सेती अस्पतालको अवस्था सुधार्न मुख्यमन्त्री भट्टको निर्देशन

शेयेर गर्नुहोस


धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएलगत्तै सेती प्रादेशिक अस्पतालको निरीक्षण गर्नुभएको छ। शुक्रबार मुख्यमन्त्रीको शपथ लिनुभएका भट्ट शनिबार अस्पतालको समग्र अवस्था बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको हो।


मुख्यमन्त्री भट्टले अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी), डायलायसिस सेवा, सघन उपचार कक्ष (आईसीयू), गाइने वार्डलगायत विभिन्न विभाग तथा वार्डको निरीक्षण गर्नुभएको थियो। निरीक्षणपछि उहाँले अस्पतालको भौतिक अवस्था र सेवा प्रवाह अपेक्षाअनुसार नरहेको बताउनुभयो।


सुदूरपश्चिमका लाखौँ नागरिकको स्वास्थ्य सेवाको प्रमुख भरोसाको केन्द्रका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको अवस्था सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। “सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमका लाखौँ जनताको भरोसा रहेको अस्पताल हो। तर यहाँको अवस्था हेर्दा ठीक देखिएन। वार्डमा बिरामीको अवस्था बेजोग छ, इमर्जेन्सीमा बेड छैन, ट्वाइलेटमा फोहोर छ। समग्रमा हेर्दा सेती अस्पताल आफैँ बिरामीजस्तो देखियो,” मुख्यमन्त्री भट्टले भन्नुभयो।


आफ्नो पहिलो निर्णय नै स्वास्थ्य क्षेत्र केन्द्रित रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले प्रदेशको स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्ने बताउनुभयो। विशेषगरी डायलायसिस सेवा विस्तारसँगै सेती प्रादेशिक अस्पतालको समग्र सुधारका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने उहाँको भनाइ छ। “मेरो धेरै लामो कार्यकाल त छैन। चमत्कारै गर्न सक्छु भन्ने होइन, तर सुधार गर्न सक्छु। यहाँ धेरै समस्या देखेको र सुनेको पनि छु,” उहाँले भन्नुभयो।


अस्पतालबाट बिरामीलाई अनावश्यक रूपमा निजी अस्पतालतर्फ पठाउने गरिएको भन्ने गुनासोप्रति समेत प्रदेश सरकारले अध्ययन गर्ने मुख्यमन्त्री भट्टले बताउनुभयो। सेती अस्पतालबाट ‘सेटिङ’मा बिरामी बाहिर पठाइने गरेको गुनासो आफूले सुनेको भन्दै त्यसको वास्तविकता अध्ययन गरी आवश्यक कदम चालिने उहाँले स्पष्ट पार्नुभयो।


एक साताभित्र सुधार कार्ययोजना पेश गर्न निर्देशन
मुख्यमन्त्री भट्टले सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयलाई एक साताभित्र अस्पताल सुधारको स्पष्ट कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको छ।
उहाँले तत्काल गर्नुपर्ने सुधार, आवश्यक पूर्वाधार, उपकरण, जनशक्ति तथा बजेटको आवश्यकतासहितको योजना तयार पार्न निर्देशन दिनुभयो। “पहिला सुधारका कार्ययोजना दिनुस्। कति बजेट आवश्यक हो, हामी स्रोत–साधनको सदुपयोग गर्दै आवश्यक बजेट विनियोजन गर्नेछौँ,” उहाँले भन्नुभयो।


तर बजेट विनियोजन तथा उपकरण खरिदका नाममा हुने अनियमितता र बेथितिमा कुनै सम्झौता नगर्ने उहाँले स्पष्ट पार्नुभयो। उपकरण खरिदमा कमिसनको खेल स्वीकार्य नहुने भन्दै मुख्यमन्त्री भट्टले शून्य सहनशीलताको नीति अपनाएर अघि बढ्ने बताउनुभयो।
“यहाँको बेथितिमा म साथ दिँदैनँ। खगराज भट्ट कुनै उपकरण खरिद गर्दा कमिसन माग्ने मान्छे होइन। म शून्य सहनशीलता अपनाएर काम गर्छु। सबैको स्पिड त्यही होस्,” उहाँले भन्नुभयो।


