TRENDING
We88 – แพลตฟอร์มคาสิโนและเดิมพันกีฬาในประเทศไทย
Bookmakers hors ARJEL en France – légalité et risques
Esperienze di gioco complete con replatz scommesse e bonus dedicati per il mercato italiano
Szczegółowy przegląd BetOnRed od rejestracji do wypłaty, w tym bet on red code bonus i aktualne promocje dla Polaków
Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation
Next
Prev

नेपाल कर्मचारी युनियनको ३५ बुदे घोषणा पत्र जारी

शेयेर गर्नुहोस

धनगढी/धनगढीमा दुई दिन सम्म चलेको प्रदेश भेलाले कर्मचारी सेवा सुबिधा सहित विभिन्न मागहरु राखी ३५ बुदे घोषणा पत्र जारी गरेको छ । नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्यसमितिले आज पत्रकार सम्मेलन गरि घोषणापत्र सार्बजनिक गरेको छ ।

नेपाल निजामती कर्मचारी युनियन, प्रदेश कार्यसमिति, सुदुरपश्चिम प्रदेशको मिति २०८१ साल कार्तिक १० गते धनगढीमा भएको प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम-२०८१ मा सम्पूर्ण सहभागीहरुले व्यक्त गर्नु भएको विचार एवम् सुझाव तथा छलफलका आधारमा देहाय वमोजिमको ३५बुदे धनगढी घोषणा पत्र जारी गरेको छ। कर्मचारी युनियनको अभियानः आदर्श ट्रेड युनियन अभ्यास एवम् सक्षम र उच्च मनोवलयुक्त कर्मचारी प्रशासन !!

१. नेपाल निजामती कर्मचारी युनियन, सुदुरपश्चिम प्रदेश कार्यसमिति आफ्ना पेशागत मूल्यहरू राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता एवम् व्यवसायिकताप्रति कटिबद्ध रहेको प्रतिवद्धता जाहेर गर्दछौं।

२. नेपाल निजामती कर्मचारी युनियनको विधानले निर्धारण गरेको समयावधि भित्र सबै तहमा नवौँ महाधिवेशनका कार्यक्रम सम्पन्न गर्न सम्बन्धित सबैमा अपिल गर्दछौं।

३. आदर्श ट्रेड युनियन अभ्यासप्रति प्रतिवद्धता जनाउदै तीनै तहमा अन्तरसम्बन्ध रहने गरी सामुहिक सौदावाजीको अधिकार सहितको राष्ट्रियस्तरका ट्रेड युनियनहरु र आधिकारिक ट्रेड युनियनको प्रबन्ध गर्न माग गर्दछौं।

४. स्वास्थ्य सेवा तथा संसद सेवा समेत तीनै तहका सबै कर्मचारीहरु सहभागी हुन पाउने गरी आधिकारिक ट्रेड युनियनको निर्वाचन यथाशीघ्र सम्पन्न गर्न माग गर्दछौँ।

५. नेपाल निजामती कर्मचारी युनियनलाई राष्ट्रियस्तरको पहिलो ट्रेड युनियन बनाउन प्रण गर्दछौं। ६. उच्च मनोबलयुक्त कर्मचारीका माध्यमबाट नेपालको सरकारी सेवालाई संघीय ढाँचा अनुरुप थप सुदृढ, प्रभावकारी

एवम् जनउत्तरदायी बनाई नागरिकका चाहना अनुरुप सरकारी सेवाको सुनिश्चितताका लागि निजामती सेवाका आधारभूत सिद्धान्त एवम् प्रचलित मूल्य र मान्यतालाई आत्मसात गर्दै नेपाल निजामती कर्मचारी युनियनले उठाउदै आएका विषयलाई समावेश गरी यथाशक्य छिटो फराकिलो वृत्ति विकास सहितको सङ्घीय निजामती सेवा ऐन जारी गर्न/गराउन जोडदार माग गर्दछौँ।

७. सुदुरपश्चिम प्रदेश निजामती सेवा ऐनमा नेपाल निजामती कर्मचारी युनियन, सुदूरपशश्चिम प्रदेश कार्यसमितिले उठाउँदै आएका माग समावेश गरी संशोधन गर्न तथा तत्काल प्रदेश निजामती सेवा नियमावली जारी गरी कार्यान्वयन गर्न माग गर्दछौँ।

८. नेपाल निजामती कर्मचारी युनियनले उठाउदै आएका विषयलाई समावेश गरी फराकिलो वृत्ति विकास सहितको स्थानीय सेवा ऐन र नियमावली जारी गर्न सुदुरपश्चिम प्रदेश सरकार समक्ष जोडदार माग गर्दछौँ।

९. तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्न जोडदार माग गर्दछौं।

१०. नेपालको निजामती सेवालाई तहस नहस् बनाउने गरी जवरजस्ती गरिएको कर्मचारी समायोजनको त्रुटी सच्याउनका लागि एक पटकलाई समायोजनमा पुनरावलोकनको व्यवस्था गरियोस् ।

