TRENDING
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Next
Prev

लगानी एवं विकास सम्मेलनको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ

शेयेर गर्नुहोस

सुखड/सुदूरपश्चिम प्रदेश सरकारको फागुन २३ र २४ गते गर्न लागेको लगानी एवं विकास सम्मेलनको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ । सातै प्रदेश मध्ये सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेश सरकारले लगानी एवं विकास सम्मेलनको आयोजना गर्न लागेको हो ।

सुदूरपश्चिम प्रदेशमा लगानी प्रवर्द्धन तथा विकासका लागि सहकार्य गर्ने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागिएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले जानकारी दिए ।
निजी क्षेत्रको लगानी, उत्पादन, पूर्वाधार निर्माण र रोजगारी अभिवृद्धि गर्न प्रदेश सरकारले पहिलो पटक लगानी एवं विकास सम्मेलन गर्न लागिएको उनले बताए ।

यसैबिच आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भीम भण्डारी लगायतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर लगानी एवं विकास सम्मेलनको लागि संघीय सरकारबाट पनि सहयोगको अपेक्षा गरेको बताएका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह, सभामुख भण्डारी सहित संघीय सरकारका परराष्ट्रमन्त्री एनपी साउद प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेश शाही, सामाजिक विकासमन्त्री झपट साउदसहित माओवादी संसदीय दलका नेता खगराज भट्ट माओवादी सांसद ओम विक्रम भाट सरल र लक्ष्मी बिक थिए ।

उनीहरुले सुदूरपश्चिम प्रदेशमा लगानी भित्राउन पहल गर्न र लगानी एवं विकास सम्मेलनमा संघीय सरकारले सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले तत्काल मन्त्रिपरिषद् बैठकबाट सुदूरपश्चिममा आयोजना हुने लगानी एवं विकास सम्मेलनमा सहयोग र समन्वयन गर्ने आश्वासन दिएका हुन् । सुदूरपश्चिम सरकारले उक्त सम्मेलनको प्रमुख अतिथिको लागि पनि प्रधानमन्त्रीलाई निम्ता दिएको थियो ।

प्रधानमन्त्री प्रचण्डलाई भेटिसकेपछि मुख्यमन्त्री शाह, भौतिक मन्त्री देउवा र आर्थिक मामिला मन्त्री शाहीले संघीय सरकारका अर्थमन्त्री प्रकाश शरण महतलाई समेत भेटेका थिए । उक्त भेटमा पनि लगानी एवं विकास सम्मेलनमा संघीय सरकारले नीतिगत सहयोग गर्न प्रदेश सरकारले आग्रह गरेको थियो ।

यस अघि सुदूरपश्चिम प्रदेश सरकारले लगानी एवं विकास सम्मेलनको लागि उद्योग वाणिज्य महासङ्घबीच लगानी सम्झौता गरिसकेको छ । यो सम्मेलन सुदूरपश्चिमको विकासको सम्भाव्यता पहिचान, पुँजी निर्माण र प्रदेशको समग्र विकासको कोशेढुंगा बन्ने प्रदेश सरकारले दाबी गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा क्वारेन्टाइन कार्यालय पुनः स्थापनाका लागि नगर प्रमुख थारुद्वारा मन्त्रीलाई ज्ञापन पत्र

टीकापुर/ टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले प्लान्ट क्वारेन्टाइन र खाद्य गुणस्तर परिक्षण कार्यालयकाे पुनः स्थापनाका लागि मन्त्रीलाई ज्ञापन पत्र बुझाउनु भएको छ ।बिहीबार

अझै पढ्नुहोस्
समाचार

घोडाघोडीमा माओवादीको ३ महिने रूपान्तरण अभियानको समापन

पहलमानपुर / पार्टी सुदृढीकरण तथा नयाँ ऊर्जाका लागि नेकपा माओवादी केन्द्रले थालेको ३ महिने रूपान्तरण अभियान अन्तर्गत घोडाघोडी नगर कमिटीको समापन कार्यक्रम सोमबार पहलमानपुरमा सम्पन्न

अझै पढ्नुहोस्
समाचार

संविधानको सफल कार्यान्वयनमा नेताहरू चुक्दा प्रसाईंहरू धावा बोल्दैछन् : नैनसिंह मर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताएका छन्। कांग्रेस रुपन्देही जिल्लाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता

अझै पढ्नुहोस्