TRENDING
Roulette Real Money: A Comprehensive Guide to Playing and Winning
The Ultimate Guide to Playing Roulette Trusted Online
Detailed insights into allwins casino reveal a secure platform with diverse games for UK players
Top Mobile Gambling Establishment: Experience the Thrills of Gaming on the move
Innovative Strategien mit morospin online entwickeln und langfristigen Erfolg im Glücksspiel sichern
Next
Prev

धर्तीपुत्रको रक्तकोषमा मुलुक बिरानोको कल्पना कहाँ हुन्छ र ?

शेयेर गर्नुहोस

रेशम चौधरी,
टीकापुर/इन्द्रैलाई चाहिने पुष्पबाटीका, अप्सराले घेरिएको महादेव मगन भई धतुरोमा, नागले बेरिएको लङ्कैजल्दा पनि रावणलाई, सुनकै सिंहासनको चिन्ता भेद खोलेर भाइ मार्ने विभिषणलाई, केको बोध हिनता ? इतिहास सजिलै परिवर्तन हुँदैन ।

दुइचार दशकीय परिवर्तनले समाजलाई खासै फरक पनि पार्दैन । इतिहास परिवर्तन गर्न खोज्नु खाटा बसेको घाउलाई सर्जरी गरेर सम्याउनु जस्तै हो । शासकको मन परिवर्तन नभईकन इतिहास परिवर्तनको कल्पना समेत गर्न सकिन्न । युगौंयुग शासकीय स्वरुप परिवर्तन हुन नसक्नुमा स्वयं पीडित पक्षबाट दुइचार गद्धारहरु टुसाइरहनु पनि हो ।

हिजो दासहरु मान्छे थिएनन्, सामन्तका मेशिन थिए । कमैयाहरु मनैया (मान्छे) थिएनन्, अहिले गाउँघरमा लफङ्गाहरुले चढ्ने भटभटे जस्तै थिए । जतिबेला, जुनसुकै बेला, बेला न कुबेला चढेको छ चढेको छ । आज पनि केही वर्ग समुदायसँग राज्य परिचित परिचय पत्र नागरिकता त छ तर त्यो परिचयपत्रमा एउटा चिनारी छोडिएको छ, ठ्याक्कै जात खुट्टिने ।

लेखिएको अक्षरित संकेतले न त्यो अड्डा अदालतमा सहयोग पुग्छ न त कुनै सरकारी संयन्त्रमा । रङ देखिन्छ तर छाप नबसेको । सुन्दर ढकमक्क फूलेको देखिने । बासना नआउने । मान्छे त मान्छे । जात फरक लेखेकै आधारमा विभेद हुने । सिप चलाउने, शिक्षा नचलाउने । परिश्रम चलाउने, पदनदिने । रेमिट्यान्स लिने, रोजगारी नदिने । गरिकता दिने, नागरिक नगन्ने ।

हिजो राजाहरू कानुनभन्दा माथि थिए, आज राजाबाट श्रीपेच खोस्नेहरु । तिनैले कानुन कुल्ची रहेछन्, जसले जुलुसमा हाम्रा टाउका उभ्याए । हाम्रो शीर ढलाए । हाम्रो अधिकारका लागि लडेका हौं भनेर चर्का नारा लगाए । अश्रुग्याँस र गोली चल्दा आफू भीड पछाडि लुके । सोझाहरुलाई उकासेर अग ्रपंक्तिमा उभ्याए । 

अरुलाई मर्न उकास्नेहरु, जनताको हक अधिकारको लडाईं लडछौं भन्नेहरु, ढलेका लाशमाथि कुल्चिदै शासन हत्याउनेहरु, आज राजाभन्दा बढी निरंकुश छन् । राजा भन्दा बढी सौखिन छन् । राजढुकुटीमा ब्रह्मलुट मच्चाएका छन् । राजाले रैति त मानेका थिए, यी त हामीलाई नवीकरण गरे झैं थमौती मात्रै गरिरहेका छन् ।

आज सत्ताका मालिक उनै छन् । हिजो पार्टी चलाउन जहाज लुट्नेहरु । सरकारी सेनाका विरुद्ध मुक्तिसेना गठन गर्नेहरु । शोषक सफायाका नाममा जमिन्दार पदधारीका टाउका काट्नेहरु । जातीय मुक्तिको सपना देखाएर बम बारुद पड्काउनेहरु । मान्छे मान्छे वीचको अन्तर देखाएर समाज भडकाउनेहरु ।

एक दुइ तीन होइन, हजारौं हजार असरल्ल मान्छे मार्नेहरू । गरिबलाई सपना देखाएर दिउँसै स्वर्ग पुर्‍याउनेहरु । मुलुक समृद्धिको सपना देखाएर सहिदलाई बेवारिसे बनाउनेहरु ।

