परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा कञ्चनपुरका विपिन जोशीको रिहाइका कतार सरकारसँग आग्रह

शेयेर गर्नुहोस

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार सरकारसँग आग्रह गर्नुभएको छ।


परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गर्नुभएको हो। जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताउनुभयो।

साथै उहाँले नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको जवाफ दिनुभयो। ‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ। परिस्थिति जटिल छ। यद्यपि, अर्को युद्ध विरामका लागि पहल भइरहेको छ,’ परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भन्नुभयो, ‘हामीले बन्दीहरु छुटाउनका लागि पनि प्रयास गरिरहका छौैैँ।’
मन्त्री साउदले यसअघि मंसिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गर्नुभएको थियो।


यस्तै उहाँले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गर्नुभएको थियो। परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० देखि कतारमा सुरु हुन गइरहेको दोहा २१ औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउनु हुनेछ। मन्त्रालयमा मंगलबार भएको भेटमा परराष्ट्रमन्त्री साउद र कतारका राजदूत अन्सारीबीच दोहा फोरम भ्रमण, कतारमा हुने उच्चस्तरीय भेटघाटलगायतका विषयमा छलफल भएको थियो।

ताजा खबर

WinSpirit Account Verification Failed: What to Do

BetPlay Casino Mobile Play: Sessioni Veloci e Azione Crypto Immediata

Book of Ra Magic Slot: Schnelle Spins, Große Risiken und die Jagd nach Expanding Symbols

Recenzja Nomini Casino: Szybkie sesje, duże wygrane i sztuka krótkiego spinowania

Discovering the World of No Account Casinos: The Ultimate Guide

Online Gambling Establishments Approving Mastercard: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

live blackjack in Michigan: a modern card‑shuffling revolution High‑stakes play doesn’t always mean a trip to a strip‑city casino. For most Michiganders, the rush of

अझै पढ्नुहोस्