धनगढीमा निजामती कर्मचारी युनियनको तीज उत्सव

शेयेर गर्नुहोस

धनगढी– नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति कैलाली, सुदूरपश्चिम पदेश विभागीय कार्य समिति तथा सुदूरपश्चिम प्रदेश कार्यसमितिले हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम आयोजना गरेको हो ।


नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति कैलाली उपाध्यक्ष मीरा पौडेलको अध्यक्षतामा सम्पन्न तीज उत्सवमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राज्यमन्त्री खड्काले महिलाले समयानुसार कार्यदक्षता बढाउन आग्रह गरिन्् ।

उनले भनिन्,‘अहिलेको समयमा आफूलाई परिवर्तन गर्दै कार्य क्षमता वृद्धि गर्न जरुरी रहेको छ, त्यसका लागि प्रदेश सरकारले पनि सहयोग गर्नेछ ।’ उनले तीज उत्सवका अवसरमा सम्पूर्ण निजामती कर्मचारी महिलालाई शुभकामना दिइन् ।


कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश कार्यसमिित अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष धर्मबहादुर देउवा, धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य यशोदा भण्डारी, निशा आउजी, नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय सल्लाहकार नारायणप्रसाद सत्याल, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्यहरु त्रैलोक्य जोशी, अमृता रावल, नेपाल निजामती कर्मचारी युनियन कैलाली अध्यक्ष निर्मलकुमार देउवा, नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुर अध्यक्ष गणेश सिंह, नेपाल निजामती कर्मचारी युनियन

सुदूरपश्चिम प्रदेश विभागीय अध्यक्ष जयराज ओझा, नेपाल निजामती कर्मचारी युनियनका पूर्व जिल्ला अध्यक्ष अमरराज जोशी, नेपाल निजामती कर्मचारी युनियनका निवर्तमान जिल्ला अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि खेमराज जोशी, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कैलाली अध्यक्ष विमलप्रकाश जोशीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कैलालीका नेपाल निजामती कर्मचारी युनियन आवद्ध महिला कर्मचारीहरुले नाचगान समेत गरेका थिए ।

ताजा खबर

Westace Review: Das Gute, das Schlechte, das Ehrliche

Legalne Polskie Kasyno Online: Twoje Bezpieczne Miejsce do Gry

Recognizing How to Get an ESA Letter

Overview – 1125

hadesbet Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Ανακάλυψε τη Μαγεία της Πτώσης με το Plinko online της BGaming – απλό αλλά συναρπαστικό παιχνίδι τύχης με RTP 99% και πολλαπλασιαστές έως x1000, όπου κάθε πτώση μπάλας μετατρέπεται σε μια νέα ευκαιρία για κέρδη.

Θεϊκή Πτώση Μπίλιας: Μπορεί το Plinko στην Ελλάδα να σου χαρίσει γρήγορη διασκέδαση και πολλαπλάσια κέρδη με RTP 99% και μέγιστο πολλαπλασιαστή x1000; Τι είναι

अझै पढ्नुहोस्