दिवाङत आत्माको शान्तिको लागि महादिप प्रज्वलन

शेयेर गर्नुहोस

धनगढी/कालगति तथा अकालगतिमा ज्यान गुमाएका धनगढीबासीको दिवंगत आत्माको शान्ति र सम्झनामा शनिबार धनगढीको पार्कमोडमा महादिप प्रज्वलन गरिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का तीन दाजुभाई मिलेर स्थापना गरिएको एमएसएन ग्रुपको आयोजनामा दिवंगत आत्माको शान्ति तथा सम्झनामा महादीप प्रज्वलन गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम पूर्वभौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले दिवंगत आत्माको शान्तिको कामना गर्दै महादीप प्रज्वलनको सुरुवात गरे । दीप प्रज्वलन कार्यक्रममा त्यहाँ उपस्थिति सबै दिवंगत आत्माको शान्तिका कामना गर्दै दीप प्रज्वलन कार्यमा स्वस्फूर्त सहभागी भए ।

विभिन्न सामाजिक कार्य गर्ने उद्धेश्यसहित स्थापना गरिएको एमएसएन ग्रुपले चार वर्षदेखि दीप प्रज्वलन कार्यक्रम गर्दै आएको ग्रुपका सदस्य नरेन्द्र शाहले बताए ।

ग्रुपले गरेको महादीप प्रज्वलन कार्यक्रमलाई धनगढीको निसर्ग अस्पतालले सुरुवातदेखि नै सौजन्य गर्दै आएको छ । महादीप प्रज्वलन कार्यक्रमसहित ग्रुपले रक्तदान, वृक्षारोपणलगायत विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

ताजा खबर

Mobile Roulette for iOS Australia at Real Casino

Roulette Bonus Canada No Deposit

The Comfort of Utilizing Mastercard at Online Casinos

Repayment Methods in Online Casino Sites: A Comprehensive Guide

Roulette with Free Spins Australia for Mac Review

The Ultimate Guide to Real Money Roulette Canada Secure

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

टीकापुर पार्क संचालनमा आएपनि पर्यटक भने न्युन

कैलालीको टीकापुर स्थित टीकापुर पार्क संचालनमा आएपनि दैनिक आउने पर्यटकमा भने कमी आएको छ ।टीकापुर पार्क संचालनमा आएको करिव एक महिना पुग्दै गर्दा समेत आन्तरीक

अझै पढ्नुहोस्
समाचार

नेपाल लाईफ इन्स्योरेन्स क.ली अभिकर्ता क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न ।

दिपक संगम विश्वकर्मा,टीकापुर/ नेपाल लाईफ इन्स्योरेन्स क.ली अभिकर्ता क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यक्रम टीकापुरमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रमको आयोजना नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि.टीकापुर

अझै पढ्नुहोस्