रेशम चौधरीको जन्मकैदकाे सजाय सदर

शेयेर गर्नुहोस

काठमाडौं /सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी मानियका रेशम लाल चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम लाल चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो ।
उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । उक्त मुद्दा सोमबार नियमित सुनुवाइका लागि पेशी तोकिएको थियो । न्यायाधीशद्वयको इजलासले मुद्दाको सुनुवाइ नसकिएपछि मंगलबार समेत त्यसलाई निरन्तरता दिएको हो ।

मंगलबार इजलासले चौधरीविरुद्ध उच्च अदालतको फैसला मिलेकै देखिएकाले जन्मकैदको फैसला सदर हुने ठहर गरेको हो । चौधरीले यो मुद्दामा २० वर्ष कैद सजाय पूरा गर्नुपर्नेछ ।

यो मुद्दामा जिल्ला अदालत कैलालीले तीन वर्ष कैद सजायको फैसला गरेका लक्ष्मण चौधरीलाई पनि उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो । सर्वोच्चले उनलाई भने जन्मकैद नहुने र जिल्ला अदालतकै फैसला अनुसार ३ वर्षमात्र कैद सजाय हुने ठहर गरेको छ ।

सर्वोच्चले यही घटनामा सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । उच्च अदालत दिपायलले उनीहरुलाई जन्मकैद र ज्यान मार्ने उद्योगको आरोपमा ५/५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।सर्वोच्च अदालतले संक्षिप्त फैसलामा भनेको छ, ‘अरु प्रतिवादीहरुको हकमा अभियोग दावीबाट सफाई पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम मुख्यमन्त्री शाहले आज चाैठाें पटक सरकार विस्तार

धनगढीसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज चाैठाें पटक सरकार विस्तार गरेकाे छ । नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् । आजनै

अझै पढ्नुहोस्
घटना

कैलालीमा अर्जुन हत्याको विरोधमा प्रदर्शन, प्रहरी – हत्यारा पहिचान गरिसक्यौं

टिकापुर / घाँटी छिनालेर हत्या गरिएका कैलालीका अर्जुन दासका हत्यारालाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै प्रदर्शन भएको छ । हत्याको विरोधमा टीकापुरस्थित ईलाका प्रहरी कार्यालय अगाडि

अझै पढ्नुहोस्
समाचार

चलचित्र पत्रकार संघमा जोशी

कैलाली, पुस २७ – चलचित्र पत्रकार संघ नेपालको सुदूरपश्चिम प्रतिनिधित्व हुनेगरी कैलाली शाखामा नागरिककर्मी पुष्पराज जोशी सर्वसम्मत चयन भएका छन्् । शुक्रबार चलचित्र पत्रकार संघ

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

नारा जुलुससहित त्रिनगरका विद्यार्थीकाे आन्दाेलन जारी

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शिक्षककाे माग गर्दै आन्दाेलन जारी राखेका छन् ।बुधबारदेखि उपमहानगर घेराउ गर्दै

अझै पढ्नुहोस्