
टीकापुर/कैलालीकाे टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयाेजनामा कैलाली कञ्चनपुर समूहकाे छैठौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाम वर्कशप) सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का अनुगमन अधिकृत पवनजंग मल्लले सहजिकरण गर्नुभएकाे थियाे ।
कार्यक्रममा नेफ्स्कुनले संचालन गरेकाे जाेखिममा आधारित साकाेस सुपरिवेक्षण कार्यक्रम (कर्बस्) मा सहभागी कैलाली र कञ्चनपुरका सहकारी संस्थाका व्यवस्थापक तथा अध्यक्ष लगायत प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।
प्रत्येक ३ महिनामा फरक फरक साकाेसले पालाे मिलाएर आयाेजना गर्ने कार्यशाला यस पटक जनकल्याणले आयाेजना गरेकाे हाे । कार्यक्रममा आगामी कार्यशाला टीकापुर स्थित नाेबेल साकाेसले २०७८ फागुन १४ गते शनिवार आयाेजना गर्ने सहमति भएकाे छ । कार्यक्रम काेअपरेटिभ्स म्यानेजर्स क्लब कैलालीका अध्यक्ष तथा जनकल्याण साकाेसका व्यवस्थापक छबिलाल जैशीले संचालन गर्नुभएकाे थियाे ।