खै त ? उनले बोलेका बोली वास्तविकता रहेनछन् त ! उनले देखाएका सपना यथार्थ रहेनछन् त ! हिजो कांग्रेस पाल्ने हाम्रा बाजेहरु कमैया बने । जमिन्दार सफायाका नाममा राजबंसी, मेचे कोचे र थारुका टाउको काटिए । जनयुद्धमा अग्रमोर्चाका लडाकुहरु कि त मरिसके, कि त परिवार पाल्न परदेशमा पसिना बेच्दैछन् ।

  आज मनैया पनि उनै छन् । मालिक पनि उनै छन् । उनैको आदेशमा शासन चल्छ । सल्लाहमा देश चल्छ । खोलानाला, डाँडाकाँडा सबैमा उनैको रजगज छ । कमैयालाई मनैया बनाउने सपना देखाएर झ्यालखानामा कोच्ने उनै हुन् । हिजो जस्को जोत उसको पोत भन्ने नारा लगाए । आज उनैको नाममा बिघौं जमिन छ । सर्वभक्षी बनिसके, सर्वहाराका नारा लगाउनेहरु । सपना लङ्काको भन्दा कम छैन, जनताका टाउको छिनालेर आफ्नोमा जोडी रावण बन्न खोज्नेहरु । 

आज सत्तामा उनै । सिंहदरबारमा उनै । शितल निवासमा उनै । छोडिएका छन् त केवल हिजो उनीसँग कांग्रेस बन्ने हाम्रा बाजेहरु । कम्युनिस्ट बन्ने हाम्रा बाहरु । जनयुद्धमा बन्दुक बोक्ने हाम्रा दाजुहरु अनि परिवर्तनको नारा फलाक्दै सडक धुलाम्यैबनाउने हामीहरु ।

परिवर्तनको सोच र सपना नेताहरूको भावमा थिएन, त्यो त हामीलाई देखाइयो मात्रै । हिरा दिन्छौं भनेर अँध्यारोमा ढुङ्गो देखाइयो । जमिन दिने कसम खाएर कमैयालाई कम्यूनिष्ट बनाइयो । परम्परा धान्ने बहनामा राजावादी बनाइयो । महलको मालिक बनाउने सपना देखाएर माओवादी बनाइयो । केवल आशा देखाए । क्रान्तिमा होमाएर भविष्यको भरोसा देखाए । हामीलाई देखाउने आशा र भरोसा त नागराजको पासो भन्दा खतरनाक रहेछ । 

अहिले पासोमा कसिएर ऐंठनको हालतमा पुर्यातउने पनि यिनै हुन् !
हामीले देश मागेनौं । प्रदेश मागेनौं । इतिहासको अक्षरमा लेखिने हाम्रा पहिचान मात्रै त माग्यौं । मञ्चमा संस्कृतिका नारा आफै लगाउँछन्, अनि सखिया जोगाई देऊ भन्नेहरु अपराधी हुने ? अखण्डको नारा आफैँ लगाउने, थरुहट जोगाइदेउ भन्नेहरु बिखण्डनवादी हुने ?

नदीको नाम कर्णाली, अञ्चलको नाम कर्णाली अनि प्रदेशको नाम पनि कर्णाली ? खस आर्य उदगमस्थलको नामो निमिट्यान्न किन ? नदीको नाम बागमती, अञ्चलको नाम बागमती अनि प्रदेशको नाम पनि बागमती ? जनजाति आदिवासी, थारु, मगर, मधेसी, नेवाः, तामाङसालिङको नामाकरणमा आफ्नै भूमिपुत्रको सम्मान नदेख्ने कस्तो अनौठो सोचको शासकलाई शासन चलाउन दिइरहेका छौं हामी ?

 सातसाले जहानिया राणा मुक्तिको आन्दोलन हामी बिना सम्भव थियो ? बनारसमा रसद पुर्याीउने कांग्रेसी थारु परशुनारायण, क्षमानन्द महतोका चाँदी ढ्याक आर्थिकी सहयोगको कुनै मूल्य छैन ?

त्यसोभए, जनयुद्धमा सहादत हजारौं थारूको बलिदानी के ?

जात, गोत्र मिलेकै आधारमा सात खुन माफ !
नाक र वंश नमिलेकै आधारमा मासिने जातको दर्जा दिने बाटा बन्द गरौं । जहाज अपहरण गरेर बैंकको ढुकुटी लुट्नेहरु क्रान्तिवीर !
हजारौ मार्नेहरु जनयोद्धा !
टाउका काट्नेहरु असल कम्युनिस्ट !
अनि अधिकारको आन्दोलनमा मुट्ठी उचाल्नेहरु अपराधी ?
देश माग्नेहरुसँग मिलाप हुने,बन्दुक बोक्नेहरूसँग वार्ता हुने,बम पड्काउने र राजद्रोह गर्नेहरु मित्र हुने,भूमिपुत्र थारुलाई अपराधी करार गरिने ?
खुंखार पञ्चहरुले प्रजातान्त्रिक कालमा हिस्सा र निस्सा दुबै पाए । सत्र हजार मान्छे मार्यौंक भन्नेहरु देशको प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री हुन सक्ने । आन्दोलनमा समर्थन छ भन्दैमा घटनास्थलमा अनुपस्थित थारु जन्मकैद सजायको भागीदार हुनुपर्ने ?

