जिबिको पार्जनको माध्यम बन्दै होमस्टे

शेयेर गर्नुहोस

जमुना न्युरे ,धनगढी / ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । ब्यवस्थित होटल,लज नभएको स्थानमा होम स्टे एउटा राम्रो बिकल्प पनि हो । होम स्टेको छुट्टै बिषेषता छ । पाहुना सत्कार,सस्कृति झल्कने परम्परागत शैलि ,रहन सहन,बोलि भाषा होम स्टेमा पुगे नजिक बाट नियाल्न पाइन्छ ।

पर्यटन प्रवद्र्धन संगै आर्थिक रुपान्तरण गर्नमा पनि होमस्टे सफल भएको पाइन्छ । कंचनपुर जिल्लाको पहिलो होमस्टे भिमदत्त नगरपालिका वडा न १४/ १६ मा सञ्चालन भएको रानाथारु सामुदायिक
होम स्टे पनि पर्यटन प्रबद्धन गर्न सफल भइरहेको छ । तराई भु -परिधी कार्यक्रम तालको सहयोगमा .२०७२साल बाट रानाथारु होम स्टे सञ्चालनमा आएको हो ।

स्थानियको सहभागिता बिना संरक्षण सम्भब नभएकाले संरक्षणमा स्थानियको सहभागीता गराइ आय आर्जनमा टेवा पुर्याउनका लागी होम स्टे सञ्चालनको अवधारणा ल्याइएको सरंक्षणकर्मी तथा सामुदायिक बन समन्वय समितिका कंचनपुरका अध्यक्ष शिबदत्त पन्तको भनाइ छ । १०ओटा घर बाट सुरु गरिएको होमस्टे सञ्चालन भइरहेका छन । रानाथारु सामुदायिक होमस्टे पुगे थारु परम्परागत मौलिक कला सास्कृतिक धनि , खाना, बास बस्न संगै लोपोन्मुख, आगन्तुक तथा रैथाने चराहरु, बन्यजन्तुको हात्ती ,गैडा , पाटेबाघ , चितुवा , चितल , बाह्रासिङ्गा लगायतका समेत नजिक बाट अवलोकन गर्न पाइन्छ ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सङै रहेको होमस्टे विभिन्न तालहरु, मोहनालाल झाडी जैविक मार्ग संगै जोडिएकाले जहाँ चराचुरुङ्गी बन्यजन्तु को भारतीय दुधुवा नेसनल पार्क हुँदै कर्तरनिया बन्यजन्तु सेन्चुरी हुँदै ब्रह्रमदेब जैविक मार्ग हुँदै चुरे भाबर हुँदै कैलाली जिल्लाको बसन्ता जैविक मार्गमा ओहोरदोहोर गरिरहेका हुन्छन् । रानाथारु सामुदायिक होमस्टेमा कृषि पर्यटन प्रसस्त धनी रहेको जहाँ नुन र चिनि मात्र बजार किन्न गइन्छ अरु आफैले गाउमा उत्पादन गरिन्छ जहाँ रैथाने , मौलिक खाना खुवाइन्छ , आत्मनिर्भर कृषि प्रणाली रहेको छ ।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा आउने पर्यटनहरुलाइ आन्तरिक तथा बाह्य पर्यटनहरुले महिनौ दिन सम्म होमस्टेमा समय बिताउने गरेको बताउछी होमस्टेकि बसन्ती राना थारु ।
निकुञ्ज बाट आयर आफ्नो बस्तीमा बन्यजन्तुले आफुले लगाय बालिनाली सखाप पार्नु सङै मानव र बन्यजन्तु बिचको द्वन्द बढी रहेको बेलामा तराई भु-परिधी कार्यक्रम( ताल )ले आफुहरुलाइ जनचेतना जगाउदै जिबिको पार्जनका लागि होमस्टे सन्चालन कार्यक्रम ल्याएर अहिले आफ्नो नेतृत्व बिकास सङै आर्थिक रुपमा सुधार आयको बताउछीन कविता राना।

पहिलो सरुवातको समयमा सानो घर खरले छायको घर बाट सुरुवात गरियको होमस्टे आजभोली सुबिधा सम्पन्न पक्की घर अट्याज बाथरुम सहित पानीको ट्यान्की पनि राखियको घर निर्माण गरियको ,आउने पाहुनालाइ सूचनामा सहज होस भनेर वाइफाइ , सोलार बत्ति , कार्यक्रम गर्दा जेनेरेटर समेत राखियको केसमती रानाथारुले बताइन ।

होमस्टे बाट आफ्नो जिबिको पार्जनमा सहज भयको छ , आफुले सिलाइकटाइ गर्दै आयको पेसा छोडेर , जङ्गल सफारी र होमस्टेमा समय दियको बताए अध्यक्ष प्रशुराम रानाथारुले ।

बाह्य पर्यटन तथा आन्तरिक पर्यटन आजभोली दिनहु होमस्टे आउँदा मासिक २० हजार सम्म आम्दानी हुने गरेको छ।आफ्नै बारिमा उत्पादन गरियका ताजा तरकारी , साग, फलफूल पाहुनालाई दिन खाना बास बस्ने हुदा आफुहरुलाइ बिक्री हुने आशले मिहिनेत पनि बढी गर्न मन लाग्ने गरेको बताउछिन सीता राना थारु ।

पछिल्लो समयमा आयको कोरोना माहामारिका कारण होमस्टे पनि अछुतो रहन सकेन जसकारण होम स्टेमा आन्तरिक तथा बाह्य पर्यटन आउन सकेनन । होमस्टेमा पाहुना नआउदा आफ्नो आर्याअर्जन र जिबिकोपार्जन , होमस्टेको घर निर्माण कार्य , विभिन्न सामाग्री जडानमा पनि असरपरेको बताउँछन् होमस्टे घर न ५ कैलास रानाथारु होम स्टे ब्यवस्थापनका लागी स्थानिय तह लगायत सरकारी तवरबाट पनि सहयोग भइरहेको छ ।

होम स्टेको ब्यवस्थापनका लागी अहिले सहकारी रानाथारु कृषि र पर्यटन सहकारी सस्थां लि सन्चालनमा ल्याउदै , नाचघर निमार्णलागि जग्गा खरिद गरि सकियको होमस्टेको नाममा , खाजा घर निमार्ण कार्य पनि गरिदै छ जसले बास नबस्ने केही समय होमस्टे घुम्न आउने पर्यटन लागि सहज हुने , जङ्गल सफारी समेत को सुबिधा दिने होमस्टेलाई बनाउदै छौ भन्छन् मानमती रानाथारु ।

ताजा खबर

Polska ruletka online: wszystko, co musisz wiedzieć

Die effektivsten Online-Casino-Dienste: Ein umfassender Leitfaden zur Selektion der perfekten System

The Ultimate Guide to Online Roulette Casinos

Cascaderende winsten op de speelautomat

Cassinos que Aceitam Pix: Tudo o Que Você Precisa Saber

Understanding the Expense of an ESA Letter: What You Need to Know

सम्बन्धितखवर

छुटाउनु भयो कि !