टीकापुरका नगर अनुदान शिक्षककाे आन्दोलनका कार्यक्रम स्थगित

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकामा दुई दिन देखि भएको नगर अनुदान शिक्षककाे आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ ।
विहिवार नगरपालिका विच सेवा सुविधा बढाउने सहमति पछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको हाे ।

नगरपालिका विच सेवा सुविधा बढाउने सहमति पछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेकाे नगर अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष ध्वज बहादुर ओडले जानकारी दिनुभयो । नगर अनुदान शिक्षकहरुकाे आगामी आर्थिक वर्ष देखि १५ प्रतिशत पारिश्रमिक बढाउने सहमति गरेकाे छ ।

नगरपालिकाकाे तर्फबाट सामाजिक विकास समिति संयोजक लालविर चाैधरीले र नगर अनुदान शिक्षक संघर्ष समितिकाे तर्फबाट नगर अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष ध्वज बहादुर ओडले हस्ताक्षर गरेका छन् । असार ३ गते हुने टीकापुर नगरपालिका नगर कार्यपालिकाकाे बैठकबाट रकम सुनिश्चित गरिने गरि सम्झौता भएको सामाजिक विकास समिति संयोजक लालविर चाैधरीले बताउनुभयो । नगर अनुदान शिक्षक संघर्ष समितिले आफुहरुकाे सेवा सुविधा बढाउन माग गर्दै बुधबार देखि आन्दोलनका चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন প্রথমে আমাদের এই প্রশ্নের উত্তর দিতে হবে যে, Mostbet থেকে টাকা বের করার সঠিক সময় কখন।

अझै पढ्नुहोस्