TRENDING
Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big
No Register Online Casinos: The Ultimate Guide
The Exciting World of Online Slot Machine
Online Casino Sites That Approve PayPal: The Ultimate Guide
Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming
Next
Prev

विद्यालय र शौचालय भएन मर्मत र पुनः निमार्ण

शेयेर गर्नुहोस

जमुना न्युरे / कैलाली जिल्ला सुगम जिल्लाको रुपमा चिनियता पनि कैलालीका दुई गाउँपालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट सुन्दा कैलाली जिल्लामा पनि पिउने पानी , यातायात , सन्चार ,शिक्षा, बिधुत र स्वास्थ्य सेवाको सेवा अझै राम्रो सङ पहुँचमा रहेको छैन ।

त्यस्तै गाउँ पालिका हो मोहन्याल गाउँ पालिका , साबिकका मोहन्याल , सुगुरखाल ,पण्डौन गा.बि .स लाई जोडेर गाउँ पालिका बनाएको हो । मोहन्याल गाउँपालिका वडा २मा रहेको बि .स २०४६मा स्थापना भएको घोडालङ्गे आधारभूत बिधालय अहिले पनि पिउने पानी , मोबाइल सेवा , विद्यार्थीहरुलाइ पढ्नका लागि प्रयाप्त रुपमा पाठ्यसामग्री छैनन । पहाडी क्षेत्रमा रहेको बिधालयमा अहिले पनि बाल बालिकाहरुलाई राम्रो खालको शौचालय छैन , न त बिधालय मा पिउने पानी नै प्राप्त रुपमा पाइन्छ नत शौचालय जादा प्रयाप्त रुपमा पानी हुन्छ ।

कक्षा ७ मा अध्ययरत बिद्यार्थी मनिसा रेस्मी भन्छीन अघि पछि भन्दा पनि महिनावारी भयको समयमा बिधालय आउनका लागि गार्‍हो हुने बताउछिन ।
उनले भनिन हामी जनजाति भएकोले तेति महिनावारी मान्दैनौ बिधालय आउछौ तर बिधालयमा आउदा शौचालय जानका लागि होस या सेनेटरी प्याड ब्यबस्थापन का लागि बिधालयमा छात्राहरुको लागि छुट्टै शौचालय छैन , जिर्ण रहेका शौचालय भए पनि उचित पानीको पनि ब्यबस्थापन नहुदा गाह्रो हुने उनले बताइन ।

बिधालय स्थापनाको ३४ बर्ष पुगि सक्दा पनि पर्याप्त रुपमा शैक्षिक सामाग्री ,पाठ्यक्रम , पाठ्यपुस्तक नहुदा बिद्यार्थी हरुले गुणस्तरीय शिक्षा पाउन सकेका छैन ।
बिधालय मा कक्षा ८ सम्म पढाइ हुने हुदा यहाँ ८ जना शिक्षक कार्यरत रहेका छन् । पुरानो बिधालय हुदा पनि अहिले सम्म १ जना मात्र स्थायी शिक्षक , १ करार अस्थायी , १ राहत १ जना बालबिकास १ जना सघिय अनुदान शिक्षक छन् भने ३ जना निजि स्रोत बाट शिक्षक राखी बिधालय सन्चालन गरियको छ।

यसरी बिधालय सन्चाल निजि स्रोत बाट राखियका शिक्षकहरु थोरै तलबमा काम गरि रहेका छन त्यो पनि समयमा तलब दिन नसक्दा गुणस्तरीय शिक्षा दिन नसकिएको बिधालयका प्रधानाध्यापक घनश्याम न्युरेले बताए । उनले भने सघिय सरकारको अनुदान कोटा भनियको शिक्षकलाइ ११ महिना देखि तलब दिन सकियको छैन भने निजि स्रोतका शिक्षक लाई बिधालयको प्रशासनिक खर्च बाफत आउने रकम र सामुदायिक बन उपभोक्ता समुहले दिने १ लाख देखि १ लाख ५० हजार सम्म आफ्नो आम्दानी अनुसार दिने सहयोग रकमले नै निजि स्रोतका शिक्षकहरु कम तलबमा काम गरि रहेका छन् ।

यसरी शिक्षकहरु लाई न्युनतम तलबमा राखियको र समयमा तलब दिन नसक्दा एस .इ .इ .(see) मात्र पढेका शिक्षकले शिक्षण गराउदा तल्लो कक्षा पढाई कमजोर रहेको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष वीर बहादुर शाहिले बताए । बिधालयमा अध्यापन गराउने शिक्षकहरुलाई बिधार्थिहरु सिपमुलक ,प्राविधिक रुपमा पढाउनका लागि ईन्टरनेट जडान गरियको भय पनि त्यो ईन्टरनेट कहिले काम गर्ने कहिले नगर्ने हुदा झन पढाइ लेखाइमा प्रभावित पारेको छ।

बिधालयको भवन पनि जिर्ण भयकाले कक्षाकोठा अध्ययन गराउन तथा टाढा बाट आउने बिद्यार्थीलाई बस्न बस्ने ब्यबस्था रहे पनि बिधालयमा पिउने पानी र जिर्ण रहेका् शौचालय ममर्त गर्न नसक्दा बिधालयमा गुणस्तरीय शिक्षाको कमि भयको शिक्षक मदन राज जोशिले बताए ।

यो बिधालयमा १ सय २० जना बिद्यार्थी रहेका छन् ।
यसरी बिधालयमा पहिरो समस्या र गुणस्तरीय शिक्षामा भयको समस्या का विषयमा गाउँ पालिका , शिक्षा समन्वय समिती कैलाली , प्रदेश सरकार र सघिय सरकारलाई बताए पनि समस्या समाधानका लागि कहि कति बाट चासो नदेखिएको हुदा बिधालय समस्या का चाङ मै सन्चालन गरिरहेकको प्र . अ. न्युरे ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big

No Register Online Casinos: The Ultimate Guide

The Exciting World of Online Slot Machine

Online Casino Sites That Approve PayPal: The Ultimate Guide

Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अब समयमै सबै सच्चिनु पर्छ : बलायर

जमुना न्युरे,सुखड / नेपाली काँग्रेस सुदूरपश्चिमका सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले सबैले सच्चिनु पर्ने बेला आएको बताएका छन्

अझै पढ्नुहोस्
खेलकुद

प्रथम-U21 राष्ट्रिय पुरुष तथा महिला खो-खो प्रतियोगिताको सुरु

धनगढी/धनगढीमा प्रथम-U21 राष्ट्रिय पुरुष तथा महिला खो-खो प्रतियोगिता सुदुरपश्चिम प्रदेश स्तरिय आज देखि धनगढी उप महानगर पालिका वडा ३ त्रिभुवन माध्यमिक बिधालय बोराडाडीमा सुरु भएको

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

हात्तीपाइले रोग विरुद्ध औषधि सेवन सम्बन्धी अभिमुखिकरण

जमुना न्युरे,सुखड /कैलालीको घोडाघोडी नगरपालिकामा हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन सम्बन्धी सरोकारवाला निकाय सङ्ग एकदिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ । रोग विरुद्धको आम

अझै पढ्नुहोस्