गाउँ–गाउँमा स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वास्थ्य सेवालाई गाउँ–गाउँ र घर–घरमा पुर्‍याउने लक्ष्यका साथ प्रदेश सरकार अघि बढिरहेको बताउनुभएको छ।


शनिबार धनगढीमा आयोजित ‘द लास्ट माइल हेल्थ समिट–२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएकाले सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।


उहाँले आफू मुख्यमन्त्री भएपछि सुदूरपश्चिमका पाँच वटा आधारभूत अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिनुभयो। तीमध्ये दुई वटा अस्पतालले मापदण्ड पूरा गरी प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति भइसकेको र बाँकी तीन वटालाई पनि मापदण्ड पूरा गराई विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो।


मुख्यमन्त्री शाहका अनुसार आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेटमा कैलालीको टिकापुर र सेती तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्ने तथा जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शैयामा विस्तार गर्ने योजना समेटिएको छ। साथै प्रादेशिक अस्पतालहरूमा डायलासिस सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो।


बिरामीको चाप र जनताको आवश्यकतालाई मध्यनजर गर्दै सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइने उल्लेख गर्दै उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार सधैं संवाद र सहकार्यका लागि तयार रहेको बताउनुभयो। स्रोत–साधनको सीमितताका कारण केही योजना अपेक्षित गतिमा अघि बढ्न नसकेको पनि उहाँले स्वीकार गर्नुभयो।


कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक रमेश मलासीले प्रदेशमा सञ्चालन भइरहेका डिजिटल स्वास्थ्य कार्यक्रमबारे प्रस्तुतीकरण गर्नुभयो। उहाँका अनुसार २० वटा नगरपालिकामा स्मार्ट हेल्थ किट, अछामका पालिकाहरूमा Nyaya Health Nepal/Possible Community Health Programme, प्रादेशिक तथा जिल्ला अस्पतालहरूमा Electronic Health Records, साथै Medic Mobile र Health Dashboard सञ्चालनमा रहेका छन्।


उहाँले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा ‘स्वास्थ्यमा प्रविधि, समृद्धिमा गति’ भन्ने नारासहित टेलिहेल्थ सेवा विस्तार, प्रदेश मातहतका अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको विस्तार तथा व्यवस्थापनलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो। ग्रामीण समुदायलाई विशेषज्ञ स्वास्थ्य सेवासँग जोड्न एकीकृत स्वास्थ्य ड्यासबोर्ड, इलेक्ट्रोनिक परिवार स्वास्थ्य प्रोफाइल, टेलिमेडिसिन र जीआईएस कोडिङजस्ता डिजिटल प्रणालीलाई थप विस्तार तथा सुदृढीकरण गर्न आवश्यक बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो।


बाजुराका बुढीनन्दा, बडिमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिकासँग Smart Health Global को संयुक्त आयोजनामा सम्पन्न समिटमा बाजुराका चार पालिकाका नागरिकलाई डिजिटल स्वास्थ्य सेवामार्फत कसरी प्रभावकारी सेवा पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।


कार्यक्रममा स्वास्थ्य समस्याको समाधान केवल उपचारमा मात्र सीमित नभई भौगोलिक दूरी, सडक, समय र सेवाको पहुँचसँग पनि प्रत्यक्ष रूपमा जोडिएको विषयमा जोड दिइएको थियो।


बडिमालिका नगरपालिका, बाजुराका नगरप्रमुख अमर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामी, विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

ताजा खबर

The Fowl Fortune on Chicken Road Slots

The Ultimate Guide to Roulette Game Live Casino

Sveiki Šaukums Hotline Casino, Kasino Žausmus

Spinning the Wheel at Zinkra Casino

Ein Abenteuer in Crocoslots Casino – Chance oder Risiko?

Silnice Krátké Křídlo

सम्बन्धितखवर

छुटाउनु भयो कि !