११. सबै तह र सेवाका पदहरुमा समान किसिमको बढुवा प्रणाली कायम गर्दै संघ, प्रदेश र स्थानीय तहमा प्रशासनिक एकरूपता कायम गर्न प्रत्येक ५ वर्षमा १ तह वृद्धि हुने प्रावधान सहित पूर्ण एवम् स्वचालित तहगत प्रणाली लागु गरियोस् ।

१२. सहसचिव र उपसचिव वा सो सरह पदको खुल्लातर्फको पदपूर्तिमा तोकिएको शैक्षिक योग्यता र आवश्यक सेवा अवधि पूरा भएका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरियोस् ।

१३. समायोजन गर्दा समेत बढुवा नगरी भेदभाव गरिएका स्वास्थ्य सेवाका कर्मचारीको बढुवा मिलान गर्नुका साथै वातावरण निरीक्षक, टेलिफोन अपरेटर, आवा अपरेटर मुद्रण सेवातर्फका कर्मचारी लगायतका माथिल्लो पद नभएका कर्मचारीहरुको लागि दरबन्दी सिर्जना गरी बढुवाको सुनिश्चितता गर्न जोडदार माग गर्दछौं।

१४. दश बर्ष सेवा अवधि पूरा भएका श्रेणी विहीनः वनरक्षक, गेमस्काउट, कार्यालय सहयोगी र हुलाकी-हल्कारा कर्मचारीलाई उपयुक्त पदनाम सहित पदोन्नति हुने व्यवस्था गर्न माग गर्दछौं ।

१५. सरुवा, बढुवा, तालिम, अनुशासन तथा आचरणहरुको परिपालना र वृत्तिविकासमा विचार, आस्था र अन्य यस्तै आधारमा गरिरहेको विभेद र भेदभावको अन्त्य गरी सरुवा प्रणालीलाई वैज्ञानिक बनाउनका लागि तीनै तहमा चक्रीय र पूर्वानुमानयोग्य बनाउन माग गर्दछौं।

१६. एउटै पदको सेवामा रही बढुवाका लागि न्यूनतम सेवा अवधि पुरा गरेको कर्मचारी अनिवार्य वा स्वेच्छिक अवकास हुँदा निजलाई एक श्रेणी माथिको पदमा बढुवा गरी अवकास दिने प्रावधान राख्न माग गर्दछौं।

१७. समायोजन पश्चात कामकाजमा खटाइएका कर्मचारीको तलव भुक्तानी, बढुवा तथा वृत्ति विकासमा अन्योलता उत्पन्न भएकाले यथाशीघ्र व्यवस्थापन गरियोस् ।

१८. प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीहरुको अन्तर प्रदेश सरुवाको व्यवस्था गरियोस् ।

१९. राष्ट्रसेवक कर्मचारीसँग सरोकार राख्ने नीति तथा कानून निर्माण गर्दा तथा कर्मचारीका हित एवम् सरोकारसँग तलव भत्ता पुनरावलोकन समिति, कर्मचारी कल्याण समिति, कर्मचारी संचयकोष, नागरिक लगानीकोष लगायतका कर्मचारीसँग सरोकार राख्ने संस्थाका संचालक समितिमा राष्ट्रियस्तरका ट्रेड युनियनको प्रतिनिधित्व सुनिश्चित गराउन माग गर्दछौं ।

२०. तीनै तहमा कार्यरत कर्मचारीलाई एक तहबाट अर्को तहमा प्रतिस्पर्धा गर्न उमेरहद नलाग्ने तथालोकसेवा आयोगको परीक्षा पास गरी माथिल्लो पदमा नियुक्त भएमा साविकको पदको सेवा अवधि जोड्न पाउने र विविध कारणले अघिल्लो पदको सेवा अवधि जोड्न छुटेका कर्मचारीहरुको निश्चित प्रकृयाका आधारमा सेवा अवधि जोडाउन सकिने कानूनी प्रबन्ध गर्न माग गर्दछौं।

२१. तीनै तहमा कार्यरत सबै सेवा, समूह र पदका कर्मचारीको ग्रेड सीमा हटाइयोस् ।

२२. स्वास्थ्यकर्मी, तत्कालिन विविध सेवा अन्तर्गतको महिला विकास, वातावरण निरीक्षक, मुद्रण सेवा र अन्य अप्राविधिक / प्राविधिक कर्मचारीहरुको प्राविधिक ग्रेड मिलान तथा श्रेणी विहिन कर्मचारीहरुको ग्रेड वृद्धिका लागि जोडदार माग गर्दछौं।

२३. दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीको वृत्ति विकास र मनोवल उच्च्च बनाउनका लागि सत प्रतिसत दुर्गम भत्ता बढाउन, थप महंगी भत्ताको व्यवस्था गर्न र कृषि, पशु, वन, स्वास्थ्य सेवा / समूह अन्तरगत फिल्डमा काम गर्ने कर्मचारीहरुलाई फिल्ड भत्ता र जोखिम भत्ताको माग गर्दछौं।

