गोर्खा मिडियामा गलत ढंगबाट सहकारीको रकम आएको : लामिछाने

शेयेर गर्नुहोस


धनगढी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् । यसअघि आफूलाई यो विषयमा केही थाहा नभएको जिकिर गर्ने गरेका उनले सोमबार धनगढीमा पत्रकारहरूसँग भने सहकारीको रकम गाेर्खा मिडियामा आएको अनुसन्धानबाटै पुष्टि भइसकेको बताए  । 

‘गोर्खा मिडिया लगायतका ठाउँमा गलत ढंगबाट सहकारीको रकम आएको कुरा ठीक हो,’ उनले भने, ‘त्यो स्थापित भइसकेको कुरा हो । अनुसन्धानले पनि देखाइसकेको कुरा हो । तर, त्यो कसले गर्‍यो भन्ने कुरा पनि अदालतमा प्रवेश गरिसकेको छ । क–कसले बदमासी गर्‍यो भन्ने पनि स्पष्ट भइसकेको छ ।’

गलत ढंगले सहकारीको रकम गोर्खा मिडियामा ल्याउन आफू संलग्न नभएको उनको दाबी छ । ‘मेरो संलग्नता भएको रहेछ भने त मैले तिर्नुपर्छ,’ उनले भने, ‘मैले कहाँ तिर्न जाने भन्नुपर्‍यो । म भएको समयमा बदमासी भयो र तेरो पनि जिम्मेवारी हो भन्ने एउटा तर्क होला । तर, अन्यले गरेको बदमासीको भारी मैले लिनुपर्ने होइन । त्यो म भएकै बेलामा बदमासी भए पनि त्यो बदमासी कसले र कसरी गर्‍यो भन्ने कुरा स्पष्ट छ ।’

उनले संसदीय छानविन समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आफू आशावादी पनि रहेको बताए । ‘धेरै व्यक्ति लाखौं सहकारीपीडितको न्यायका लागि भन्दा पनि रवि लामिछानेलाई दोषी देखाउन केन्द्रित भएका छन्,’ उनले भने, ‘त्यसको मूल्यांकन इतिहासले गर्नेछ । तर, पीडितले न्याय पाउनेमा म आशावादी छु ।’

अहिलेको सरकारको सुरुवाती छनक राम्रो नदेखिएको पनि लामिछानेको आरोप छ । ‘उहाँहरू (एमाले–कांग्रेस)ले हामी नै निर्विकल्प हौं भन्ने जुन सोच्नुभएको थियो, तर सुरुवाती छनक राम्रो देखिएको छैन,’ उनले भने, ‘तर, केही समय कुर्न अझै सकिन्छ र समय दिन कुर्नुपर्छ ।’ उनले पहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणका लागि खोलेका फाइलबारे अहिले के भइरहेको छ भन्ने विषयमा आफूलाई जानकारी नभएको तर खबरदारी गरिरहेको बताए ।

ताजा खबर

Exploring the Games at SlotoTop Casino

Slot-Maschine im Casino Joy für Freunde des Glücksprinzips

Winning Spins at Booming Slots Casino

Die Münze fällt für Frand und Fred Casino

Glückschance beim Everum Casino

La Experiencia de Azar en Caliente Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अत्यावश्यक वाहेक अन्य विदामा नबस्न कर्मचारीहरुलाई मुख्यमन्त्रीको निर्देशन

कैलाली/सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले अत्यावश्यक वाहेक अन्य विदामा नबस्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । बुधबार मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा सुदूरपश्चिम

अझै पढ्नुहोस्