टीकापुर ७ र ९ ले ५० प्रतिशत अनुदानमा किसानलाई गहुँकाे बीउ वितरण

शेयेर गर्नुहोस

माेहित श्रीपाइली,
टीकापुर/ टीकापुर नगरपालिका वडा नं. ७ र ९ ले ५० प्रतिशत अनुदानमा किसानलाई गहुँको बीउँ वितरण गरेको छ ।

वडाले आर्थिक वर्ष २०७८/०७९ काे स्कृत वडागत बजेटकाे आर्थिक विकास अन्तरगतकाे बजेटबाट किसानलाई गहुँको बीउ वितरण गरेको हाे ।

वडा नं. ७ ले १ सय ४५ परिवारलाई १ सय ७८ बाेरा र वडा नं. ९ ले १२ वटा समुहका १ सय ५० जनालाई १ सय ७८ बाेरा गहुँको विउँ वितरण गरेकाे वडा सचिव लाेक बहादुर बुढाले जानकारि दिनुभयो । बुढाले यस अघिका वर्षमा समुहमा आवद्ध कृषकहरूलाई मात्र बीउ वितरण गर्ने गरेकाेमा यस वर्ष बाढीपीडित भएका परिवारलाई बढि ग्राहायता दिएकोले समुहमा आवद्ध नभएका किसानहरुलाई पनि विउँ वितरण गरेकाे बताउनु भयाे ।

बाढीपीडित राकेश वि कले आफुले ५० प्रतिशत अनुदानमा गहुँको बीउँ पाउँदा खुसिलागेकाे बताउनुभयो । यश अघिका वर्षमा हामी जस्ता समुहमा आवद्ध नभएका साना किसानलाई विउँ नदिने गरेपनि यस वर्ष विउँ पाउँदा धेरै खुसि लागेको बताउनुभयो ।

त्यस्तै अर्का किसान दिपेश चाैधरीलाइ पनि अनुदानमा विउँ पाउँदा खुसीलागेको बताउनुभयो । आफुहरुले अघिल्लो वर्ष भारतकाे तिकुनियाँबाट गहुँको विउँ ल्याएको तर आधा मात्र उम्रेकाे बताउदै तिकुनियाँबाट विउँ ल्याउदा किसानहरु ठगिने र गुणस्तरहीन विउँ पर्ने हुदा वडाले बीउ वितरण गर्दा किसानलाई सहज र सस्तो भएको बताउनुभयो ।

अघिल्लो वर्ष भारतकाे तिकुनियाँबाट महँगोमा गहुँको विउँ ल्याएर एक विगाह जग्गामा लगाए तर खेतमा २५ प्रतिशत मात्र गहुँ उम्रेर दाेस्राे पटक नेपालबाटै बीउ किनेर लगाएको स्मरण गराउदै अर्का किसान राजकुमार चाैधरीले भन्नुभयो, वडा कार्यालयले ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्ने सुचना पाएपछि निवेदन दिएर गहुँको विउँ पाएकामा धेरै खुसि लाग्याे, ।

स्थानीय निकायमा जन प्रतिनिधि आएपछि धेरैजसो वडाहरु र कृषि शाखाबाट किसानलाई अनुदानमा धान, गहुँ तथा अन्य बालिहरुका विउँ वितरण गर्दै आइरहेका छन् ।

ताजा खबर

Das Ei auf der Highway von Chicken Road

Roulette Cashback Real Money Play: A Comprehensive Guide

Fowl Fortune on the Chicken Road Trail

Casino Heroes: Het Avontuur Gaat Verder in De Spellenhal

Hähnenstraße 2 – Wildes Glück auf Raten

Strada Puiului: O Destinație de Sloturi

सम्बन्धितखवर

छुटाउनु भयो कि !