२४. वैदेशिक अध्ययन, तालिम तथा भ्रमणमा तीनै तहमा कार्यरत सबै सेवा,समूह र पदका कर्मचारीहरुलाई समान अवसरको व्यवस्था गर्न माग गर्दछौं।

२५. कर्तव्य पालनाका शिलशिलामा विभिन्न कारणले मृत्यु भएका कर्मचारीहरुलाई सहिद घोषणा गरी उनीहरुको परिवारलाई रोजगारीको व्यवस्था गर्न माग गर्दछौं।

२६. महिला निजामती कर्मचारीको प्रसुती विदा १५० दिन बनाउन, सवै स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रीयस्तरका कार्यालयमा शिशु स्याहार केन्द्र संचालन र प्रसुति स्याहार भत्ता बढोत्तरीको माग गर्दछौं ।

२७. निजामती सेवामा कर्मचारी कल्याण कोषको व्यवस्था गरी सो मार्फत कर्मचारी र निजको परिवारको निशुल्क शिक्षा, स्वास्थ्य र आवासको आवश्यक प्रवन्ध गर्न माग गर्दछौं।

२८. एक महिनाको तलव बराबरको भत्ता सहित १५ दिनको पर्यटन विदाको व्यवस्था गर्न माग गर्दछौं ।

२९. निजामती कर्मचारीहरुको घरविदा १८० दिन मात्र संचित हुने प्रावधानलाई पुनरावलोकन गरी थप विदा संचित गर्ने वा १८० दिनभन्दा बढी दिनको रकम प्रत्येक वर्ष भुक्तानी हुने व्यवस्था गर्न माग गर्दछौं ।

३०. निजामती कर्मचारीका आश्रित परिवार (श्रीमान वा श्रीमती) लाई आजीवन शतप्रतिशत पेन्सनकोव्यवस्था गरियोस् ।

३१. सबै कर्मचारीका लागि आवास भत्ता तथा सवारी साधनको सुविधा नपाउने कर्मचारीका लागि यातायात भत्ताको व्यवस्था गरियोस् ।

३२. नेपाल सरकारले छुट्टै कोषको व्यवस्था गरी शुन्य प्रतिशत व्याजदरमा आवास, सवारी साधन तथा शैक्षिक कर्जाको व्यवस्था गर्न माग गर्दछौं।

३३. कर्मचारी पूर्ण स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न र निजामती अस्पताल सातै प्रदेशमा विस्तार गर्न माग गर्दछौं ।

३४. सार्वजनिक निकायमा कार्यरत अस्थायी तथा करारमा कार्यालय सहयोगी ह.स.चा. तथा यस्तै प्रकृतिका श्रेणी बिहि

कर्मचारीहरुको भैपरी/पर्व, विरामी, प्रसुती तथा असक्त विदाको व्यवस्था थप गर्न र निश्चित अवधि निरन्तर रुपम करारमा काम गरिरहेका कर्मचारीहरुलाई उपदान / पेन्सनको व्यवस्था र प्रकृया पुर्याई स्थायी गर्न माग गर्दछौं ।

३५. निजामती सेवा ऐन, २०४९ को दफा ५८ बमोजिमको निजामती कर्मचारीको सेवा शर्त र सुविधा विपरित हुने गरी क नगर्न खवरदारी गर्दछौं रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

We88 – แพลตฟอร์มคาสิโนและเดิมพันกีฬาในประเทศไทย

Bookmakers hors ARJEL en France – légalité et risques

Esperienze di gioco complete con replatz scommesse e bonus dedicati per il mercato italiano

Szczegółowy przegląd BetOnRed od rejestracji do wypłaty, w tym bet on red code bonus i aktualne promocje dla Polaków

Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation

Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मिलनपुरमा कुखुराको आर्थिक सहयोग र चल्ला वितरण

धनगढी ,कैलाली जिल्लाको धनगढी उपमहानगर पालिकामा यु .एन .ओमन को आर्थिक सहयोगमा महिलाका लागि महिला द्घारा सामुदायिक भान्सा घर कार्यक्रम अन्तर्गत माइती नेपाल धनगढीले वडा

अझै पढ्नुहोस्
समाचार

माइतीघरमा प्रदर्शनमा उत्रिएका डा.केसीसहित ९ जना पक्राउ

काठमाडौं । माइतीघरमा प्रदर्शनमा उत्रिएका डा.गोविन्द केसीसहित ९ जना पक्राउ परेका छन् । स्वास्थ्य र शिक्षामा सबै नेपालीको समान पहुँचलगायतका माग राख्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका

अझै पढ्नुहोस्

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা অর্থনীতির বিভিন্ন প্রশ্ন যেমন অর্থনৈতিক প্রবৃদ্ধি, বিনিয়োগের প্রবণতা, এবং বর্তমানে খেলাধুলার ব্যাপারে বাজির কৌশলগুলি নিয়ে আলোচনা করা

अझै पढ्नुहोस्