भजनीकाे कुसुमघाटबाट लागूऔषध सहित २ जना पक्राउ

शेयेर गर्नुहोस

भजनी/ कैलालीको भजनीनगरपालिकाकाे कुसुमघाटबाट दुई जना लागुओैषध सहित दुई जना पक्राउ परेका छन् ।

भजनी नगरपालिका-३ कुसुमघाटबाट २ ग्राम ७ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, ४ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा बर्दगोरिया गाउँपालिका-१ बौनिया बस्ने २० वर्षीय शाहिल ठाकुर र सुर्खेत चौकुने गाउँपालिका-४ बिजौरा बस्ने २१ वर्षीय रमेश बुढा क्षेत्री रहेका छन् ।

लु.८१ प ५००३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल नेपालको समेतको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

A Comprehensive Guide to Legitimate ESA Letters

Kasyno online aplikacja: przewodnik dla doświadczonego gracza

The Ultimate Guide to Live Dealer American Roulette

Learn More About the Top Slots in the World

Play Blackjack for Fun: An Overview to Enjoying the Standard Card Video Game

सम्बन्धितखवर

छुटाउनु भयो कि !