रेशम चौधरीसहितको रिहाई गर्न सरकारले ल्यायो छुट्टै अध्यादेश

शेयेर गर्नुहोस

काठमाडौँ / सरकारले वार्तामा रहेका सरोकारवालाहरूसँगको सहमति कार्यान्वयनका लागि अलग्गै अध्यादेश ल्याएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो अध्यादेश ल्याउने निर्णय गरेको सरकारका एक मन्त्रीले मेरोन्युजलाई जानकारी दिनुभयाे ।

उनका अनुसार, यो अध्यादेश जारी भएपछि नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका र टीकापुर घटनामा आरोपित भई डिल्लीबजार जेलमा रहेका रेशम चौधरीलगायतलाई रिहाइको बाटो खुल्ने छ ।
सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका पार्टी र समुहसँग भएको सहमति कार्यन्ययनका लागि अध्यादेश ल्याईएको सरकारको भनाई छ ।

४ मंसिरको चुनाबमा सत्ता गठबन्धन दलको बहुमत नभएको र नयाँ सरकार गठन तयारीको लागी रेशम चौधरी , सिके राउत लगायतलाई सरकारमा सहभागी गराउनका लागी प्रयास गरिरहेको छ । यहि बेला सरकारले फौजदारी सम्बन्धि विषय समेटेर यस्तो अध्यादेश ल्याएकाे हो । यतिबेला रेशम चौधरी, सीके राउतलगायतलाई सरकारमा सहभागी गराउन सत्ता गठबन्धन दल छलफलमा छ ।

चौधरी सस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले आफूहरूको माग सम्बोधन भए मात्रै सरकारमा जाने निर्णय गरिसकेको छ ।
अध्यादेश भोलि मात्रै राष्ट्रपति कार्यालय पठाउने गरी निर्णय गरेको ती मन्त्रीले बताए । राष्ट्रपतिले अध्यादेश जारी गरेपछि मात्रै रेशम चौधरीलगायतको रिहाईको बाटो खुल्ने छ ।

ताजा खबर

The Ultimate Guide to 100 rs Deposit Casino: Everything You Need to Know

Polska ruletka online: wszystko, co musisz wiedzieć

Die effektivsten Online-Casino-Dienste: Ein umfassender Leitfaden zur Selektion der perfekten System

The Ultimate Guide to Online Roulette Casinos

Cascaderende winsten op de speelautomat

Cassinos que Aceitam Pix: Tudo o Que Você Precisa Saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

घटना

सामाजिक व्यक्तित्व जैशीको निधन

सत्ति÷ टीकापुर ७ सत्ति स्थित भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष तथा सामुदायिक सहकारी संस्था सत्तिका जिल्ला प्रतिनिधि देवेन्द्र प्रसाद जैशी(ढुंगाना)को बिहीबार निधन भएको

अझै पढ्नुहोस्
समाचार

वन अतिक्रमण हटाउनका लागि आजैबाट काम सुरु गरौं : सभापति रावल

जमुना न्युरे,धनगढी/धनगढीमा भएको वन अतिक्रमण नियन्त्रण समन्वय समिती / वन क्षेत्र समन्वय बैठकमा कार्यक्रमको प्रमुख अतिथि आशन बाट बोल्दै अर्थ बिकास तथा प्राकृतिक स्रोत समितीका

अझै पढ्नुहोस्