सामुदायिक वनको आम्दानी बन्दै “अम्रिसो खेती “

शेयेर गर्नुहोस

जमुना न्युरे,कंचनपुर /कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका– १ मा रहेको ऐश्वर्या सामुदायिक वन उपभोक्ता समुहले सामुहिक रुपमा अम्रिसो खेती गर्दै आयका छ्न ।

अम्रीसो खेती सुरु वात गरे पछि अहिले कुचो बनाएर आम्दानी गर्न थालेपछि उनीहरू एकल तथा सामूहिक रूपमा अम्रिसो खेतीतर्फ उन्मुख भएका हुन्।

सामुदायिक बन उपभोक्ता समुहका उपभोक्ता कमला बुढाले आफ्नै निजी जमिन र सामुदायिक वनका उपभोक्तासँगै सामूहिक अम्रिसो खेती गरेको बताइन्।

‘विगतमा हामी घर, आँगन सरसफाइका लागि बजारबाट अम्रिसोको कुचो किनेर ल्याउँथ्यौँ,’ उनले भनिन्, ‘आजभोलि आफैँ खेती गरेर कुचो बनाएर बेच्न थालेका छौँ।’ उनले कुचो बिक्री गरेर घरायसी खर्च पुर्‍याएकी छिन्।

ऐश्वर्या सामुदायिक वन कार्यालयका सचिव दामोदर जोशीले स्थानीयले सामुदायिक वन र निजी रूपमा अम्रिसो खेती गरेको बताए। ‘हामीले अहिले समुदायिक वनमा ४० हेक्टरमा खेती गरेका छौँ,’ उनले भने। डोरी र प्लास्टिक दुई थरीका कुचो बनाएर बिक्री गर्दै आएको उनले बताए।

जोशीका अनुसार डोरीको पिँध राखेर बनाइएको कुचो प्रतिगोटा ५० रुपैयाँ र प्लास्टिकको पिँध राखेर बनाइएको कुचो प्रतिगोटा ७० रुपैयाँमा बिक्री–वितरण गर्दै आएका छन्। डोरीबाट बन्ने कुचोमा १२ रुपैयाँ र प्लास्टिकबाट बन्ने कुचोमा ३० रुपैयाँ लागत पर्ने उनले बताए। ‘समुदायको खर्च समुदायमै प्रयोग गर्छौँ,’ कार्यालय सचिव जोशीले भने।

जोशिले भने यहाँ डेढ दशकदेखि अम्रिसो खेती हुँदै आएको छ। सुरुका वर्षहरूमा १० देखि २५ हजारको मात्रै कुचो बिक्री भए पनि हाल दुई लाखभन्दा बढीको बिक्री भइरहेको उनले बताए। ‘गत वर्ष हामीले दुई लाख १८ हजारका कुचा बिक्री गर्थ्याैँ,’ उनले भने, ‘चालू वर्षमा चार लाखको बिक्री गर्ने लक्ष्य छ।’ उत्पादित कुचो स्थानीय झलारी, महेन्द्रनगर, अत्तरिया र, चौमला , धनगढीलगायतका बजारका व्यवसायीले खरिद गरेर लैजाने गरेका छन्।

ऐश्वर्या सामुदायिक वनका अध्यक्ष इन्द्रबहादुर बुढाले तराई भूपरिधि कार्यक्रम (ताल)मार्फत सहयोग पाएपछि सामुदायिक वनमा अम्रिसो खेती गर्न लागेको बताए। ‘यो अम्रिसो खेतीबाट एकातिर वन्यजन्तु संरक्षण भइरहेको छ भने अर्कातिर उपभोक्ताले आम्दानी गरिरहेका छन्,’ उनले भने। सुरुवाती चरणमा सामुदायिक वनका चारजनालाई कुचो बनाउने तालिम दिएसँगै आफूहरूले पनि डेढ दशकदेखि कुचो उत्पादन गर्न लागेको उनले बताए।

शुक्लाफाटा बन्यजन्तु आरक्ष सङै जोडिएको सामुदायिक बन भएकाले अम्रिसो खेती गरेपछि यहाँ मानव र बन्यजन्तु बिचको द्वन्द पनि न्यूनीकरण भएको ठूला वन्यजन्तु संरक्षण भइरहेको अध्यक्ष बुढाले बताए। ‘आजभोलि बन्यजन्तुको मोमेन्ट ( आवातजावत ) बढेको छ ।

ताजा खबर

The Ultimate Guide to Newest Casino Daily Deals

The Ultimate Guide to Finding the Highest No Deposit Bonus

Highest Possible Payment Online Gambling Enterprises: A Comprehensive Overview

Online Casino Ideal Payouts: Your Guide to Winning Large

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Краток преглед на системите за надзор „Руш Хаур ЦИВИТИ” во контекст на игризањата.

Краток преглед на системите за надзор „Руш Хаур ЦИВИТИ” во контекст на игризањата Системите за надзор „Руш Хаур ЦИВИТИ“ се специјални програми кои користат концептот

अझै पढ्नुहोस्