देश चिरा बनाएर मधेशवाद स्वायत्त देशको नारा लगाउनेसँग सरकार हात मिलाउँछ । बम पड्काउँदै बिद्रोह गर्नेसँग सरकार सम्झौता गर्छ ।

हाम्रा अधिकारहरु संविधानका धारा, उपधारामा लेखिदेऊ भन्ने थारुहरुलाई देशद्रोही देख्छ । के आफ्ना नागरिकमाथि गरिने न्याय यही हो ?

राज्यको नक्साङ्कन पूर्व पनि हामी यही थियौं । थारु राजा दंगिशरण र रञ्जित चौधरीको राज्य हाम्रो वर्तमान नेपालकै नक्सामा मिसिएको छ । राज्यलाई आवश्यक पर्दा हामी जहिल्यै साथ दिएकै छौं हरेक विजय पश्चात हामीलाई हामीलाई दास किन बनाइन्छ ? हाम्रो साथले जहिल्यै जित्ने, अनि आफ्नो स्वार्थपूर्तिका लागि जहिल्यै हराउने ?

धेरै हारीसक्यौं हामी । अत्ति भो, ज्यादती नगरौं । थरुहट आन्दोलनमा सहिद हुनेहरुलाई न्याय देऊ । बच्चा, वीर प्रहरीको आत्माले शान्ति पाओस् । दोषीलाई दण्ड देउ । जबर्जस्ती अन्यायको भुङ्गमा हाम्रो टाउको पोल्ने चेष्टा नगर । दोषीलाई काखमा राखेर निर्दोषीलाई झुण्याउने प्रवृत्तिले आफैलाई भड्खालोमा पुर्‍याउँछ । न्यायिक दृष्टि पुर्‍याउ । मजदुरी गरिरहेका कपाल काटिरहेका, तरकारी बेचिरहेका थारुलाई थुनेर कुन न्यायको आसनमा आसीत छौतिमी ? भन्न यति सकिन्छ-सत्य डग्दैन श्रीमान !

चन्द्र र सूर्यजस्तै असत्य लुक्दैन श्रीमान ! पाप र पुन्यजस्तै सरोबरी जरुर होला, न्यायको तराजु एकदिन अधर्म भागेर जाला, धर्मले जित्ला एकदिन
हामी हिजो यहीँ थियौं । आज पनि यहीँ छौं । कहिलेकाहीँ सदरखोरमा भेट्न आउने दशवर्षे मेरो छोरोले सोध्छ- बाबा, हामी घर कहिले जाने ? उ गएपछि म एकान्तमा घोत्लिन्छुँ, यस्तो दुःखमा पनि छोराको सपना देश छोड्ने छैन ।

धर्तीपुत्रकोरक्तकोषमा मुलुक बिरानोको कल्पना कहाँ हुन्छ र?

– डिल्लीबजार कारागार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette Real Money: A Comprehensive Guide to Playing and Winning

The Ultimate Guide to Playing Roulette Trusted Online

Detailed insights into allwins casino reveal a secure platform with diverse games for UK players

Top Mobile Gambling Establishment: Experience the Thrills of Gaming on the move

Innovative Strategien mit morospin online entwickeln und langfristigen Erfolg im Glücksspiel sichern

Spinathlon Bonus – Loyalty rewards and special promotions in the online casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हरियाली सामुदायिक वनको साधारण सभा सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ५ देउकलियामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको १४ औ साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वनका

अझै पढ्नुहोस्
समाचार

काट्यो पत्र प्रदेश पर्यटन इकाई धनगढीले चिसापानीमा पर्यटन सुचना केन्द्रलाइ

जमुना न्युरे,धनगढी/काट्यो पत्र प्रदेश पर्यटन इकाई कार्यन्वयन कार्यक्रम धनगढीले चिसापानीमा रहेको पर्यटन प्रबर्द्धन तथा सूचना केन्द्रको भवन भन्दै चर्च बनाएको समिति का अध्यक्ष तपेन्द्र शाहिलाइ

अझै पढ्नुहोस्
समाचार

एकता बचत तथा ऋण सहकारीकाे वार्षिक उत्सवमा १८ जनाले रक्तदान गरे

धनसरा बुढाटीकापुर/कैलालीको टीकापुर -१ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाकाे वार्षिक उत्सवमा रक्तदान कार्यक्रम गरिको छ ।टीकापुर नगरपालिका वडा नं. १ ब्यवसायक्षेत्र स्थित सहकारी

अझै पढ्नुहोस्