धनगढीको सरकारी गाडि चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी ?’

शेयेर गर्नुहोस

धनगढी– धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफनो फेसबुक पेजमा शनिबार राति प्रहरीमाथि प्रश्न गर्दै लेखेका छन्– ‘कैलाली जिल्ला प्रहरी ?’
स्पष्ट रुपमा व्याख्या नगरि प्रहरीमाथि प्रश्न सहितको पोष्टमा सर्वसाधारणले प्रहरीमाथिनै आक्षेप लगाउने गरि धारणा व्यक्त गरेका छन् । उनले प्रहरीमाथि प्रश्न गर्दै राखेको पोष्टमा प्रहरीलाई जुवातास खेलाउनेको संरक्षकदेखि ठुला दलहरुको हलीसम्मको संज्ञा दिइएको छ ।


शनिबार राती नगर प्रमुख हमालकी बहिनी सवार सरकारी गाडि रोकेको झोकमा नगर प्रमुख हमालले प्रहरीमाथिनै अनावश्यक प्रश्न उठाएको जनाइएको छ ।
कैलाली प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक पदम विष्टले नगर प्रमुख हमालले कुन विषयमा प्रहरीमाथि प्रश्न गरेका हुन भन्नेबारे स्पष्ट नभएको बताए । उनले भने –‘स्ट्याटस हेरेका छौं । कुन प्रशंगमा हो भन्ने थाहा भएन् । तर, शनिबार एकचोटी चौराहामा सरकारी गाडि प्रहरीले रोकेको थियो । त्यो विषयमा हो की भन्ने पनि सुनीरहेका छौं ।’


उनले नगर प्रमुखले प्रहरीमाथि उठाएको प्रश्नको स्पष्ट कारण नखुलाउँदा समग्र प्रहरीमाथिनै लाञ्छना लागिरहेको बताए । उनले भने –‘गाडि रोकेको विषयमा नगर प्रमुखले प्रहरीमाथि प्रश्न गरेको हुन भने असुहाउँदो कुरा हो । के हामीले उहाँको गाडि सोधपुछका लागि रोक्ननै नपाइने हो त ?’
शनिबार विदाको दिन रातिको समयमा धनगढी उपमहानगरपालिकाको सरकारी गाडी भारततर्फबाट धनगढीको ट्राफिक चौराहातर्फ आउने क्रममा जिल्ला ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयूक्त सवारी चेकजाँच भइरहेको थियो । नेपाल प्रहरीको बिशालनगरको टोली र चौराहास्थित ट्राफिक प्रहरी हवल्दार तेज बिष्टको टोलीले सवारी चेकिङ्ग गर्ने क्रममा विदेशबाट फर्किएकी नगर प्रमुख हमालकी बहिनी उपमहानगरपालिकाको सरकारी गाडि प्रयोग गरेर भन्सारबाट घरतर्फ जादै गरेकी थिइन् ।


प्रहरीले चेकजाँचका क्रममा गाडि रोक्ने क्रममा चेकजाँचमा खटिएका प्रहरी टोलीलाई सो गाडि छोड्न आदेश गएको थियो । चेकजाँचनै नगरि प्रहरीले सो गाडि छोड्दा नगर प्रमुख हमालको चर्चामा रहेको पेजमा प्रहरीमाथिनै प्रश्न सहितको पोष्ट अहिलेसम्म तीन हजार तीन सय बढीले प्रतिक्रिया र चार सय बढीले धारणा व्यक्त गरेका छन् ।


सरकारी गाडि विदाको दिन प्रयोग गर्दा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । चेकजाँचमा खटिएका प्रहरीले सो गाडिसंग सो अनुमति पत्र चेकजाँच गर्न गाडि रोकेको हुन सक्ने ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्राफिक कार्यालय धनगढीका अनुसार धनगढी उपमहानगरपालिकाको सरकारी गाडि राती चेकजाँचमा खटिएको प्रहरीले केही समय रोकेको जानकारी प्राप्त भएको जनाएको छ । गाडि रोकेकै विषयमा नगर प्रमुख हमालले प्रहरीमाथि यसरी प्रश्न उठाउनु उपयूक्त नभएको सुरक्षाकर्मीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Actuele strategieën rondom the-westacecasinos-nl.nl bieden spectaculaire winsten

Genuine excitement surrounds luckcasino gaming and bonus opportunities today

Izgalmas csirkeverseny a https://the-chickenroad-games.com oldalán, ahol a pontok és a gyorsaság számít leginkább

Rentabilidad excepcional con spinwinera casino y bonos exclusivos para jugadores inteligentes

Coverage expands with freshbets-unitedkingdom.co.uk providing betting insights and analysis

Interessante Strategien und casinachos-deutschland.de eröffnen neue Gewinnchancen für Casino-Enthusiasten

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Abbraccia lavventura volatile e caccia il tesoro finale con Chicken Road, lunica con un RTP del 98% e livelli di sfida crescenti dove ogni tratto del percorso nasconde bonus e pericoli tra molteplici moltiplicatori e ostacoli infuocati, mentre analisi e trucchi avanzati ti aiutano a scoprire se Chicken Road è una truffa o unopportunità reale.

Sfida il Destino con Chicken Road: Guadagna, Rischi e Scopri se la Strada Verso lUovo dOro è una Truffa. Come Funziona Chicken Road: Una Guida

अझै पढ्नुहोस्