सिंह मल्लले महिलाको सशक्तीकरण र हिंसा न्यूनीकरणका लागि स्थानीय तह प्रतिबद्ध रहेको बताइन्। उनले समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमले महिलाहरूलाई आफ्नो अधिकारबारे जानकारी दिलाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

कार्यक्रममा वडा नम्बर ३ का सीमान्तकृत दलित एकल महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले लैङ्गिक हिंसा न्यूनीकरण, महिला अधिकार तथा आत्मनिर्भरता सम्बन्धी विषयमा जिज्ञासा राखेका थिए।

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य सीमान्तकृत तथा एकल महिलाहरूलाई आफ्नो अधिकारबारे सचेत गराउनुका साथै लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायस्तरमा सकारात्मक वातावरण निर्माण गर्नु रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Spannende kansen rondom instasino bieden een unieke spelervaring voor de liefhebber

Best Casino Settlement Techniques: A Comprehensive Guide

Erilaiset pelikategoriat ja nopeat voitot casino Nitro -sivustolla tekevät pelaamisesta jännittävää

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीले ४०० स्थानमा उम्मेदवार उठाउने र कैलाली १ बाट पार्टी अध्यक्ष रन्जिता

टीकापुर/मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले दुबै तहमा गरी ४ सय स्थानमा उम्मेदवार उठाउने तयारी गरेकाे छ ।

अझै पढ्नुहोस्
समाचार

दिलिप पेस्तोल, गोली, जरायोको सिङ सहित प्रकाउ

भजनी,कैलालीको भजनी नगरपालिका–९ आमबारि मा अवैध हातहतियार लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले छापा मारेको छ। दिलिप कार्कीको घरमा खानतलासी गर्दा पेस्तोल, गोली, जरायोको सिङदेखि मयुरको

अझै पढ्नुहोस्