हरेक १५ दिनमा अस्पतालको निरीक्षण
मुख्यमन्त्री भट्टले सेती प्रादेशिक अस्पतालको सुधारका लागि नियमित अनुगमन गर्ने बताउनुभएको छ। उहाँले अब हरेक १५ दिनमा अस्पतालको निरीक्षण गरी सुधारको प्रगति हेर्ने जानकारी दिनुभयो।
अस्पतालको अवस्थाबारे कागजी प्रतिवेदनमा मात्रै भर नपरी स्थलगत रूपमा सेवा प्रवाहको अवस्था बुझ्ने र देखिएका समस्या समाधान गर्दै जाने उहाँको भनाइ छ।


चिकित्सकको ड्युटी निगरानी गर्न एप बनाउने तयारी
मुख्यमन्त्री भट्टले प्रदेशभरका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकको विवरण, कार्यस्थल र ड्युटी समयसमेत डिजिटल माध्यमबाट निगरानी गर्न सकिने प्रणाली विकास गर्ने तयारी भइरहेको बताउनुभयो।


प्रदेशभर कुन चिकित्सक कहाँ कार्यरत छन् र कुन समयमा ड्युटीमा छन् भन्ने जानकारी सहज रूपमा प्राप्त हुने गरी एप निर्माण गर्ने प्रदेश सरकारको सोच रहेको उहाँले बताउनुभयो।
“अब एउटा एप बनाइनुपर्छ। प्रदेशभर कहाँ कति चिकित्सक छन्, सरकारीमा को कहाँ र कतिबेला ड्युटी गरिरहेका छन्, सबै जानकारी त्यसमा होस्। यसरी काम गर्ने सोचिरहेका छौँ,” मुख्यमन्त्री भट्टले भन्नुभयो।


सरकारी अस्पतालमा ड्युटी समयमै निजी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकको विषयमा समेत निगरानी आवश्यक रहेको उहाँको भनाइ छ। सरकारी स्वास्थ्य संस्थामा चिकित्सकको नियमित उपस्थिति र सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटल प्रणाली उपयोगी हुने उहाँले बताउनुभयो।


निरीक्षणका क्रममा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव डा. नीरज अर्याल, आयुर्वेद महाशाखा प्रमुख डा. चेतराज जोशीलगायतको सहभागिता थियो।


मुख्यमन्त्री भट्टले सेती प्रादेशिक अस्पतालको सुधारका लागि प्रदेश सरकार, अस्पताल प्रशासन, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो। सेती प्रादेशिक अस्पताललाई सुदूरपश्चिमका नागरिकले भरोसा गर्न सक्ने गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्र बनाउनु आफ्नो प्राथमिकता रहेको उहाँले बताउनुभयो।

ताजा खबर

Gal Sport Betting: Crash Games, Virtual Sports and Mobile Betting in Tanzania

Big Bass Splash: A Deep Dive Into the Reel Thrill of the Catch

Graj W Betscore Casino Pl: Ruletka Online – Klasyka w Wirtualnym Świecie

스포츠 베팅 혁신: 프리미어리그·월드컵·대륙별 토너먼트에서 승률을 높이는 전략

Jouer depuis la France sur 21bet Rdc : ce que change la licence Curaçao

Co potřebujete vědět o Kinbet, když hrajete z České republiky?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलाली कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन प्रशासनको आग्रह

धनगढी । कैलाली कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले एक सूचना जारी

अझै पढ्नुहोस्

परिस्थितियाँ दर्शाती हैं कि chicken road game में जोखिम और लाभ दोनों शामिल हैं, सावधानी बरतें।

परिस्थितियाँ दर्शाती हैं कि chicken road game में जोखिम और लाभ दोनों शामिल हैं, सावधानी बरतें। जोखिम का आकलन और रणनीति निर्माण रणनीतिक विचार संचार

अझै पढ्नुहोस्