TRENDING
Wie fange ich an, bei Sportwetten ohne Oasis zu wetten ohne Stress?
“1xbet App ᐉ Get 1xbet Mobile 1xbet Apk Android & Ios ᐉ 1xbet Fi
Unlocking Rewards: Common Bonuses at the Fastest Withdrawal Online Casino in Canada
Mostbet AZ Yükləmə: İstifadəçilər üçün Təhlükəsiz və Etibarlıdırmı?
Next
Prev

सांसद रेशम चौधरीकाे नयाँ दल दर्ताकाे घाेषणा, नाम नेपाल समाजवादी पार्टी

शेयेर गर्नुहोस

टीकापुर/ सांसद रेशम लाल चौधरीकाे नयाँ दल दर्ता गर्ने घाेषणा भएको छ ।

शनिबार काठमाडौंमा सांसद चौधरी समर्थित नेता कार्यकर्ताहरुको व्रिहत राजनैतिक छलफल पछि पत्रकार सम्मेलन गर्दै नयाँ दल दर्ता गर्ने घाेषणा गरिएको हाे । सांसद रेशम लाल चाैधरीकि श्रीमती रन्जिता श्रेष्ठ चाैधरीकाे संयोजकमा केन्द्रीय तदर्थ समिति गठन गरिएको छ । नयाँ दलकाे प्रस्तावित नाम नेपाल समाजवादी पार्टी राखिएको छ । भने चुनाव चिन्ह आँखा, फुलकाे घुच्चा र रेललाई विकल्प राखि प्रस्तावित गरिएको छ ।

पुस ९ गते दल दर्ता गर्ने कार्यक्रम रहेको र दल दर्ता पछि सांसद रेशम लाल चाैधरीले नै नयाँ दलकाे नेतृत्व लिनुहुने चाैधरीका कानुनी सल्लाहकार सराेज बुढाथोकीले जानकारी दिनुभयो । नयाँ पार्टीकाे नाम र चुनाव चिन्हकाे खाका बनिसकेको बुझिएको छ ।

मधेसबादि दलबाट राजबन्दिहरुकाे रिहाइ र अन्य मागहरुकाे सम्बाेधन हुन नसक्ने भएकाले नयाँ दल दर्ता गरेर अघि बढ्न लागेकाे सांसद रेशमलाल चाैधरीले जेलमा भएको भेटघाटका क्रममा सत्ती कर्णाली न्युज डटकमलाई जानकारी दिनुभयाे । उहाँले आफू लगायत जेलबन्धिहरुकाे रिहाइकाे लागि मधेसवादी दलहरूले पहल गर्न नसक्ने र आफ्नो नाम भजाएर मात्र खाने भएकाले आफुले मधेसवादी दल त्याग गरि सकेको बताउनुभयो । चाैधरीले अब नयाँ दल दर्ताकाे विकल्प नरहेकोले आफुले नयाँ छुट्टै दल दर्ता गर्न लागेको बताउनुभयो ।

सांसद रेशम चाैधरीकि श्रीमती रन्जिता श्रेष्ठ चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा उहाँले आफ्नो राजनैतिक कार्य पत्र समेत पेश गर्नुभएको थियाे । राजनैतिक कार्य पत्र अनुसार १०१ सदस्यीय केन्द्रीय समिति,२५ सदस्यीय प्रदेश कमिटी, २५ सदस्यीय जिल्ला कमिटी , २५ सदस्यीय क्षेत्रिय कमिटी, २५ सदस्यीय गाउँ तथा नगर कमिटी र २५ सदस्यीय वडा कमिटी रहने ब्यवस्था रहेको छ ।

केन्द्रीय कमिटी गठन गर्दै प्रदेश, जिल्ला, क्षेत्र, नगर कमिटी गठन गर्दै वडा सम्मका संगठन विस्तार गरिने बताइएको छ ।

कार्यक्रमा टीकापुर – ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु, लक्ष्मण किशोर चाैधरी, भजनी- ३ का वडा अध्यक्ष विक्रम चाैधरी, नवलपरासीका मुक्ती थनेट, बांकेका बसन्ती नेपाली, जुम्लाका साेनाम यंकी मुगाल, देविसरा बादी , नेपाल तामाङ महासंघका प्रदिप तामाङ, भजनीका केवल चाैधरी, कपिलवस्तुका राम बहादुर थारु, कैलालीका पुन्न बहादुर बुढा, रेशम लाल चाैधरीका कानुनी सल्लाहकार सराेज बुढाथोकी, दिपक चाैधरी र पुर्व राजपाका कैलाली जिल्ला संयाेजक गंगा चाैधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । भने कार्यक्रम संचालन समाजसेवी तथा पुर्व शिक्षक दामोदर पन्डित र उर्मिला गमुवा थारुले गर्नु भएको थियोे । शुक्रबार देखि शुरु भएको छलफल कार्यक्रममा पार्टी दर्ताको तयारीका लागि हरेक वटा १३ जिल्लाबाट रेशम चाैधरी समर्थित नेता कार्यकर्ताहरुकाे कार्यक्रममा उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Wie fange ich an, bei Sportwetten ohne Oasis zu wetten ohne Stress?

“1xbet App ᐉ Get 1xbet Mobile 1xbet Apk Android & Ios ᐉ 1xbet Fi

Unlocking Rewards: Common Bonuses at the Fastest Withdrawal Online Casino in Canada

Mostbet AZ Yükləmə: İstifadəçilər üçün Təhlükəsiz və Etibarlıdırmı?

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

सामुदायिक सहकारीकाे साधारणसभा सम्पन्न,करिब ७५ लाख मुनाफा कमाउन सफल

टीकापुर/टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित सामुदायिक सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ ।शनिबार सत्तीमा एक कार्यक्रमका बिच सहकारी संस्थाकाे २३ ओै वार्षिक साधारणसभा

अझै पढ्नुहोस्
खेलकुद

धनगढी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु,कुशल भुर्तेलको अलराउण्ड प्रदर्शमा डडेल्धुराको विजयी सुरुवात

कैलाली/क्रिकेटको शहर धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । गो ड्रिर्मसको आयोजनामा धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जुन ट्रफी राष्ट्रिय

अझै पढ्नुहोस्
समाचार

नगर प्रमुख थारु द्वारा नगरवासिमा दशै तथा दिपावलीकाे शुभकामना सन्देश व्यक्त

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले नगरवासीमा दशै, दिपावली तथा छट पर्वकाे शुभकामना सन्देश दिनुभएको छ ।शुक्रबार नगर प्रमुख थारुले सामाजिक सन्जालबाट सम्पूर्ण टीकापुर

अझै पढ्नुहोस्