टीकापुरमा क्वारेन्टाइन कार्यालय पुनः स्थापनाका लागि नगर प्रमुख थारुद्वारा मन्त्रीलाई ज्ञापन पत्र

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले प्लान्ट क्वारेन्टाइन र खाद्य गुणस्तर परिक्षण कार्यालयकाे पुनः स्थापनाका लागि मन्त्रीलाई ज्ञापन पत्र बुझाउनु भएको छ ।
बिहीबार नगर प्रमुख थारुले कृषि तथा पशुपन्छि विकास मन्त्रालयका माननीय मन्त्री डा. बेदु राम भुसाललाई प्लान्ट क्वारेन्टाइन र खाद्य गुणस्तर परिक्षण कार्यालयकाे पुनः स्थापनाका लागि ज्ञापन पत्र बुझाउनु भएकाे हाे ।

टीकापुरकाे खक्राैला नाकामा तत्काल प्लान्ट क्वारेन्टाइन र खाद्य गुणस्तर परिक्षण कार्यालयकाे पुनः स्थापना हाेस भनी टीकापुर नगरपालिकाका नगर प्रमुख श्री रामलाल डगाैरा थारुले कृषि तथा पशुपन्छि विकास मन्त्रालयका माननीय मन्त्री डा. बेदु राम भुसाललाइ उहाँकै कार्यकक्षमा ज्ञापन पत्र बुझाउनु भएको छ ।

मन्त्री भुसालले तत्काल खक्राैला नाकामा क्वारेन्टाइन कार्यालय स्थापना गर्ने आसवासन दिनुभएको छ । केही दिन अघि खक्राैला नाकामा पुनः क्वारेन्टाइन कार्यालयकाे माग गर्दै टीकापुर उद्योग बाणिज्य संघकाे नेतृत्वमा टीकापुर नगरपालिका वडा नम्बर ९ स्थित सत्ती भन्सार कार्यालयमा ताला बन्दी समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाघ आक्रमण : परिवारै विचल्ली

जमुना न्युरे,धनगढी /कञ्चनपुरको पुनर्वास नगरपालिका वडा न १० को भीमबस्तीस्थित मदन टोलकी ३७ वार्षिया कलसा देवी सार्की बिहानको खाजा खाएर बाख्राका लागि घाँस लिन भारतको

अझै पढ्नुहोस्
समाचार

टिकापुरमा चितुवाको आक्रमणबाट दिनहु बाख्रा मारिँदै

धनगढी/टीकापुरका विभिन्न ठाउँमा रातिको समयमा बाख्रा मारिने क्रम तीन दिनदेखि जारी छ।गएराति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं १८ का कोकिलादमाईका २ र शेरबहादुर

अझै पढ्नुहोस्
समाचार

मेलमिलाप सम्बन्धि तालिम सुरु

जमुना न्युरे,सुखड/ कैलाली जिल्लाको गौरीगंगा नगरपालिका न्यायिक समिती चौमाला,कैलालीको आयोजना तथा नेपाल मेलमिलापकर्ता समाजको प्राबिधिक सहयोगमा सामुदायिक मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत तालिम चौमालामा सुरु

अझै पढ्नुहोस्
समाचार

बाढीपीडित क्षेत्रका उच्च धारा र शाैचालय प्रयाेग विहिन

डम्मर सिंह साउंदभजनी/ कैलालीका अधिकांश बाढीपीडित क्षेत्रमा बनाइएका उच्च धारा र उच्च शाैचालय सुरु देखि नै प्रयाेग विहिन रहेका छन् । कैलालीकाे दक्षिणी बाढीपीडित क्षेत्रका

अझै पढ्नुहोस्