TRENDING
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen
Next
Prev

भारत–नेपाल मित्रता जोड्दै भारतीय पर्यटकलाई निम्तो

शेयेर गर्नुहोस

धनगढी- सुदूरपश्चिमको रमणीय पर्यटकीय क्षेत्र बुढीतोलामा हुने “बुढीतोला पर्यटन महोत्सव” लाई अन्तर्राष्ट्रिय स्वरूप दिन आयोजक टोली भारतको पलियासम्म पुगेर विशेष निम्तो अभियान सञ्चालन गरेको छ। वैशाख १७ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा भारतीय पर्यटकको सहभागिता बढाउन यो पहल गरिएको हो।


बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिले भारतको पलियामा पत्रकार सम्मेलन आयोजना गर्दै पर्यटकलाई स्वागत गर्न आफूहरू पूर्ण तयारीमा रहेको जनाएको छ। समितिका संयोजक हरिदत्त भट्टराईका अनुसार नेपाल–भारत सीमा क्षेत्रका साथै पलिया, लखनउ, लखिमपुर लगायत सहरका पर्यटकका लागि आकर्षक आवाससहितका विशेष प्याकेजहरू तयार गरिएको छ।


पर्यटन व्यवसायी अशोक मल्लका अनुसार “गर्मीसे बेहाल, चलो बुढीतोला नेपाल” भन्ने सन्देशसहित भारतीय पर्यटकलाई शीतल र शान्त वातावरणको अनुभूति दिलाउन निम्तो दिइएको हो। उनले गर्मीयाममा तराईको तातोबाट राहत पाउन बुढीतोला उत्कृष्ट गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे।


पर्यटन अभियन्ता भरतविक्रम शाहले तराईमा अत्याधिक गर्मी बढिरहेको बेला बुढीतोलामा चिसो मौसम रहेकाले भारतीय पर्यटकलाई एकपटक बुढीतोला घुम्नका लागि निम्तो दिन आफूहरु पलिया पुगेको बताए ।


त्रिनगर भन्सारबाट करिब ३८ किलोमिटर दूरीमा अवस्थित बुढीतोला प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हो। यहाँबाट कैलाली र कञ्चनपुरका समथर भू-भागसँगै भारतका विभिन्न सहरहरूको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। शान्त र हरियाली वातावरणले अध्ययन, लेखन तथा साहित्य सिर्जनाका लागि समेत यो क्षेत्रलाई विशेष बनाएको छ।


महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम, स्थानीय खानपान, कला, भाषा र संगीत प्रस्तुत गरिने आयोजकले जनाएको छ। यसले न केवल पर्यटन प्रवर्द्धन गर्नेछ, तर नेपाल–भारतबीचको सांस्कृतिक र आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।


बुढीतोला अब केवल एक पर्यटकीय गन्तव्य मात्र नभई दुई देशबीचको मित्रता, संस्कृति र सहकार्यको सेतु बन्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

Kasyno online Vulkan Vegas – Bonusy i rejestracja

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वर्ष २०२५ को अध्यक्षमा लक्ष्मण न्युरे निर्विरोध निर्वाचित

कैलालीको घोडाघोडी जेसिज शाखाको तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । तेस्रा अधिवेशन बाट वर्ष २०२५ को अध्यक्षमा लक्ष्मण न्युरे निर्विरोध निर्वाचित भएका छन् ।

अझै पढ्नुहोस्
Highlights

धनगढीको ६ लेन सडकमा साइकल लेन संचालन

धनगढी ।धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ । ६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर

अझै पढ्नुहोस्