नागरिक उन्मुक्ति पार्टीको वडा नं. ६ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

माेहित श्रीपाइली,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।
शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ६ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सुरु गरिएको हाे ।

वडा नं. ६ का वडा सदस्य जमुना चाैधरीकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु, केन्द्रीय सदस्य तथा वडा नं. ४ का वडा अध्यक्ष लालविर चाैधरी,केन्द्रीय सदस्य तथा कार्यपालिका सदस्य रमेश वि.क., केन्द्रीय सदस्य दिपक निशानी र वडा नं. ६ का बलिराम चाैधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

नारायणपुर युवा क्लबका अध्यक्ष बिरेन्द्र चौधरीकाे संयाेजकत्वमा वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा रामशंकर चाैधरी, काेषाध्यक्षमा जमुना चाैधरी, सचिवमा काेपिला चाैधरी वि.क. र सह-सचिवमा दिलिप वि.क.चयन हुनुभएको छ ।

केन्द्रीय सदस्य तथा वडा नं. ४ का वडा अध्यक्ष लालविर चाैधरीले स्वागत गर्नुभएको कार्यक्रम संचालन केन्द्रीय सदस्य बलविर थारुले गर्नुभएको थियाे । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

नेपाल र भारत बिच हुने प्रतियोगिता का लागि नेपाली पुरुष/महिला टोलीको घोषणा  

धनगढी/नेपाल खो खो संघले नेपाल र भारतबीच हुने मैत्रीपूण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष÷महिला टोलीको घोषणा गरेको छ।  कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा खो खो संघले

अझै पढ्नुहोस्
समाचार

सीमान्तकृत समुदायको जिविकोपार्जनमा प्रभाव पार्ने सवालहरुमा सामुदायिक संवाद कार्यक्रम सम्पन्न

सीमान्तकृत समुदायको जिविकोपार्जनमा प्रभाव पार्ने नीतिगत,समाजिक तथा वातावरणीय सवालहरुमा सामुदायिक संवाद कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिकामा सम्पन्न भएको छ । युन एन डी पि को सहयोगमा

अझै पढ्नुहोस्
समाचार

सरोकारवालाहरु संग छलफल तथा सुझाव संकलन सम्पन्न

जमुना न्युरे/धनगढीमा आज लालझाडी मोहना वन सरक्षण क्षेत्रको ब्यबस्थापन कार्ययोजना मस्यौदा माथी सरोकारवाला निकाय सङ्ग छलफल तथा सुझाब सङ्कलन कार्यक्रम सप्पन्न भएको छ । सुझाब

अझै पढ्नुहोस्