विराजको नयाँ सिनेमा ‘१२ गाँउ’, हुनेछ अहिलेसम्मकै फरक नेपाली एक्सन सिनेमा

शेयेर गर्नुहोस

स्टार विराज भट्टले आफ्नो नयाँ सिनेमा ‘१२ गाउँ’ बनाउने पक्का भएको छ । सिनेमा एक्सन थ्रिलर जनरामा बन्नेछ ।

सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । सिनेमालाई विराज आफैंले निर्देशन गर्नेछन् । सिनेमामा रहने अन्य कलाकारको जानकारी केही दिनमा सार्वजनिक गर्ने तयारी विराजको छ ।

सन् २०२४ मा रिलिज हुने सिनेमामा विराजले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेका छन् । उनले यसलाई अन्तर्रराष्ट्रिय स्तरमा लैजाने गरी तयारी गरिरहेका छन् । नेपाली सिनेमामा एक्सन भूमिकाहरुबाटै सुपरस्टार बनेका विराज पछिल्लो समय भोजपुरी सिनेमामा व्यस्त छन् । उनी भोजपुरी सिनेमाका ‘ए’ लिस्टर स्टार हुन् ।

सिनेमामा ‘रियल एक्सन स्टार’का रुपमा परिचित विराजले आफ्नो सोही छविलाई ‘१२ गाउँ’बाट अझ एक कदम अगाडि लैजाने बताइन्छ । यसअघि ‘साङ्लो’ निर्माण तथा निर्देशन गरेका विराजको यो दोश्रो प्रस्तुति ‘१२ गाउँ’ बिग बजेटमा तयार हुनेछ ।

‘१२ गाउँ’ सिनेमा विराजको होमप्रोडकसन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ । विराजले यो सिनेमालाई आफ्नो करियरको महत्वाकांक्षी सिनेमा मानेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

महोत्सवको उद्घाटन सुदूर पश्चिम प्रदेका उद्योग,वन,वातावरण तथा पर्यटन मन्त्रीले गर्ने

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा लाग्ने घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव-२०८१ को तयारी पुरा भएको छ । हो“हमार संस्कृति हमार पहिचान,संस्कृति जगेर्ना

अझै पढ्नुहोस्
समाचार

भाइटीकाकाे शुभ साइत बिहान ११ बजेर २ मिनेटमा

टीकापुर / यस वर्ष तिहारमा भाइटीकाको शुभ साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ । यस वर्ष भाइटीकाको उत्तम साइत कार्तिक २० गते शनिवार

अझै पढ्नुहोस्
Highlights

कान चेकजाँच शिविर सम्पन्न

जमुना न्युरे,गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमालामा१ दिने नि:शुल्क कान चेकजाँच शिबिर सम्पन्न भएको छ। गौरीगंगा नगरपालिका वडा नं-२ को कार्यालयको समन्वयमा

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाकाे लागत साझेदारीमा टीकापुरमा शीत भण्डारण गृह (काेल्ड स्टाेर) बन्दै

टीकापुर/ टीकापुर नगरपालिकाकाे लागत साझेदारीमा टीकापुरमा शीत भण्डारण गृह (काेल्ड स्टाेर) बन्न लागेकाे छ ।आइतबार एक कार्यक्रमका विच टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले

अझै पढ्नुहोस्