अन्तरास्ट्रिय जैविक मार्ग बसन्ता अतिक्रमणको चपेटामा

शेयेर गर्नुहोस

जमुना न्युरे,
धनगढी/ कैलाली जिल्लामा रहेको अन्तरास्ट्रिय जैविक मार्ग रूपमा रहेको बसन्ता जैविक मार्ग पछिल्लो समयमा अतिक्रमणको चपेटामा परेको छ।

भारतको दुधुव रास्ट्रीय निकुञ्ज देखि नेपालको तराई हुँदै चुरेसम्म फैलिएको बसन्ता बन क्षेत्रलाई अन्तर्राष्ट्रिय जैविक मार्ग मानिन्छ ।
कैलालीमा२२(बाइस हजार हेक्टर ) अतिक्रमण भयको छ।
पछिल्लो एक दशकमा बसन्ता बनजंगल क्षेत्रमा तीब्र रुपमा मानव वस्ती विस्तार तथा अन्धाधुन्ध ढंगले भौतिक संरचना निर्माण भइरहेबाट जैविक मार्ग र वन्यजन्तुको बासस्थानमा कठिनाई बढ्दै गएको बन तथा वातावरणविदहरुले औल्याउँदै आएका छन् ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशब पराजुली का अनुसार बसन्ता सरक्षीतं बन क्षेत्र वरिपरि बन क्षेत्र अतिक्रमण गरि मानव वस्तीको द्रुत रुपमा विस्तारसंगै वन्यजन्तुको बासस्थान ह्रास तथा बासस्थानको खण्डीकरण, बन्यजन्तुको ओहोरदोहोरमा अवरोध बढिरहेको छ ।

आइतबार डिभिजन वन कार्यालय धनगढीको आयोजना मा सुदूरपश्चिम प्रदेश अर्थ बिकास तथा प्राकृतिक स्रोत समितीले बसन्ता क्षेत्र जहाँ अतिक्रमण तिब्र गतिमा बढी रहेको फिल्ड अनुगमनमा बसन्ता पुगेको थियो ।

एक दशक भन्दा अगाडि अतिक्रमण को चपेटामा परेको बसन्ता पछिल्लो समयमा अझै बढी अतिक्रमण मा परेको छ ।
सुदूरपश्चिम प्रदेशकोअर्थ बिकास तथा प्राकृतिक स्रोत समिति सभापति माननीय हर्कबहादुर कुवरले कैलाली जिल्लाको फिल्ड अनुगमनमा बढी जस्तो बन क्षेत्र अतिक्रमण गरि घरटहरा , खेतीपाती , गरियको छ।जहाँ सरक्षणका हिसाबले अति संबेदनसिल ठाउँ अन्तर्राष्ट्रिय जैविक मार्ग बसन्ता सरक्षींत क्षेत्र पनि दिनप्रतिदिन अतिक्रमण बढेको छ अब यो नियन्त्रण गर्नका लागि आफुले प्रदेश सरकार , स्थानीय सरकार र सघिय सरकारलाइ अनुरोध गर्ने गरि स्थलगत अनुगमन प्रतिबेदन पेस गर्ने बताए ।

राजनैनिक दलहरुले बन क्षेत्र अतिक्रमण गरि बाढी पीडित , सुकुम्बासी ,मुक्तकैमैया नाममा बस्न लगाउने र तिनै अतिक्रमण गरि बसेका जनतालाई राजनैनिक दलहरुले भोट बैंक रुपमा प्रयोगमा गरियकोले बन क्षेत्र तिब्र अतिक्रमण बढेको बताए ।

अर्थ बिकास तथा प्राकृतिक स्रोत समितिका सदस्य माननीय महेश दत्त जोशिले भने जब सम्म स्थानीय तह , प्रदेश सरकार र सघिय सरकारले तिनै तहको सरकारले विशेष योजना र नीति ल्याउदैन तब सम्म बसन्ता सरक्षीतं क्षेत्र मात्र नभै कैलाली को बन क्षेत्र अतिक्रमण रोकिदैन , सुकुम्बासी ,बाढीपिडित , मुक्त कमैया , पहिरो पीडित ,का नामम भुमाफिया को नै चलखेल भयको बताए ।

तेस्तै पुर्ब सामाजिक बिकास मन्त्री समेत रहेका समितिका सदस्य कृष्ण राज सुवेदीले यो अतिक्रमणको रोक्न हामी सबैको पहल कदमी हुनु पर्छ यसरी अतिक्रमण आपसी सम्झदारी र सहमतीमा अतिक्रमण क्षेत्रमा खाली भयन भने सरकारले बल प्रयोग गरेर पनि अतिक्रमण हटाउनु पर्छ बताए।

समिति का सदस्य माननीय अम्बिकुमारी थापाले वास्तविक बाढीपीडित , सुकुम्बासी , मुक्तकमैया छानबिन गरि उनिहरुलाइ सुरक्षीत ठाँउमा आबास को ब्यबस्थापन गरि बनक्षेत्रमा भयको अतिक्रमण हटाइनु पर्छ ।यो उच्छ स्तरीय निपक्षीय छानबिन समिती पनि बनाइनु पर्छ नभय कैलालीको बन क्षेत्र सुकुम्बासी, बाढीपीडित को नाममा भु माफियाको चलखेल बढ्ने बताए ।

डिभिजन बन कार्यालय पहलमानपुर का प्रमुख गोकुल रिजालले हामी बन कार्यलयले मात्र कैलाली को बन अतिक्रमण क्षेत्र अतिक्रमण हटाउनका लागि प्रयास गरियको हो ,अतिक्रमणकारीहरु सङठित भै प्रतिकारमा उत्रीने गरेकाले पटकपटक गरियका प्रयास हरु असफल भयको र भखरै मात्र बन कार्यलयले भजनिको लालबोझिमा हिम्मतपुर सामुदायिक बनको अतिक्रमण हटाइएको एक साता नपुगै घरटहरा निर्माण गरि बसि सकेको बताउदै बन कार्यलयको एक्लो प्रयास बाट अतिक्रमीत क्षेत्र खाली गराउन नसकिने बताए ।

आफुहरुले प्रयास गर्दागर्दै अतिक्रमण दिन प्रतिदिन बढिरहेको बताउदै पराजुलीले सुकुम्बासीहरुलाई जंगल बाडेर वा जंगलमा बसोबास गराएर समस्या समाधान नहुने बताए । उनले भने– अहिले सुकुम्बासीका नाममा जिल्लाभरीका वन क्षेत्र अतिक्रमण भइरहेका छन् । उनीहरुलाई रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका सेवाहरु उपलब्ध गराउने हो । जंगल दिएर समाधान हुँदैन । यसले झन् वातावरण तथा वनमा असर पुगिरहेको छ ।। उनले यसले जैविक मार्ग संरक्षणमा चुनौति बढाएको बताए ।

वसन्ता वनको कुल ६९ हजार एक दशमलव २२ हेक्टर बनक्षेत्र संरक्षित छ । भने १४ हजार चार सय ३७ दशमलव ६८ हेक्टर जमिन कृषि तथा आवादीमा पर्छ । बसन्ता ८३ हजार चार सय ३८ दशमलव ९ हेक्टरमा फैलिएको छ ।पछिल्लो समयमा बनक्षेत्र कति क्षेत्रफल अतिक्रमण भयको तथ्यांक कुनै पनि निकाय सङ छैन ।

ताजा खबर

Information on Lucky Spins Casino Online Gaming Platform Features.

Overview of Mister Bet Casino: Online Gambling Platform Features and Reviews

Roulette Strategies UK with Verification: Expert Tips for Success

Überblick über das Cash Lounge Casino als Online-Glücksspielanbieter

The Ultimate Guide to French Roulette Low House Edge Australia High RTP

What is Betty Casino: A Brief Overview?

सम्बन्धितखवर

छुटाउनु भयो कि !