सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बिश्वासको मत पाए

शेयेर गर्नुहोस


धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन । विश्वासको पक्षमा ३१ मत खसेको सभामुख भिमबहादुर भण्डारीले बताए । यसैगरी विपक्षमा १५ मत खसेको  छ ।

उनका पक्षमा एमालेका ११ र नेकपाका २० सांसदले मतदान गरेकाहुन्। यसैगरी नेपाली काग्रेसका १४ र राप्रपाका १ गरि १५ ले विपक्षमा मत हालेका हुन ।

यस अघि सुदूरपश्चिम प्रदेश सभा बैठकमा बुधबार भट्टले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।

मुख्यमन्त्री भट्टले विश्वासको मत माग्न प्रस्ताव पेश गर्दै अवसर थोरै र चुनौती धेरै रहेको बताएका छन । संघीयताको मर्ममाथी प्रहार भैइरहेको उल्लेख गर्दै प्रदेश संरचना आवश्यक छ भन्ने प्रमाणित गर्नुपर्ने उनको भनाई छ ।

उत्पिडनमा परेको सुदूरपश्चिम प्रदेशको जनताको जीवन स्तर उकासेर आत्मसम्मान, पहिचान र स्वाभिमान बढाउन आफूलाई मुख्यमन्त्रीमा विश्वासको मत दिन उनले आग्रह गरेका थिए ।

आफू सङ्ग हुटहुटी , सपना र सुदृढ लक्ष रहेको उनको भनाई छ । ‘कस्को चुल्होमा के पाकेको छ ? आफ्नै आखाँले देखेको छु ‘ उनले भने- ‘जनताको निराशाको च्यादर च्यात्न सकिन्छ ! प्रदेश संरचना प्रतिको विश्वास बढाउन सकिन्छ’। बजेट किनबेच गर्ने प्रदेशको पहिचान बदल्ने उनले प्रतिबद्धता गरे ।

गत साउन २९ गते शुक्रवार प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यही दिन प्रदेश प्रमुखले मुख्यमन्त्री भट्टलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । नेकपा एमाले र नेकपा समिकरणमा नयाँ सरकार बनेको छ।

नेकपाको भागमा परेका ४ मन्त्री अझै नियुक्त भएका छैनन । नेकपा एमालेका ३ मन्त्री र एक राज्य मन्त्री नियुक्त भएका छन। ५३ सदस्यिय प्रदेश सभामा नेकपाका २२, नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का एक जना प्रदेश सभा सदस्य छन् । उनीहरूमध्ये पूर्वमुख्यमन्त्री समेत रहेका नेकपाका दीर्घबहादुर सोडारी निलम्बित छन् भने लामो समयदेखि अमेरिका रहेका कांग्रेसका प्रकाशबहादुर देउवालाई सभामुखले पदमुक्त गरेका छन । डडेल्धुरा बाट स्वतन्त्रबाट निर्वाचित डा.तारा जोशीले राजीनामा दिएकाले एक सिट रिक्त रहेको छ ।

ताजा खबर

Emojino Casino: The Evolution of Modern Slot Machines in Online Gaming Platforms

Kiekvienamei Zaidymeje Prisimenuoja Žemės Gelbėjimo Kelias

Riches in Echtgeld spielen mit dem Club Riches Casino

Gorilla Casino – Die Stärksten Des Glücks Spielautomaten

Top Rated Best Casino Promotions: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !